Main Menu

आँखा शिविर सञ्चालन

असोज ६, मेलम्ची

मेलम्चीमा अस्ति, हिजो र आज सञ्चालित आँखा शिविरमा १४७ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा एक हजार ४०० जनाले आँखाजाँच गराएका छन् । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा आँखा शिविर सञ्चालन गरिएको हो ।

मेलम्ची नगरपालिकाका ज्योतिषगाउँ, धुसिचौर, ज्यामिरे, क्यौरानी र मेलम्ची, हेलम्बु गाउँपालिकाको चनौटे र तिम्बू, पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा सञ्चालित आँखा शिविरमा आएकाको शल्यक्रिया गर्नुपर्नेलाई मेलम्चीमा बोलाएर शल्यक्रिया गरिएको हो ।

वरिष्ठ आँखा विशेषज्ञ सन्दुक रुइतको निगरानीमा शल्यक्रिया गरिएको मेलम्ची सामुदायिक आँखा केन्द्रका अध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिनुभयो ।

आफ्नै घर आँगनमा सेवा पाउँदा स्थानीयवासी धेरै खुशी भएका छन् । ‘शल्यक्रियाका लागि काठमाडौँ जानुपथ्र्यो, अहिले यही सुविधा पाउँदा धेरै खुशी लागेको छ’, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका निमा लामाले खुशी व्यक्त गर्नुभयो । मेलम्ची नगरपालिका, शुभकामना सहकारी संस्था र मेलम्ची नगरपालिका–११ को आर्थिक सहयोगमा आँखा शिविर सम्पन्न भएको हो ।

(Visited 204 times, 1 visits today)

टिप्पणी

comments