Main Menu

Monday, August 20th, 2018

 

प्रविधिमैत्री बन्दै दोगडाकेदारका विद्यालय

भाद्र ४,  बैतडी शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, निःशुल्क वाइफाइ तथा इन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको अध्यक्ष चक्र कार्कीले बताउनुभयो । हालसम्म सनातन धर्म मावि श्रीकोट, भूमिराज मावि चडेपानी, न्वाली मावि दोली, श्रीकेदार मावि पिपलकोट गरी चार विद्यालयमा हाजिरी र इन्टरनेट जडान कार्य सम्पन्न भएको छ । अन्य ६ विद्यालयमा विद्युतीय हाजिरी र इन्टरनेट जडानलाई निरन्तरता दिने भएको छ । बाँकी विद्यालयमा विद्युत्लगायतको समस्या भएकाले जडान गर्न नसकिएकोपूरा पढ्नुहोस्


नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

भाद्र ४,  काठमाडौँ सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो । प्रधानमन्त्री ओलीले गत असार ५ गतेदेखि १० गतेसम्म चीनको भ्रमण गर्नुभएको थियो । सोही क्रममा चीनसँग ऊर्जा आदानप्रदान तथा सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । गत असार ७ गते भएको हस्ताक्षर अनुसार नेपाल र चीनबीच द्विपक्षीय समिति गठन गर्ने सहमति भएको थियोपूरा पढ्नुहोस्


नगरप्रमुखद्वारा तलब भत्ताबाट विद्यार्थीलाई सहयोग

भाद्र ४,  पर्वत कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवारलाई सहयोग गर्नुभएको छ । नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गर्नुभएका जोशीले तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थाल्नुभएको हो । नगरप्रमुख जोशीले “राजनीति जनताका लागि गर्ने हो पैसा कमाउनका लागि होइन” भन्ने उदाहरण देखाउँदै आफ्नो सबै तलब भत्ता जनतालाई बाँड्न थालेको बताउनुभयो । उहाँले कुश्मा नगरपालिकास्थित जगदम्बा प्राविका २६ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेर आफ्नो सामाजिक कार्यको शुरुवात गर्नुभएको हो । जोशीले आइतबार पनि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माविका एक छात्रलाई वार्षिकरुपमा चाहिने शैक्षिक सामग्री र पोशाक वितरण गर्नुभयोपूरा पढ्नुहोस्


जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै

भाद्र ४, इनरुवा सुनसरीको हरिनगर गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको छ । जनप्रतिनिधि नभएको बेलामा जीर्ण रहेको विभिन्न सडकहरु बन्न थालेपछि स्थानीय बासिन्दाले विकास निर्माणले गति लिएको महशुस गरेका छन् । गाउँपालिका क्षेत्रभित्र एकै पटक सात वटा कालोपत्रे सडक बन्ने भएपछि खुशी लागेको स्थानीय नइम अन्सारीले बताउनुभयो । गाउँपालिका अध्यक्ष गफार अन्सारीको पहलमा घुस्की देवानगञ्ज सडक करीब तीन किलोमिटर, वसन्तपुरदेखि घुस्की सीमासम्म करीब छ किलोमिटर बाटो कालोपत्रे हुने भएको गाउँपालिकाले जानकारी दिएको छ । त्यस्तै घुस्की अर्नमा जोड्ने करीब तीन किलोमिटर सडक कालोपत्रे हुने र हरिनगर वसन्तपुर करीब तीन किलोमिटर सडक पनि कालोपत्रे गरिने बताइएको छ ।पूरा पढ्नुहोस्


नीति तर्जुमा र कार्यान्वयनमा सक्रिय श्रम मन्त्रालय

भाद्र ४, काठमाडौँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार, श्रमिक समस्या, सामाजिक सुरक्षालाई व्यवस्थित र भरपर्दो बनाउन नीति तर्जुमा र कार्यान्वयनलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएपछि सम्पादन भएका कार्यप्रगति आइतबार सार्वजनिक गर्दै मन्त्रालयले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन विभिन्न कानून निर्माण गरी लागू गरिएको जनाएको छ । यही अवधिमा मन्त्रालयले विद्यमान केही कानूनलाई समयानुकूल बनाउन संशोधनसमेत गरेको छ । सरकारले श्रम क्षेत्र र श्रमिकको हकहितका लागि श्रम नियमावली, २०७४ जारी गरेको छ । त्यस्तै वैदेशिक रोजगारीका क्षेत्रमा ठगी एवं शोषण नियन्त्रण गर्ने उद्देश्यले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका, २०७५ तर्जुमा गरी कार्यान्वयन ल्याइएको मन्त्रालयलेपूरा पढ्नुहोस्


विद्यालयलाई तीन लाख सहयोग

भाद्र ४, म्याग्दी बेनीनगरपालिका–१० पात्लेखेतको दीपक माविलाई एक परिवारले रु तीन लाखभन्दा सहयोग गरेको छ । पात्लेखेत घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले रु तीन लाख पाँच हजार सहयोग गर्नुभएको हो । यसअघि विभिन्न समयमा रु दुई लाख सहयोग गरी सक्नुभएको शेरचन परिवारबाट आइतबार थप रु एक लाख पाँच हजार आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक विष्णु ढुङ्गानाले जानकारी दिनुभयो । मनप्रसाद, उहाँकी आमा सतलदेवी, श्रीमती सीता, छोरा सन्दीप शेरचन, बहिनी करुणादेवी गौचन र ज्वाइँ विष्णुप्रसाद गौचनले आइतबार थप सहयोग गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरणमा कार्यरत शेरचनका अर्का छोरा इञ्जिनीयर सन्दीप शेरचनले दुई थान डेक्सटपपूरा पढ्नुहोस्


भूकम्पपीडित २७ प्रतिशतको मात्र घर निर्माण

भाद्र ४, काठमाडौँ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताउनुभएको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ आैँ वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आइतबार यहाँ आयोजित विचार गोष्ठीमा उहाँले आव २०७५\०७६ लाई पुनःनिर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६\०७७ मा सबै घर निर्माण कार्य पूरा हुन्छ भन्नुभयो । उहाँले भूकम्पपीडितले मापदण्ड पूरा गरेर मात्र घर बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राजपाका नेता महेन्द्रराय यादवले भूकम्पपीडितलाई आएको विदेशी सहायता पीडितसम्म नपुगेको, राष्ट्रिय प्राधिकरणको काम कछुवा गतिमा अघि बढिरहेको, जनता बाढी, पहिरोको जोखिममा बाँच्न बाध्य भएको बताउनुभयो । सांसदपूरा पढ्नुहोस्


रसुवागढी नाकामा अर्बौंको सामान रोकियो

भाद्र ४, रसुवा वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भई सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार तीज पर्वका लागि चीनबाट मगाइएको सौन्दर्यका सामग्रीबीच बाटोमा रोकिएको हो । काठमाडाैँ महाबौद्ध बिक्री स्थलमा सामान अभाव हुँदै गएको र साउन ११ गतेबाटै ढुवानीमा राजमार्ग अवरुद्ध भएपछि उपभोक्ताको माग आपूर्ति गर्न समस्या बढ्दै गएकाले नुवाकोट तथा रसुवाखण्डका राजमार्ग छिटो सञ्चालनमा ल्याउन सम्बद्ध पक्षसँग आग्रह गरिएको उक्त सङ्घले जनाएको छ । रोडीमेट कपडा जुत्ता चप्पल इलेक्ट्रिक उपकरण, स्याउ लसुन, अदुवालगायतका अबौँ रुपियाँका सामग्री केरुङ आइसकेको रपूरा पढ्नुहोस्


प्रदेशसभा सञ्चालन गर्न अनुभवी कर्मचारीको अभाव

भाद्र ४, काठमाडौँ सङ्घीय संसद सचिवालयमा कार्यरत एकजना सहसचिवसहित १४ जना उपसचिवले संसद सेवा परिवर्तन गरी निजामती सेवामा जान सचिवालयमा निवेदन दिनुभएको छ । संसदीय प्रक्रिया र अनुभवले खारिएका ती कर्मचारीलाई दुई\दुई जनाको दरले सातवटै प्रदेशसभा सचिवालयमा पठाउन पाए कति राम्रो हुन्थ्यो होला ? प्रदेशसभाहरु थप व्यवस्थित रुपमा सञ्चालन कार्य अगाडि बढ्थ्यो होला । व्यक्तिगत रुपमा मैले प्रदेशसभा सचिवालयमा जान तयार हुनुहन्छ ? भन्ने प्रश्न राख्दा हुन्छ ‘सेवा परिवर्तन गरी जानपाए जान तयार छौँ ’जवाफ दिनुभएको छ । यस्तो अवस्थामा सेवा परिवर्तन गरेर भए पनि प्रदेशसभाहरुलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न सङ्घबाट कर्मचारी किन नपठाउने ? राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालेपूरा पढ्नुहोस्