Main Menu

Sunday, August 26th, 2018

 

औषधिको मूल्य सरकारले तोक्ने -स्वास्थ्यकर्मीले ‘जेनेरिक’ नाम दिनुपर्ने

भदाै १०, काठमाडौँ “वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु पर्यो । विशिष्ट व्यक्तिले सेवा लिन जानु प¥यो । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ कमी छैनन् ।” “विदेश उपचार गर्न जानुपरे उहाँहरुको निजी खर्च होस् । प्रस्तुत विधेयकमा (जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक) संशोधन हुनु आवश्यक छ ।” प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षका सांसदले व्यक्त गर्नुभएका यस्ता भनाइलाई प्रायः प्रतिपक्षका सांसदले कमै समर्थन गर्नुहन्छ तर सत्ता पक्षका सांसद खगराज अधिकारीले भदौ ५ गतेको प्रतिनिधिसभाको बैठकमा व्यक्त गर्नुभएका ती भनाइलाई प्रमुख प्रतिपक्षी दलका सांसद गगनकुमार थापाले खुलेर समर्थन गर्नुभयो । उहाँहरु दुवै पूर्व स्वास्थ्यमन्त्री हुनुहुन्छपूरा पढ्नुहोस्


डुङ्गा दुर्घटना-दुईको शव फेला

भदाै १०, गौर डुङ्गा दुर्घटनामा परेका यात्रुमध्ये दुई महिलाको शव फेला परेको छ । तीनजना अझै वेपत्ता छन् । गौर नगरपालिका–४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको थियो । इशानाथ नगरपालिका– ३ रुनाकुर्मी पटेल र गौर नगरपालिका– ४ की शान्तिदेवी साहको शव फेला परेको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो । दुर्घटनामा परेकामध्ये २१ जनाको उद्धार गरिएको छ । डुङ्गा डुबेपछि ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पटेल र उष्मा पटेल बेपत्ता रहेको प्रहरीले जनाएको छ । ओमप्रकाश डुङ्गाका सहचालक हुन् । इशानाथ नगरपालिकाको औरहियाबाट गौरतर्फ आउँदै गरेको डुङ्गा बकैया नदीमा पल्टेको थियो । पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएपछि ढुङ्गापूरा पढ्नुहोस्


कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

भदाै १०, लहान सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण महतो बेपत्ता भएका थिए । बालकहरु बेपत्ता भएको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले आज बिहान बेपत्ता भएका मध्ये कृष्ण महतोको शव फेला पारेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्रपूरा पढ्नुहोस्


तराई मधेशमा रक्षाबन्धनको उल्लास

भदाै १०, महेन्द्रनगर, धनुषा जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् । रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्य रुपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी (रक्षासुत्र) बाँधेर एक अर्कालाई दीर्घायुकोपूरा पढ्नुहोस्


कुटपिटबाट मृत्यु, वृद्धलाई बाढीले बगायो

भदाै १०, लहान आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । बाबुलाई कुटपिट गर्ने सञ्जयलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।पूरा पढ्नुहोस्


एकल पुरुषलाई पनि भत्ता

भदाै १०, बैतडी बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रु एक हजारका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताउनुभयो । एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुने गरी भत्ताको व्यवस्था गरिएको हो । उहाँले भन्नुभयो “नगरपालिकाभित्र असहाय एकल पुरुषहरु पनि रहेकाले उनीहरुलाई बाँच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको हौं” उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले रु १५ लाख छुट्याइएको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो । अहिले नगरकापूरा पढ्नुहोस्


नेवा: समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै

भदाै १०, काठमाडाैँ श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज  नेवार समुदायले गुँपुन्ही पर्व मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व: पारुदेखि ञँलाथ्व: पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि (नेवा:) नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन नेवार समुदायबाट बिस्तार भएर अन्य समुदायले पनि आजको दिन क्वाँटी खाने प्रचलन चलेको छ । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ । क्वाँटी खाने पूर्णिमा भएकाले नेवार समुदायलेपूरा पढ्नुहोस्


सुस्तामा भारतीय पक्षबाट पुनः विवाद सिर्जना

भदाै १०, नवलपरासी सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको थियो । यद्यपि पछिल्लो पटक सुस्ताको विवादित भूमिमा भारतीय पक्षबाट सडक बिस्तार गर्न खोजिएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले जानकारी दिनुभयो । खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा नेपाली पक्षले उक्तपूरा पढ्नुहोस्


माझी समुदायको पेशा सङ्कटमा

भदाै १०, इनरुवा सुनसरीका माझी समुदायको पेशा सङ्कटमा पर्न थालेको छ । आफूहरुको पूख्र्यौली पेशामा विभिन्न जातिको प्रवेश भएका कारणले पेशा तथा व्यवसाय सङ्कटमा पर्न थालेको कमला सिमसार उपभोक्ता समितिका अध्यक्ष गुलावी मुखियाले बताउनुभयो । सदा, उराँव, मुस्लिमलगायतका विभिन्न जातिको माछा मार्ने पेशा नभए पनि अहिले उनीहरुले माछा मार्ने कार्य गर्ने गरेका कारण आफूहरुको व्यवसाय सङ्कटमा पर्न लागेको मुखियाको भनाइ छ । ज्ञान र सीपको अभावलगायतका कारण अन्य समुदायहरुले माछा मार्ने गरेकाले मार्नुपर्ने माछा नमारेको र नमार्नेु पर्ने माछा मारेकाले आफूहरुलाई समस्या हुने गरेको कोशी गाउँपालिका–३ का मदन मुखियाले बताउनुभयो । अन्य समुदायहरुले माछा मारेकाले आफूहरुले माछा मार्नका लागि जाँदापूरा पढ्नुहोस्


साउदीअरबमा अलपत्र नेपालीलाई काम र दाम दिने सहमति

भदाै १०, खोटाङ वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र दाम दुवै उपलब्ध गराउने सहमति भएको छ । साउदी अरबमा ३८ नेपाली कामदार अलपत्रसम्बन्धी समाचार राष्ट्रिय समाचार समिति (रासस) मार्फत विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना दिनपछि वैदेशिक रोजगार विभागको रोहबरमा म्यानपावर सञ्चालक र कामदारको आफन्तबीच यस्तो सहमति भएको हो । सम्झौता पत्रमा सबै कामदारलाई सरसफाईको काम दिइने, एक दिनमा आठ घन्टा, महिनामा २६ दिन काम गर्नुपर्ने, तलब साउदी रियाल एक हजार र २०० खाना खर्च दिइने, बस्ने, यातायात, सुरक्षा आदि कम्पनीले उपलब्ध गराउने, परिचयपत्र र जीवन बीमापूरा पढ्नुहोस्