Main Menu

Sunday, July 8th, 2018

 

उपकुलपतिमाथि भएको व्यवहारको विरोध

असार २४, काठमाडौँ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गर्नुभयो । उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्याएको थियो । क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने तयारीमा हुनुहुन्थ्यो । पाँचदिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९औँ सम्मेलन सन् २०२४पूरा पढ्नुहोस्


प्राविधिक शिक्षाको आकर्षण बढ्दो

असार २४, चितवन छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको संख्या पनि जिल्लामा थपिँदै गएको छ । तेइस वर्षअघि निजीस्तरको नेपाल पोलिटेक्निक इन्स्टिच्युटले १८ महिने भेटेनरी जेटिए र सिभिल ओभरसियरको पढाइ थालेकामा अहिले १५ वटा कलेजले प्रमाणपत्र तहका ६० वटा र टि–एसएलसीका १६ वटा कार्यक्रम सञ्चालन गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का क्षेत्रीय प्रमुख शिवहरि ढकालका अनुसार चितवन जिल्ला र नवलपुरको गैँडाकोट गाउँपालिकाबाट गरी वर्षेनी दुई हजार ३०० भन्दा बढी विद्यार्थी प्राविधिक शिक्षाका लागि भर्ना हुने गरेका छन् । परिषद्लेपूरा पढ्नुहोस्


राप्ती न्यायिक समितिमा २२ विवाद दर्ता

असार २४, तुलसीपुर दाङ राप्ती गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २२ विवाद दर्ता भएका छन् । गाउँपालिका न्यायिक समितिका संयोजक जगदम्बाकुमारी चौधरीले दर्ता भएका विवादमध्ये आठ विवाद मेलमिलापद्वारा समाधान गरिएको, दुई विवाद भूमिसुधार कार्यालयमा समाधानका लागि सिफारिस गरिएको र तीन वटा इलाका प्रहरी कार्यालय भालुवाङमा समाधानका लागि पठाइएको छ । अन्य विवाद छलफलका क्रममा छन् । समितिमा जग्गा विवाद, लेनदेन, घरझगडा, कुलो विवादलगायत विवाद आउने गरेका छन् ।समाधानका क्रममा विवादित पक्ष समयमा नआउँदा पनि समस्या हुने गरेको समितिका संयोजक चौधरीले बताउनुभयो । उहाँका अनुसार समितिले १३ प्रकारका विवाद निरुपण गर्ने र ११ प्रकारका विवादलाई मेलमिलापको माध्यमबाट गर्ने गरिएको छ । यसैबीचपूरा पढ्नुहोस्


चिकित्सक–प्राविधिकसहित गैँडा पठाइने

असार २४, चितवन नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैँडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ । यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैँडा पठाउन लागिएको हो । गैँडा नियन्त्रणदेखि हाल सौराहामा राखिएको समयमा सँगै रहेर काम गरेका चिकित्सक, प्राविधिक र सहयोगी चीनसम्म नै जाँदा गैँडाको रेखदेख राम्रो हुने भएकोे छ । गैँडा लिनका लागि चीनको चेमलङ सफारी पार्कबाट चिकित्सक र प्राविधिक टोली यसअघि नै यहाँपूरा पढ्नुहोस्


‘बढी भार र तीव्र गतिले दुर्घटना’

असार २४, बागलुङ बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टिपर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण खुल्न नसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुर्घटनामा परी बेनी–जोमसोम–कोरला सडक खण्डमा कार्यरत २० मजदूरको मृत्यु भएको थियो भने १२ जना घाइते छन् । “टिपरले ३२ जना मजदूरसहित बालुवा पनि बोकेको पाइएको छ”, प्रनाउ खड्काले भन्नुभयो, “ओभरलोड र तीव्र गतिले दुर्घटनाग्रस्त भएको प्राररम्भिक अनुसन्धानले देखाएको छ ।” टिपर चालक धादिङका २३ वर्षीय सुजन घलानको दुर्घटनास्थलमै मृत्यु भएको थियो । एकातिरपूरा पढ्नुहोस्


पर्यटकीय क्षेत्रमा सौर्यबत्ती जडान

असार २४, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ । वडा कार्यालयको रु एक लाख बढीको सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य प्यानल जडान र बत्ति राख्ने कार्य पूरा गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो । “बत्तीको व्यवस्था नहुँदा यहाँ घुम्नका लागि पुग्ने पर्यटकले सास्ती खेप्नुपरेकाले बत्तिको अभाव पूर्ति गर्नका लागि वडा कार्यालयकै रकम खर्चेर बत्ती जडान गरेका छौँ”, अध्यक्ष ऐरले भन्नुभयो । पौराणिककालदेखि धार्मिक क्षेत्रका रुपमा पहिचान कायम राखेको यस क्षेत्रसम्म पुग्नका लागि सडक, यातायात, विद्युत् र पर्यटकलाई बस्नका लागि सुविधायुक्त होटल र धर्मशाला नहुँदा पर्यटकले सास्तीपूरा पढ्नुहोस्


महाशीलाका कृषकलाई विद्युतीय मिल वितरण

असार २४, फलेवास, पर्वत कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले पर्वतको महाशीला गाउँपालिकाले कृषकलाई विद्युत्बाट सञ्चालन हुने मिल वितरण गरेको छ । थोरै समय र थोरै लागतमा धेरै अन्नपात कुटनीपिसानी गर्न सकिने मिल वितरण गरिएको हो । गाउँपालिकाले स्थानीय कृषक समूहहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा उक्त मिल उपलब्ध गराएको हो । धान कुट्न, कोदो, मकै, जौ, फापर, गहुँजस्ता खाद्यान्न बाली पिस्नका लागि प्रयोगमा ल्याउन सकिने उक्त मिलप्रति पछिल्लो समय ग्रामीण क्षेत्रका बासिन्दाको आकर्षणसमेत बढ्दै गएको छ । गाउँगाउँमा विद्युत् विस्तार भएसँगै डिजेलबाट सञ्चालन हुने मिल भने पूर्णरुपमा विस्थापित भएका छन् । घरको पिँढीमै राखेर कुटनीपिसानी गर्न सकिने उक्त मिल यस वर्षपूरा पढ्नुहोस्


एक्वेरीयम हाउस सञ्चालनमा

असार २४, चितवन नारायणगढको प्रगति पथमा भिन्न किसिमको एक्वेरीयम हाउस सञ्चालनमा आएको छ । वीरगञ्जका व्यवसायी मुस्तफा आलमले यहाँका व्यवसायीसँग सहकार्य गरी नेपाल एक्वेरीयमका नाममा शनिबारबाट एक्वेरीयम हाउस सञ्चालनमा ल्याउनुभएको हो । आलमका अनुसार विभिन्न रंग र प्रजातिका माछा, माछाको दाना, औषधि, एक्वेरीयम र सजावटका सामान त्यहाँबाट बिक्री वितरण थालिएको छ । डिजिटल एक्वेरीयम चीन र थाइल्याण्डबाट एवं सामान्य खालको एक्वेरीयम यहीँ निर्माण गरिने उहाँले बताउनुभयो । माछा भारतको कोलकत्ता र थाइल्याण्डबाट ल्याइएको उहाँले जानकारी दिनुभयो । नेपालमा हाल सञ्चालनमा रहेका एक्वेरीयम हाउसभन्दा उच्च किसिमको र तुलनात्मक हिसाबले सस्तोमा सामग्री वितरण थालिएको आलमको दाबी छ । उहाँका अनुसार रु १०पूरा पढ्नुहोस्


अवैध घरेलु मदिरा नियन्त्रणमा

असार २४, अछाम जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ । दुई दिनको अवधिमा मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी ४०० लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले मंगलसैन नगरपालिकाको वडा नं ४ मा रहेको सिर्जना चोक आसपास र वडा नं ५ को मंगलसैन बजारमा खानतलासी गरी यो परिणामको मदिरा नष्ट गरेको हो । अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ (पास) र अवैध घरेलु मदिरा गरीपूरा पढ्नुहोस्


एक सचिवको भरमा पूरै गाउँपालिका

असार २४, जाजरकोट एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आउनुभएको छ । स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका नौवटै वडाको कामकाज गर्दै आउनुभएको छ । लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । तर नौ वटा वडाको जिम्मेवारी एक्लैले कसरी सम्भव छ र ! उहाँले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा बसेर नौवटै वडाको जिम्मेवारी सम्हालिरहनुभएको छ । स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ मापूरा पढ्नुहोस्