Main Menu

Friday, October 20th, 2017

 

भारतीय सीमा सुरक्षा बलद्वारा खेत जोत्नमा रोक

कार्तिक ३, कञ्चनपुर भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ । नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६/१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन् । धान कटानपछि खेत जोत्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको गुरुङले बताउनुभयो । भारतीय सीमा सुरक्षा बलले खेत जोत्न रोक लगाएपछि खेत जोेत्न छाडेको गुरुङले बताए । उहाँका अनुसार सोमबार एसएसबीका जवान खेत जोत्न लागेको समयमा आएर भारतीय भूमि भएको भन्दै खेत जोत्नमा रोक लगाएका थिए । समयसमयमा भारतीय पक्षलेपूरा पढ्नुहोस्


सन्दर्भ नयाँ वर्ष नेपाल सम्वत् ११३८

नेवार जाति बन्नुभन्दा पहिले नै नेपाल सम्वत् सुरु भएको हो-प्रा. माणिकलाल

(आज नव वर्ष नेपाल सम्वत् ११३८ को सुरुको दिन हो । तिथिमा भन्दा कछलाथ्वः प्रतिपदा । कछला नेपाल सम्वत् पात्रोको पहिलो महिना हो । कछलाथ्वःले यस महिनाको पहिलो आधा महिना जनाउँछ । दोश्रो आधा कछलागाः हुन्छ । यो प्रणाली हरेक महिनामा लागु हुन्छ । नेपाल सम्वतको पात्रो चन्द्र पात्रो हो । अर्थात् यसका दिन र महिना चन्द्रमाको गतिको गणनामा निर्धारित हुन्छ । नेपालको इतिहासमा लामो समयसम्म सरकारी कामकाजमा प्रयोग भएको यो सम्वत् र पोत्रोलाई राणा शासनको पालामा विक्रम सम्वत् ल्याई बिस्थापन गरिएको कुरा नेपाली इतिहास र संस्कृतिका ज्ञाता प्राध्यापक माणिकलाल श्रेष्ठ बताउँछन् । राणाहरुका पालामा नेपाली भाषाहरु र संस्कृतिहरुलाई (नेपालमापूरा पढ्नुहोस्


बढ्दैछ लोकप्रियता ‘नेपाल संवत्’को

कात्तिक ३, काठमाडौँ  विशेषगरी नेवार (नेवा:) समुदायले प्रत्येक वर्ष कार्तिक शुक्लपक्षको प्रतिपदा (हिन्दूहरुको गोवर्द्धन पूजा या नेवारहरुको म्ह:पूजा) का दिन नयाँ वर्ष मनाउने ‘नेपाल संवत्’ को क्रमिक रुपमा लोकप्रियता बढ्दै गएको पाइएको छ । सो समुदायका नयाँ तथा परिपक्व पुस्तामा उक्त संवतलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवर्द्धन गर्न देखिएको जोश र जाँगरले संवत् लोकप्रिय बन्दै गएको हो । यस वर्ष ११३८ ने.सं. मनाउनका लागि चित्तरञ्जन नेपालीको संयोजकत्वमा नागरिक स्तरबाट समिति समेत गठन गरिएको छ । वि.सं.को कात्तिक शुक्ल पक्षको दिनमा यस संवतका प्रवर्तक शंखधर साख्वाले केही जनताको केही ऋणी तिरेर उनीहरुलाई ऋणमुक्त बनाएको दिनको सम्झनामा नयाँ संवत् प्रचलनमा ल्याइएको बताइन्छपूरा पढ्नुहोस्