Main Menu

Wednesday, August 1st, 2018

 

जलेश्वर कारागार जलमग्न

साउन १६, गौशाला विगत चार दिनदेखि परेको वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाही जिल्लाका कैदीबन्दी राख्ने जलेश्वर कारागार जलमग्न बनेको छ । आइतबारदेखि नै पटकपटक परेको मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न बनेको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । करीब १६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिकाको वडा नं २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाका बेला यो कारागार जलमग्न बन्ने गरेको जेलर ठाकुरले बताउनुभयो । चार दिनदेखिको अविरल वर्षाका कारण कारागारको चारैतिर पानी नै पानी भएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ । वर्षाको पानीले कारागारको बाहिर मुलगेटभित्र कैदीबन्दीपूरा पढ्नुहोस्


८८ लाख ठगी गर्ने पक्राउ

साउन १६, काठमाडौँ महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् । बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति रु तीन लाख ५० हजार देखि रु छ लाखसम्मका दरले रु ८८ लाख ३९ हजार ठगी गरेको उजुरीका पक्राउ गरिएको हो । उनलाई काठमाडौँको माछापोखरीबाट पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो । पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङ लगायतका १९ जनाकोपूरा पढ्नुहोस्


बालविवाह रोक्दै गाउँपालिका

साउन १६, बागलुङ तमानखोला गाउँपालिकाले पछिल्लो तीन महिनामा भएका आठ बालविवाह बदर गरेको छ । कानून विपरीत भएका बालविवाह रोक्न गाउँपालिकाले अभियान थालेको हो । गाउँपालिका– १, २, ३ र ५ वडाका खुङखानी, बोङखानी, हिले, खोलेसवाङ र पहिरा गाउँमा भएका बालविवाह बदर गरिएको गाउँपालिकाले जनाएको छ । बालविवाह हुनै नदिने र भएका भएपनि त्यसलाई बदर गर्न अभियान चलाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । अभियानमा छलफल, सचेतनाका लागि वृत्तचित्र, नाटक प्रदर्शन गर्ने गरिएको छ । ‘घरघरमै पुगेर अभिभावक र बालबालिकालाईसँगै राखेर परामर्श दिने गर्छौं,’ अध्यक्ष बुढाले भन्नुभयो, “पहिले बालविवाह रोक्न कठिन थियो, तर अहिले अभियान सफल बनेको छ ।” तमानखोलापूरा पढ्नुहोस्


स्तनपान गराउनेको संख्या घट्दै

साउन १६, काठमाडौँ स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । दुईजना महिलासम्मले सो कक्षमा आफ्ना शिशुलाई स्तनपान गराई सुताउनसक्ने छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र राष्ट्र संघीय बालबालिका कोष (युनिसेफ)का प्रतिनिधि टोमो होजुमीले आज संयुक्त रुपमा सो कक्षको शुभारम्भ गर्नुभयो । स्तनपानका लागि स्वास्थ्य निकायमा छुट्टै कक्ष स्थापना भएको यो पहिलो पटक हो । मन्त्रालय मातहतका स्वास्थ्य सस्था, अस्पतालले समेत छुट्टै स्तनपान कक्ष नरहेका बताइएको छ । अर्काेतर्फ, हालसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालयमा कार्यरत महिला कर्मचारीका लागि स्तनपान कक्ष छैन । कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भन्नुभयो– “स्तनपानका लागि कार्यालयमा छुट्टैपूरा पढ्नुहोस्


नेपाल र नेदरल्याण्ड्सबीचको खेल शुरु

साउन १६, काठमाडौँ नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय खेल भर्खरै शुरु भएको छ । नेदरल्याण्ड्सस्थित भि आर ए मैदानमा भर्खरै शुरु भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले ब्याटिङ रोजेको छ । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो । तीन ओभरको खेल सकिदासम्म एक वीकेटको क्षतिमा नेदरल्याण्डले दश रन बनाएको छ । नेदरल्याण्ड्सको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इण्डियन प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । त्यस्तै अनिलकुमार साह, वसन्तपूरा पढ्नुहोस्


घरेलु हिंसाका अधिकांश उजूरीमा मिलापत्र

साउन १६, राजविराज आर्थिक वर्ष २०७४\०७५ मा दर्ता भएका अधिकांश घरेलु हिंसाका उजूरी मिलापत्र भएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसाका उजूरी मिलापत्र भएको पाइएको छ । आव २०७४\०७५ मा दर्ता भएका २४५ वटा घरेलु हिंसाका उजूरीमध्ये १६९ वटा उजूरीमा दुवै पक्षबीच आपसी सहमति भएको सेवा केन्द्रका प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले बताउनुभयो । घरेलु हिंसाको उजूरीमा गरिने छलफलमा दुवै पक्ष औषधोपचार खर्च र क्षमायाचना पछि मिल्न राजी हुने हुँदा अधिकांश उजूरीमा सहमति हुने गरेको प्रहरी निरीक्षक तुम्बाहाम्फेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश सिंहका अनुसार निवेदकले जिल्लापूरा पढ्नुहोस्


समाजवाद उन्मुख शिक्षा नीति तर्जुमा गर्न शिक्षामन्त्रीको आग्रह

साउन १६, काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी २५ वर्षसम्मका लागि मुलुकले अपनाउनुपर्ने शिक्षा नीति तर्जुमा गर्न उच्चस्तरीय शिक्षा आयोगका सदस्यलाई आग्रह गर्नुभएको छ । आयोगको आजको पहिलो बैठकको अध्यक्षता गर्दै मन्त्री पोखरेलले विगतमा विभिन्न आयोग बनेको र प्रतिवेदन तयार भएको सन्दर्भमा त्यसलाई ध्यान दिँदै समाजवाद उन्मुख शिक्षा नीति तर्जुमा गर्न आग्रह गर्नुभएको हो । गत असार ३२ गते गठन पुनःगठन भएको सो आयोगले विज्ञ र सरोकार भएकासँग छलफल गरी प्रारम्भिक बालविकासदेखि उच्च शिक्षासम्मको शिक्षाको नीति, पाठ्यक्रम, मूल्याकंन प्रणाली, लगानी, संरचना र पद्धतिबारे सुझाव दिने बताउनुभयो । उहाँले प्राविधिक र व्यावसायिक शिक्षालाई संघीय नेपाल अनुकूल प्राथमिकता दिएर प्रत्येकपूरा पढ्नुहोस्


जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी असुल

साउन १६, काठमाडौँ आर्थिक वर्ष २०७४\०७५ मा काठमाडौँ महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी रकम असुल गरेको छ । महानगरका मुख्य शहर कालीमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहर फाल्ने १८१ जनाबाट कारबाहीस्वरुप रु पाँच लाख छ हजार १५० असुल गरिएको हो । त्यसैगरी अघिल्लो आवमा १४२ जनाबाट रु पाँच लाख असुल गरेको थियो । महानगर वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरका अनुसार कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने १८१ जनालाई कारबाही गरेको हो । उहाँका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमापूरा पढ्नुहोस्


सामुदायिक वनमा संकटापन्न सालकको उपस्थिति राम्रो

साउन १६, रत्ननगर चितवन, मकवानपुर र गोरखाका विभिन्न सामुदायिक वनमा संकटापन्न अवस्थामा पुगेको सालकको उपस्थिति राम्रो पाइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर चितवनले तीन जिल्लाका १६ सामुदायिक वनमा गरेको अध्ययनमा सामुदायिक वनमा सालकको उपस्थिति राम्रो पाइएको कोषका संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोष भट्टराईले जानकारी दिनुभयो । चितवनको पाँच, मकवानपुरको सात र गोरखाको चार सामुदायिक वनमा गरिएको अध्ययनमा सालकको उपस्थिति राम्रो पाइएको हो । हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा ती सामुदायिक वनमा गएको फागुन ९ देखि वैशाख २० गतेसम्म अध्ययन गरिएको थियो । अहिलेसम्म सालकको अध्ययन न्यून भइरहेकाले अवस्था के छ भनेर पत्ता लगाउन यसरी अध्ययन गरिएको भट्टराईलेपूरा पढ्नुहोस्


५९ सीमास्तम्भ पुनःनिर्माण

साउन १६, तुलसीपुर दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो । इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “अब पाँचवटा सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी छ,” उहाँले भन्नुभयो । नेपाल र भारतको सहमतिमा नेपालतर्फ बिजोर तथा भारततर्फ जोर नम्बरका सीमास्तम्भ पुनःनिर्माण गरिएको हो । नेपालले १४ वटा मुख्य तथा २१ वटा सहायक सीमास्तम्भ पुनःनिर्माण गरेको हो । “नेपालले अब चारवटा मुख्य र एउटा सहायकपूरा पढ्नुहोस्