Main Menu

Monday, October 2nd, 2017

 

लस भेगसमा आतंककारी बन्दुक हमला, कम्तिमा ५० को मृत्यु

असोज १६, लस भेगस अमेरिकाको लस भेगसमा चलिरहेको एक कन्सर्टमा भएको बन्दुक हमलामा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने कम्तीमा ४०६ जना घाइते भएका छन् । ६४ वर्षीय स्थानीय स्टेफन प्याडक नामक व्यक्तिले सो आतंककारी हमला गरेको बुझिएको छ । प्याडकले मन्डेले बे होटलको ३२ औँ तल्लाबाट २२ हजार जना उपस्थित रहेको कन्सर्टतर्फ ताकेर गोली चलाएका थिए । घटनापछि प्रहरी गोली चलेको कोठामा जाँदा प्याडक मृत अवस्थामा भेटिएका थिए भने उनीसँग स्वचालित बन्दुकसहित थुप्रै अन्य हतियार फेला परेका थिए । बारम्बार यस्ता हमला भइरहने अमेरिकाकै लागि पनि यो निकै ठूलो हमला हो । ताजा अमेरिकी इतिहासमा यो सबैभन्दा ठूलोपूरा पढ्नुहोस्


समानुपातिक निर्वाचन प्रणालीको मतपत्र मंगलबारदेखि छापिँदै

असोज १६,  काठमाडौँ    निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ मंगलबारदेखि शुरु गर्ने भएको छ । मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतपत्रको छपाइ कडा सुरक्षा घेरामा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमा हुनेछ । एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनका चुनाव चिह्न रहनेछन् । निर्वाचनका लागि मतदाताको संख्या यकिन भइनसके पनि समानुपातिक निर्वाचन प्रणालीका लागि हल्का रातो रङको झण्डै एक करोड ८० लाख मतपत्र छापिनेछ । आयोगले मतदाताको संख्या केही दिनभित्रै यकिनपूरा पढ्नुहोस्


भारतीय प्रहरीको पक्राउबिरुद्ध सर्वत्र विरोध

सीमा रक्षक देवनारायण यादवको रिहाइको माग

असोज १६, काठमाडौं गत वर्ष सप्तरीको तिलाठी सीमाको दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा उत्रिएर नेपाली राष्ट्रिय स्वाभिमानलाई उँचा बनाएर देशकै हिरो बनेका देवनारायण यादवलाई गएको शनिवार भारतीय प्रहरीले नाटकीय ढङ्गले पक्राउ गरेको घटनालाई लिई सर्वत्र विरोधको स्वर उठेको छ । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय प्रहरीले देवनारायण यादवलाई गरेको गिरफ्तारीको सख्त विरोध गरेका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “सीमा अतिक्रमण र अन्यायपूर्ण बाँध निर्माणबिरुध्द तिलाठी सङ्घर्षका अगुवा देवनारायण यादवको भारतमा पक्राउ किन ? सरकारलेपूरा पढ्नुहोस्


महोत्तरीमा ५ जनामा डेंगु रोग संक्रमण

  असोज १६, महोत्तरी महोत्तरीको बर्दिबासमा ५ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । स्वास्थ्य चौकी गौरीवासका प्रमुख महेन्द्र साहसहित स्थानीय ५ जनामा उपचारका क्रममा डेंगुको संक्रमण फेला परेको हो । संक्रमित हुनेमा बर्दिबास नगरपालिका वडा नं १ का ३८ वर्षीय किशोर भट्टराई, वडा नं २ की ३० वर्षीया प्रमिला कार्की, वडा नं ५ की ६० वर्षीया खिनमाया पोखरेल र वडा नं १४ का ४० वर्षीय खुरहरि अधिकारी रहेको बर्दिवासस्थित सरकारी अस्पतालका जनस्वाथ्य निरीक्षक मीनबहादुर सेनले बताए । बर्दिबासस्थित शुभस्वस्तिक हस्पिटल र सरकारी अस्पतालमा उपचार गराउन गएको समयमा उनीहरुमा सो संक्रमण भएको तथ्य सार्वजनिक भएको जिल्ला अस्पताल महोत्तरीका प्रमुख नागेन्द्रप्रसादपूरा पढ्नुहोस्


गुलरियामा अनिश्चितकालीन कर्फ्यु आदेश

  असोज १६, बर्दिया जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा सडकमा ठाउँ साँघुरो भएको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच झडप हुँदा स्थितिलाई सामान्य बनाउन प्रहरीद्वारा केही सेल अश्रुग्यास र हवाईफायर गर्नु परेको थियो । झडपमा पाँचजना सामान्य घाइते भएका थिए । सो घटनापछि दुई पक्षबीच पुनः झडप हुनसक्ने सम्भावना रहेकाले स्थितिलाई शान्तिपूर्ण बनाउन कर्फ्यु आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । भट्टराईका अनुसार स्थिति साम्य नभएसम्म कर्फ्यु आदेश जारी रहनेछ । दुवै पक्षबीच वार्ताकोपूरा पढ्नुहोस्


नेपाल र भारतमा एउटै प्रविधिबाट एकैपटक बाघ गणना गरिने

असोज १६, चितवन बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ । निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी भएको छ । नेपाल र भारतका अधिकारीबीच हालै सम्पन्न बैठकमा दुवै देशमा बाघको गणना एउटै विधि प्रयोग गरी नदोहोरिने गरी गणना गर्ने निर्णय भएको हो । खड्काका अनुसार बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने गर्छ । कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको वन क्षेत्रलाई आफ्नो क्षेत्र बनाई बसेकाले दुवै देशमापूरा पढ्नुहोस्


जनमत संग्रहमा क्याटालानको जीत : स्पेनबाट छुट्टिनको लागि बाटो खुला

असोज १६, स्पेन स्पेनमा भएको जनमन संग्रहमा क्याटालान जनताको जीत भएको छ । अब स्पेनसित छुट्टिएर क्याटालोनिया राज्य स्थापनाको लागि बाटो खुला भएको क्याटालान नेता कार्लेस प्युगमन्टले बताएका छन् । क्याटालान अधिकारीहरुका अनुसार ४२.३ प्रतिशत मत खसेको उक्त जनमत संग्रहमा ९० प्रतिशतले स्वतन्त्रताको लागि मतदान गरेका थिए । यता स्पेनको संवैधानिक अदालतले भने मतदान गैरकानुनी भएको बताइरहेको छ । यसबाट उत्पन्न विवादका कारण हज्जारौँ क्याटालोनियाबासीले सडकमा प्रदर्शन गरेका छन् भने स्पेनी प्रहरीले प्रदर्शनमा बल प्रयोग गर्दा सयौँ प्रदर्शनकारीहरु घाइते भएको बिबिसीले जनाएको छ । स्पेनी अधिकारीहरुले मतपत्रका साथै मतपेटिकासमेत जफत गरेका छन् । यस्तै, ‘मानवअधिकार तथा स्वतन्त्रताको गम्भीर उल्लंघन भएको’मापूरा पढ्नुहोस्


एकैसाथ ७ खानेपानी योजना सुरु

  असोज १६, तेह्रथुम तेह्रथुममा एक साथ ७ वटा खानेपानी योजना निर्माणको काम शुरु भएको छ । विभिन्न ६ गाउँका ७४६ घरधुरी लाभान्वित हुनेगरी ७ वटा खानेपानी योजनाको निर्माण शुरु भएको हो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी खानेपानी योजनाहरुको निर्माण शुरु भएको हो । जिल्लाका सुक्खाग्रस्त क्षेत्रको खानेपानी समस्या सुल्झाउन फण्ड बोर्डको सहयोगमा खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत खानेपानी योजना निर्माण थालिएको सोसाइटीका निर्देशक कपिलदेव सिंगकले बताए । सुक्खाग्रस्त फेदाप गाउँपालिका–१ सिम्लेमा सापकोटा र साक्चुवा खानेपानी योजनाहरु निर्माण हुने भएका छन् । यस्तैपूरा पढ्नुहोस्


सिरियामा सेप्टेम्बरमा ३ हजार मारिए, ५ वर्षमा मारिनेको संख्या ३ लाख ३० हजार

  असोज १६, बेरुत सिरियामा गएको सेप्टेम्बरमा मात्र करिब ३ हजार जना नागरिकको ज्यान गएको छ । यसरी मारिनेमा सर्वसाधाराण नागरिकको संख्या ९५५ रहेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार सो जानकारी दिएको हो । उक्त संस्थाले दिएको जानकारीअनुसार सिरियामा गएको ५ बर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा गत महिना सबैभन्दा धेरै मानिसको ज्यान गएको महिनाका रुपमा रहेको छ । सिरियामा मारिने नागरिकमध्ये करिब ७० प्रतिशत सर्वसाधारण नै पर्ने गरेका छन् ।  सिरियामा विभिन्न सेनाले सरकारी सेनाका विरुद्धमा पनि कारबाही गर्ने गर्दछ । सिरियामा संयुक्त राज्य अमेरिकाको नेतृत्वको सेना, रुसी सेना, सिरियाली प्रजातान्त्रिक बल, कुर्दिस अरब एलाइन्सलगायतका सेनालेपूरा पढ्नुहोस्


प्रविधि छ, प्रयोग छैन – गोरखा अस्पतालमा ५० लाखको एक्स-रे मेसिन प्रयोगहीन

असोज १६, गोरखा गोरखा अस्पतालमा विगत १० वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । ५ सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत् लाइन नहुँदा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ । एक्स–रे मेसिन सञ्चालनमा ल्याउन थ्रिफेज लाइनसहित एउटा ट्रान्सफर्मर अस्पताल परिसरमै राख्नुपर्ने भए पनि ट्रान्सफर्मर खरिद गर्न नसक्दा एक्स–रे सञ्चालनमा ल्याउन नसकिएको हो । करिब रु. ५० लाख लगानीमा अस्पतालले एक्स–रे मेसिन ल्याएको भए पनि बिरामीले सेवा नपाएका हुन् भने एक्स–रे गर्नका लागि निजी अस्पताल वा चितवन तथा काठमाडौँका अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार अहिलेपूरा पढ्नुहोस्