Main Menu

Sunday, September 23rd, 2018

 

दुर्घटनामा एकको मृत्यु

असोज ७, कावासोती नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् । शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नं को बलेरो जीप आफै अनियन्त्रित भई पल्टिदा बलेरो चालक नवलपरासी बौदीकाली–४ घर हुप्सेकोटका ३५ वर्षीय कृष्ण सुनारीको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते हुनुभएका सुनारीको उपचारका क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो । दुर्घटनामा सहचालक मेखबहादुर मर्सा¨ी घाइते हुनुभएको छ । घाइते मेखबहादुरको भरतपुरमा उपचार भइरहेको छ । बलेरोमा यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय ननवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो । विद्युत् सर्ट हुँदा आगलागी नवलपरासीकोपूरा पढ्नुहोस्


तल्लो मोदीको उत्पादन दशैँअघि

असोज ७, कुश्मा पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुननसकेको भनाइ आयोजनाको छ । आयोजनाले ६० महिनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको थियो । “वर्षामा पहिरो जाने, भासिने र आयोजनाभित्रै बाढी पस्नेजस्ता प्राकृतिक जटिलताका कारणले उत्पादन तोकिएको मितिमा हुन सकेन” आयोजना प्रमुख पवनकुमार यादवले भन्नुभयो, “अब हामी छिट्टै नै उपलब्धि देखिने गरी काम गर्दैछौँ ।”पूरा पढ्नुहोस्


प्रेस युनियनको सभापतिमा शर्मा

असोज ७, पाल्पा प्रेस युनियन पाल्पाको आठौँ अधिवेशनबाट सभापतिमा भरत शर्मा निर्वाचित हुनुभएको छ । यसअघि पनि शर्माले युनियनको सभापति रही जिम्मेवारी बहन गर्नुभएको थियो । युनियनको उपसभापतिमा खुलातर्फ पुष्करराज रेग्मी, उपसभापतिमा महिलातर्फ मन गैरे, सचिवमा रामचन्द्र रायमाझी, कोषाध्यक्षमा बिष्णुप्रसाद खनाल र सहसचिवमा सरस्वती दङ्गाल रहनुभएको छ । त्यसैगरी सदस्यमा सुमन कार्की, भविश्वर पौडेल, बिष्णुप्रसाद पाण्डे, सङ्गीता थापा, सरिता रेग्मी, दानबहादुर हिस्की, जीवन तिवारी र इमानसिं राना रहनुभएको छ । यसैबीच, युनियनको अधिवेशनका क्रममा नौ पत्रकार सम्मानित हुनुभएको छ । पत्रकारिता एवं आम सञ्चारको विकासको क्षेत्रमा योगदान गरेको भन्दै स्व लक्ष्मण घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट मूर्ति न्यौपाने पुरस्कृत हुनुभएको छपूरा पढ्नुहोस्


शिशुको हत्या अभियोगमा आमा पक्राउ

असोज ७, बेत्रावती आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो । श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि शनिबार साँझ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरका अनुसार घटनामा संलग्न रहेका परपुरुषको पनि पहिचान भइसकेकाले उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएकोपूरा पढ्नुहोस्


पचास परिवार ४७ वर्षदेखि एउटै इनारमा निर्भर

असोज ७, भद्रपुर समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद गनगाईले टोलवासीले ४७ वर्ष पुरानो इनारबाट पानीको आवश्यकता पूरा गरिरहेको बताउनुभयो । टोलमा बसोबास गर्ने अधिकांश स्थानीय आदिवासी समुदाय गनगाई रहेका छन् । उनीहरूले पिउने, लुगा धुने, नुहाउने र गाईबस्तुलाई खुवाउनका लागि त्यही एउटा इनारको पानी प्रयोग गरिरहेका छन् । त्यसो त टोलमा पानीको अन्य स्रोतका लागि ट्युबवेलपूरा पढ्नुहोस्


प्रधानमन्त्री ओली अबुधाबीमा

असोज ७, अबुधाबी प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राती अबुधाबी आइपुग्नुभयो । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि हुनुहुन्छ । अबुधाबी विमानस्थलमा उहाँलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले स्वागत गर्नुभयो । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नुहुनेछपूरा पढ्नुहोस्