Main Menu

Wednesday, August 8th, 2018

 

पाँच अर्ब लगानीमा ‘राष्ट्रिय प्राणी उद्यान’ बन्दै

साउन २३, काठमाडाैँ सरकारले भक्तपुरको सूर्यविनायकमा निमार्णाधीन ‘राष्ट्रिय प्राणी उद्यान’ को गुरुयोजना तयार गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको लक्षित कार्यक्रमअनुसार गुरुयोजनालाई अन्तिम रुप दिएको उपमहानिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो । सर्वसाधारणलाई घुम्न तथा मनोरञ्जनका लागि सो उद्यान बनाउन लागिएको हो । गुरुयोजनाअनुसार पाँच वर्षमा निर्माण सम्पन्न हुने उद्यानको लागत रु पाँच अर्ब बढी लाग्ने तथा विभागले छिट्टै विस्तृत परियोजना प्रतिवेदन बनाउने तयारी छ । त्यसलाई बजेट विनियोजनसमेत भइसकेको छ । गत असारमा तयार भएको गुरुयोजनाको मस्यौदालाई विभागले स्थानीय तहका जनप्रतिनिधि, सङ्घ र प्रदेशसभाका सदस्य, सामुदायिक वनका प्रतिनिधि, सम्बन्धित क्षेत्रका विज्ञ रपूरा पढ्नुहोस्


उपसभामुखद्वारा अर्वुदरोग पीडितलाई सहयोग

साउन २३, नुवाकोट प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफ्ना मातापिताको स्मृतिमा स्थापित शेरा स्वास्थ्य तथा शिक्षा प्रतिष्ठानले अर्वुदरोग पीडित अनिता श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरेको छ । तादी गाउँपालिका–४ की श्रेष्ठलाई उपसभामुख तामाङ र सांसद तथा नेकपाका नेता हितबहादुर तामाङले काठमाडौंको निजामती अस्पतालमा पुगेर रु ९० हजार ५०० सहयोग गर्नुभएको हो । उपसभामुख तामाङले अर्वुदरोगकै कारण दिवंगत आफ्ना पिता शेरबहादुर र माता राम्रीको स्मृतिमा प्रतिष्ठान स्थापना गरी विभिन्न सामाजिक काम गर्दै आउनुभएको छ ।


पुस मसान्तसम्म कर्मचारी समायोजन – मन्त्री पण्डित

साउन २३, काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताउनुभएको छ । आज मन्त्री निवास ललितपुरमा पत्रकारसँग कुराकानी गदै उहाँले तिनै तहको स्वीकृत दरबन्दीअनुसार पुस मसान्तसम्म कर्मचारी समायोजन हुने बताउनु भएको हो । सङ्घीय निजामती सेवा ऐन मन्त्रिपरिषद्बाट चाँडै लगेर संसद्बाट पारित गराएपछि समायोजनको काम शुरु हुने बताउनुभयो, ‘‘संसद्बाट हामी चाँडै नै पास गराउने तयारीमा रहेका छौँ’’ उहाँले भन्नुभयो–‘‘यही संसद्बाट पारित गराउन ढिलाइ भएर संसद् नबसेको खण्डमा अध्यादेशमार्फत पनि ल्याउछौँ ।’’ मन्त्री पण्डितले प्रशासनका सुधार गर्न आफू प्रतिबद्ध रहेको भन्दै अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत नगरिने स्पष्टपूरा पढ्नुहोस्


राष्ट्रियसभा बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

साउन २३, काठमाडौँ राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा विशेष समय लिएर बोल्दै सांसद चक्रप्रसाद स्नेहीले हलिया मुक्तिको घोषणा गरिएको लामो समय भए पनि उनीहरुको उचित व्यवस्थापन नभएकामा गुनासो गर्नुभयो । सरकारले हलियालाई रु तीन लाख र घर मर्मतका लागि रु एक लाख दिने व्यवस्था गरेको भए पनि सरकारी कर्मचारीले सोही रकममा समेत घुस मागेको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो । सांसद स्नेहीले घुस माग्ने सरकारी कर्मचारीलाई कडा कारवाही गर्न माग गर्नुभयो । सांसद जीतेन्द्रनारायण देवले सर्वोच्च अदालतका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक योग्यताको प्रमाणपत्रको उचित छानबिन गर्नुपर्ने मागपूरा पढ्नुहोस्


नेकपा सचिवालयमा अन्तर्राष्ट्रिय सम्बन्धबारे जानकारी

साउन २३, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आजको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक स्थितिबारे अवगत गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि गरिरहेको पहल र भूकम्पपछिको पुनःनिर्माणलगायत विकासका काममा थप सहकार्यका विषयमा अवगत गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको प्रदेश, जिल्ला र जनसंगठनस्तरका एकताका लागि तयारीबारे छलफल भए पनि बैठक पुनः चाँडै बस्ने गरी सकिएको छ । सचिवालयको दुई साताअघिको बैठकमा नेता श्रेष्ठले चिकित्सक डा गोविन्द केसीको अनशनका विषयमा नेतृत्वसँगको असन्तुष्टिका कारण प्रवक्ताबाट राजीनामा दिएको बाहिर आए पनि त्यसबारे कार्यसूची बनाएरपूरा पढ्नुहोस्


प्रवासीको सहयोगबाट खेलमैदान निर्माण

साउन २३, लमजुङ युवा क्लबको सक्रियतामा नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण भएको छ । बेँसीशहर नगरपालिका–१० खासुगाउँका बासिन्दाले नाचगान र चन्दाबाट खेलमैदान निर्माण गरेका हुन् । खसुरोधीं युवा क्लबको अगुवाइमा गाउँकै कोडहर डाँडामा खेलमैदान निर्माण गरिएको हो । २०६५ देखि तीन वर्ष क्लबले नाचगान गरी रु सात लाख जम्मा गरेर खेलमैदान निर्माण थालेको थियो । गाउँका युवाको खेलप्रति आकर्षण र आवश्यकतालाई महसुस गरी चन्दा तथा सहयोग सङ्कलन गरी खेलमैदान निर्माण शुरु गरिएको क्लबका अध्यक्ष नन्द घलेले बताउनुभयो । गाउँका युवा विदेशिएपछि मैदान निर्माण कार्य रोकिएकामा अहिले विदेशिएका युवाले सहयोग जुटाएपछि पुनःनिर्माण थालिएको हो । गाउँबाट बेलायत, अमेरिका, हङकङ, यूएई, कतार रपूरा पढ्नुहोस्


गोताखोर टोलीले हिमतालमा बेपत्ता विद्यार्थी खोज्न शुरु गर्यो

साउन २३, सोलुखुम्बु हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहानदेखि काम शुरु गरेको छ । मङ्गलबार हेलिकोप्टरमार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९ः४५ बजेदेखि काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । ४८ मिटर गहिरो सो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको टोलीले उद्धार गर्ने विश्वास लिइएको छ । मङ्गलबार दिउँसो २ बजे खुम्बु पासाङल्हामु गाउँपालिकाको मच्छेरमुमा अवतरण गराइएको टोली तीन घण्टाको पैदलयात्रा पछि साँझ गोक्यो पुगेको थियो । गोक्योमा नै अवतरण गर्ने योजना भए पनि मौसमको प्रतिकुलताका कारण मच्छेरमुमा अवतरण गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।पूरा पढ्नुहोस्


सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विज्ञको सुझाव

साउन २३, चितवन सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विशेषज्ञले सुझाव दिएका छन् । उनीहरुले सर्पले डसेको अङ्गलाई नचलाई जतिसक्दो छिटो अस्पताल पुर्याउनु नै उत्तम उपाय भएको बताएका छन् । वर्षात्को मौसम भएकाले सर्प बढी मात्रामा बाहिर निस्कने गर्दछ । खेतबारी र झाडीमा काम गर्नुपर्ने भएकाले पनि सर्पले डस्ने जोखिम यो मौसममा बढी हुने गर्दछ । भरतपुर अस्पतालमा सर्पदंशको उपचार र अनुसन्धान गरिरहनुभएका प्रा डा विजयप्रसाद पौडेल सर्पले डसेमा परम्परागत विधिबाट उपचार गर्नाले धेरैको अकालमा ज्यान जाने गरेको बताउनुहुन्छ । जतिसक्दो छिटो सर्पदंशको उपचार हुने ठाउँमा पुर्याउन सकेमा बचाउन सकिने उहाँको भनाइ छ । उहाँका अनुसार सर्पले टोकेको अङ्गलाई चलाइरहनुपूरा पढ्नुहोस्


पहिरोमा पुरिएर बालकको मृत्यु

साउन २३, बनेपा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्कमा माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार आज बिहान करीब २ बजेको समयमा खसेको पहिरोमा परी मृत्यु हुनेमा डेढ वर्षका बालक दीपक तामाङ रहेका छन् । माथिबाट खसेको पहिरोले घरभित्रै पुरिएर हेमबहादुर तामाङ र उनकी श्रीमती सीतामाया तामाङ घाइते भएका छन् । पहिरोले दुई वटा टिनको टहरासमेत बगाएको प्रहरीले जनाएको छ ।


गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा

साउन २३, खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ । गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन सात वडा रहेको गाउँपालिकाको सबै वडामा इन्टरनेट जडान गरिएको हो । भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा गाउँपालिकाको याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, स–छितापोखरी, छितापोखरी र टेम्मामा इन्टरनेट जडान गाउँपालिकाका आइटी अधिकृत मणिचन्द्र राईले जानकारी दिनुभयो । अधिकृत राईका अनुसार गाउँ कार्यपालिकाको कार्यालयमा एक एमबिपिएस र वडा कार्यालयमा ५१२ केबिपिएस क्षमताको इन्टरनेट जडान गरिएको हो । गाउँपालिकाको रु १५ लाख लगानीमा आफ्नो बेग्लै लिंक बनाएर इन्टरनेट जडान गरिएको जनाइएको छ । गाउँपालिकाको कार्यालयसँगै सबै वडामा इन्टरनेट जोडेपछिपूरा पढ्नुहोस्