Main Menu

Thursday, August 9th, 2018

 

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

साउन २४, रत्ननगर पर्यटनको विकासका लागि दक्षिण चितवनको माडीमा होमस्टे थपिने भएको छ । कृषि र पर्या–पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा बढी होमस्टे निर्माण गरिने छ । जुन बस्तीमा जुन जातिको बाहुल्यता छ, त्यही जातिका परिकारको स्वादमा स्थानीय रहनसहन र सांस्कृतिक प्रदर्शनीमा रम्न सक्ने गरी होमस्टे निर्माण गर्न लागिएको हो । यो वर्ष थारु, बोटे र राईका होमस्टे खुल्नेछन् । ढकालका अनुसार यसपाली नगरसभाले होमस्टे बनाउन रु ७५ लाख छुट्याएको छ । “होमस्टेका लागि समुदायको पनि लगानी हुन्छ, विभिन्न संघपूरा पढ्नुहोस्


सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग

साउन २४, बाँके परिक्षणका क्रममा पटकपटक मुल नहर भत्किन थालेपछि सिक्टा सिंचाई आयोजनाको गुणस्तर छानविन गर्न माग गरिएको छ । परिक्षणका क्रममा दोस्रो पटक यही साउन ७ गते ढकेरी नजिकै नहर भत्किएपछि गुणस्तर छानविन गर्न माग गरिएको हो । पटक पटक नहर भत्किन थालेपछि राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिंचाई आयोजनाको गुणस्तरमाथि प्रश्न उठाउँदै केन्द्र र प्रदेश सरकारसँग छानविन गर्न माग गरेको छ । परिक्षणका क्रममा पहिलो पटक २०७३ असार १४ गते सोही स्थानमा नहर भत्किएको थियो । गाउँपालिका अध्यक्ष लाहुराम थारुले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्षसहित गाउँ कार्यपालिकाको बैंठकले नै गुणस्तर छानविन गर्नुपर्ने निर्णय गरेको जानकारी दिनुभयोपूरा पढ्नुहोस्


बिम्स्टेक शिखर सम्मेलनका लागि तार व्यवस्थापन

साउन २४, काठमाडौँ काठमाडौँ महानगरपालिकाले सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्न थालेको छ । आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनका लागि शहरलाई सुन्दर बनाउन पछिल्लो समय कामपाले उक्त कार्यलाई तीव्रता दिएको हो । अव्यवस्थित रूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेको छ, त्यसैले ती सबै तार हटाउन लागिएको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार विभिन्न निकायले यत्रतत्र तार छरेर शहरलाई कुरुप बनाएका थिए, अब ती सबै हटाइन्छ र व्यवस्थित रूपमा टाँगिएको तारपूरा पढ्नुहोस्


चिडियाखानाको नयाँ भान्साघर

साउन २४, ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ । राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त चिडियाखानाले जनाएको हो । भान्साघर ठूलो हुँदा पकाउन र सरसफाइ गर्न सहज भएको छ । पहिले सानो भान्सामा कोचिएर पकाउन पर्दा कठिन हुन्थ्यो अहिले नयाँ भान्साघर बनेपछि पकाउनेसँगै खाना भाग लगाएर दिन पनि सहज भएको असिस्टेन्ट क्युरेटर गणेश कोइराला बताउनुहुन्छ । “ चिडियाखानामा अध्ययन÷अनुसन्धानका लागि धेरै विद्यार्थी आउने गरेका छन् । ” उहाँ भन्नुहुन्छ, “साँघुरो भान्साका कारण पहिले उनीहरूलाई देखाउन र सिकाउन सहज थिएन । आधुनिक खालको भान्सा भएकाले सरसफाइ गर्न पनि सहज भएको छ ।” चिडियाखानामापूरा पढ्नुहोस्


स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई भत्ता

साउन २४,  उर्लाबारी, मोरङ कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष ०७५\७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताउनुभयो । यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ । प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्काे अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु दुई हजार भाडा समेत दिइने स्वास्थ्य चौकी सञ्चालनपूरा पढ्नुहोस्


खाडी मुलुक जान लागेका महिलालाई फर्काइयो

साउन २४, बाँके अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । उनीहरूलाई भारतीय बाटो हुँदै अवैध रूपमा खाडी मुलक लैजान लागेको गोप्य सूचनाका आधारमा उद्धार गर्न सफल भएको उहाँले कोइरालाले बताउनुभयो । संयोजक कोइरालाका अनुसार खाडी मुलुक जान लागेका ती महिलालाई नयाँ दिल्लीको मैदानगढी क्षेत्रका होटलमा छापा मारेर उद्धार गरिएको थियो । मध्यपश्चिम क्षेत्रमा घर भएका महिलालाई नेपालगञ्जमा राखिएकोपूरा पढ्नुहोस्