Main Menu

मुख्यमन्त्रीसँग राससको कार्ययोजना प्रस्ताव

साउन २७, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले राससको प्रादेशिक संरचना, सेवा विस्तारलगायत विषय समेटिएका भावी कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

मुख्यमन्त्रीको सरकारी निवासमा आज भएको भेटमा अध्यक्ष श्यामलले प्रदेश सरकार र राससबीच समन्वय आवश्यक भएको बताउनुभयो । उहाँले सरकारका नीति, कार्यक्रम र विकास निर्माणका गतिविधिलाई राससले सम्पे्रषण गर्दै आएको र यसलाई आगामी दिनमा अझै प्रभावकारी बनाइने छ भन्नुभयो ।

सङ्घीयतालाई बलियो बनाउन प्रदेश सरकार बलियो हुनु आवश्यक भएको बताउँदै अध्यक्ष श्यामलले त्यसका लागि राससका तर्फबाट सक्दो सहयोग पु¥याइने विश्वास व्यक्त गर्नुभयो । राससले स्थानीय भाषामा पनि समाचार सम्प्रेषण गर्ने सोच बनाएको जानकारी दिँदै उहाँले राज्यलाई बलियो बनाउन समाचार समितिको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आगामी दिनमा सञ्चारलगायत क्षेत्रमा समन्वय गर्दै स्पष्ट कार्यनीतिसाथ अघि बढ्ने बताउनुभयो । कर्मचारी व्यवस्थापनका साथै साधनस्रोतको बाँडफाँटलगायत विषय निष्कर्षमा पुगी कार्यान्वयनमा आएपछि सरकारका काम सहज हुने उहाँको भनाइ थियो ।

(Visited 57 times, 1 visits today)

टिप्पणी

comments