Main Menu

जोमसोम कटानको जोखिममा

भदाै १७, मुस्ताङ

कालीगण्डकी नदीको कटानका कारण मुस्ताङको सदरमुकाम जोमसोम बजार जोखिममा परेको छ ।

अधिक वर्षाका कारण उक्त नदीमा पानीको सतह बढेर बस्तीतर्फ कटान गर्न थालेकाले जोखिम बढेको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताउनुभयो । उहाँका अनुसार घरपझोङ गाउँपालिकाको जोमसोम, पुथाङ एयरपोर्ट, स्याङ र मार्फाको बस्ती नदीले कटान गर्दा छेउछाउमा रहेका करीब एकसय घरका साथै सरकारी कार्यालय भवनसमेत जोखिममा परेका छन् ।

कटान नियन्त्रण गरी जोमसोम बजार संरक्षणका लागि सर्वेक्षण गरी दीर्घकालीन योजनाका लागि प्रदेश र सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयमा प्रस्ताव गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रारम्भिक प्राविधिक अध्ययनअनुसार जोमसोम बजार संरक्षणका लागि रु ३२ करोड लाग्ने अनुमान गरिएको छ । गाउँपालिकाले गरेको प्रस्तावलाई महत्वका साथ सङ्घीय र प्रदेश सरकारको योजनामा समावेश गराउन पहल गरिएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

(Visited 154 times, 1 visits today)

टिप्पणी

comments