Main Menu

Sunday, October 22nd, 2017

 

म्हेपी गोली काण्ड – चार पक्राउ

कात्तिक ५, काठमाडौँ प्रहरीले आज बिहान म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । गुरुङलाई गोली हानेको अभियोगमा असुन गुरूङ, नवराज लामिछाने, सुरेन्द्र शाही र सविना पाण्डे क्षेत्रीलाई पक्राउ गरेको हो । परिसरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख रवीन्द्रकुमार धानुकले सविनालाई जिस्काएको आरोपमा असुनले कल्याणमाथि गोली हानेको जानकारी दिए । “घटनामा असुनले कल्याणलाई गोली हानेको अनुसन्धानमा खुल्न आएको छ,” प्रमुख धानुकले भने । उनले कल्याण र सविना एउटै डिस्कोमा गएको र सविनालाई कल्याणले पिछा गरेपछि सविनाले असुनलाई बोलाएको र कारमा पिछा गरेर गोली हानेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । असुन मनाङ निवासीपूरा पढ्नुहोस्


बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

कात्तिक ५, काठमाडौँ संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सञ्चालन भएको क्याम्ब्रीयन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त अभ्यास असोज २७ देखि आजसम्म सञ्चालन भएको थियो ।उक्त अभ्यासमा सेनानी आयुष राणाको नेतृत्वमा १० सदस्यीय सैनिक टोली सहभागी भएको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन हुने विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षतालाई मूल्यांकन गरिने नेपाली सेनाले जनाएको छ । अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री बोकेर ५० किलोमिटरपूरा पढ्नुहोस्


माओवादीबाट उम्मेदवारको टुंगो

कात्तिक ५, काठमाडौँ आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएपछि केन्द्रले पाउने उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार संघीय संसद्का उम्मेदवारमा भोजपुरमा सुदन किराँती, सोलुखुम्बुमा हेमकुमार राई, रामेछापमा श्यामकुमार श्रेष्ठ र सिन्धुपाल्चोक क्षेत्र नं १ मा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाइएको छ । त्यसैगरी नुवाकोट क्षेत्र नं १ मा हितबहादुर तामाङ, लमजुङमा देवप्रसाद गुरुङ, गोरखा क्षेत्र नं १ मा हरिराज अधिकारी र २ मा नारायणकाजी श्रेष्ठ, बागलुङपूरा पढ्नुहोस्


बढी भाडा लिने सवारी कारबाहीमा

कात्तिक ५,  मेलम्ची, सिन्धुपाल्चोक भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई गरी जरिवानासमेत तिराएको छ । काठमाडौँको जोरपाटीबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै नवलपुर गुडेको हेलम्बु यातायातको बा ३ ख १६६१ नम्बरको सार्वजनिक यातायातले यातायात व्यवस्था विभागले तोकेभन्दा ६ गुणा बढीसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले सो सवारी साधनलाई रोकी भाडा फिर्ता गराएको हो । रु. ११५ भाडा तोकिएको मेलम्चीसम्म रु. ६०० सम्म भाडा उठाएको पाइएको थियो । सधैँ सवारी साधन सञ्चालन हुने नारायणटारस्थित बसपार्कबाट बस चढेर गएपछि बीच बाटोमा परिचालकले भने बमोजिमको भाडा मागेपछि यात्रुहरू आक्रोशित भएको यात्रु श्याम ढकालले बताएपूरा पढ्नुहोस्


टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध

कातिक ५, काठमाडौँ निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ । मंसिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिह्नअंकित त्यस्ता सामग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले देशभरका ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत, प्रजिअ, क्षेत्रीय/जिल्ला निर्वाचन अधिकारीलाई आयोगले आज पत्र पठाई राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरीत हुने सामग्री उत्पादन,पूरा पढ्नुहोस्


कोलकातामा नेपाल भवन बनाइने

कात्तिक ५, काठमाडाैँ भारत, कोलकातामा रहेका नेपालीहरुको संस्था भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताबाट स्थापित संयुक्त नेपाली वेलफेयर ट्रस्टको पहलकदमीमा कोलकातामा नेपाल भवन बनाइने भएको छ । नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले कोलकातामा नेपाल भवनको अत्यन्त आवश्यकता रहेकाले त्यसका लागि दूतावासका तर्फबाट आवश्यक सहयोग दिलाइने आश्वासन दिए । ट्रस्टका संयोजक खिमराज बरालले कोलकाता र कोलकाता वरिपरि रहने नेपाली मिलेर लिएको केही जमिनमा नेपाल भवन बनाइने बताउँदै रकमका लागि चन्दा तथा देउसीभैलो आदि कार्यक्रम गरिएको जानकारी दिए । लक्ष्मीपूजाका दिन आयोजित देउसीभैलो कार्यक्रममा ट्रष्टका सहसंयोजक नारायणप्रसाद होमागाईँले नेपालीहरु विदेशमा रहेर पनि आफ्नो परम्परा र संस्कृतिको रक्षा गर्दै नेपाली समुदायबीच आफ्नो पहिचानको मूल्यबोध जगाउनेपूरा पढ्नुहोस्


जापानमा आमनिर्वाचनको मतदान हुँदै

कात्तिक ५, टोकियो जापानमा आइतबार मध्यावधी निर्वाचनका लागि मतदान सुरु भएको समाचार छ । आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन् । जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभाका लागि आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन् । जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको संसदको म्याद बाँकी रहेकै बेला गत महिनामात्र मध्यावधी निर्वाचनको आह्वान गरेका थिए । प्रधानमन्त्री आबेले आफू शक्तिशाली हुने अभियानस्वरुप यो निर्वाचनको आह्वान गरेको बताइएको थियो । यस निर्वाचनमार्फत आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र उसको गठबन्धनले दुई तिहाई बहुमत हासिल हुने उनले बताएका छन् । वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिकपूरा पढ्नुहोस्


उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा शुरु

कात्तिक ५, काठमाडौँ पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा शुरु भएको छ । उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले मनोनयनको फाराम लैजानाका साथै उम्मेदवारी दर्ता गर्ने क्रम शुरु भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आज उम्मेदवारी दर्ता हुँदैछ । मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेसम्मपूरा पढ्नुहोस्


म्हेपीमा गोली चल्यो, एकजना घाइते

कात्तिक ५, काठमाडौँ स्थानीय म्हैपीमा आज बिहान गोली चल्दा एक जना घाइते भएका छन् । बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गुरुङको खुट्टामा गोली लागेको जानकारी दिँदै शंकास्पद एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । घाइते गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा सामेल, नयाँ शक्ति लोकतान्त्रिक गठबन्धनमा

कात्तिक ५, काठमाडौँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला बाम दलले सघाउने भएपछि तीन दलबीच शनिवार सहमति भएको हो । सहमतिअनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका १-१ क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् । यस्तै वाग्लुङका प्रतिनिधि सभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई १-१ र बाँकी दुई स्थान मोर्चालाई दिइनेछ । सहमतिसँगै देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्काेलाईपूरा पढ्नुहोस्