Main Menu

Saturday, October 14th, 2017

 

सरकारको एकमात्र दायित्व शान्तिपूर्ण निर्वाचन – अध्यक्ष ओली

असोज २८, काठमाडौँ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको एकमात्र काम आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहित गराउनु रहेको बताएका छन् । व्यवस्थापिका–संसद्को आजको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा वक्तव्य दिँदै उनले संसद्को अवधि सकिन एक दिनअघि अन्य दललाई जानकारीबिना मन्त्रिमण्डलमा सदस्य थप्ने प्रयास गलत भएको टिप्पणी गरे । शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गर्न एमालेले पूरै साथ दिने उनले बताए । आगामी मंसिर १० र २१ गतेका लागि ती तहको निर्वाचनको मिति तय भएको छ । उनले भने, “प्रधानमन्त्रीज्यू, तपाईंलाई थप मन्त्री किन चाहियो ? यो संख्या तपाईले संसद्का १०पूरा पढ्नुहोस्


‘प्रधानमन्त्रीले मन्त्री थप्न नपाउने ?’ – प्रधानमन्त्री देउवा

असोज २८, काठमाडौँ प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालमा मन्त्रीको संख्या कति हुने भन्ने संविधानमा उल्लेख नभएकोले प्रधानमन्त्रीले जति पनि मन्त्री थप्न पाउने बताएका छन् । व्यवस्थापिका–संसद्को आजको अन्तिम बैठकमा सम्बोधन गर्दै उनले भने, “संक्रमणकालमा मन्त्रीको संख्या कति हुने भन्ने संविधानमा उल्लेख छैन । प्रधानमन्त्रीले मन्त्री थप्न नमिल्ने ? निर्वाचन आयोगले पनि मन्त्रिपरिषद्को विस्तारले निर्वाचनलाई कुनै असर नपर्ने जनाइसकेको छ र राष्ट्रपतिले पनि यसमा संवैधानिक भूमिका निर्वाह गर्नुभएको छ । उहाँ कसैले उचाल्दैमा उचालिनुहुन्न ।” बैठकमा प्रधानमन्त्री देउवाले संविधानभित्र रहेका असन्तुष्टिलाई आगामी दिनमा सम्बोधन गर्न पहल गर्ने पनि बताए । उनले नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउने वि. सं. २००७पूरा पढ्नुहोस्


संसदको कार्यकालमा महत्वपूर्ण र दूरगामी काम – सभामुख घर्ती

असोज २८, काठमाडौँ सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को कार्यकालमा महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने काम भएको बताएकी छन् । संसद्को आजको अन्तिम बैठकमा सम्बोधन गर्दै उनले संसद्को कार्यकालभरीमा ६६६ दिन बैठक बसेको र यस बीचमा जनताका आवश्यकताका ५६ विधेयक पारित भएको जानकारी गराइन् । सदनको यस कार्यकालमा दुई प्रधानमन्त्रीको निर्वाचन, बजेट तथा कार्यक्रम प्रस्तुतलगायत महत्वपूर्ण कार्यका साथै जनताको प्रत्यक्ष सरोकार राख्ने मुलुकी र फौजदारी कानुन पारित गर्न सफल भएकामा उनले खुशी व्यक्त गरिन् । कार्यकालमा सदनका कार्य प्रभावकारी र पारदर्शी बनाउन, संसदको फजुल खर्च कटौती, प्रत्यक्ष प्रसारणलगायत कार्य भएको बताउँदै उनले ‘सरकारसँग प्रश्नोत्तर’ कार्यक्रम, संसद्को आफ्नो भवन बनाउने, सांसद्का लागि आवासपूरा पढ्नुहोस्


माओवादीको नेतृत्वमा संविधान बन्न सफल – अध्यक्ष प्रचण्ड

असोज २८, काठमाडौँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वमा संविधान बन्न सफल भएको बताएका छन् । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकलाई गरेको सम्बोधनका क्रममा माओवादीको नेतृत्वमा नै संविधान निर्माण भएबाट मुलुकलाई एउटा राजनीतिक युगमा लगेको बताउँदै उनले भने, “माओवादीले नेतृत्व नगरेको भए संविधान पनि बन्ने थिएन, समावेशी, समानुपातिक प्रतिनिधित्व पनि सुनिश्चित हुने थिएन । यसकारण तेस्रो शक्तिका रुपमा भए पनि आफ्नो पार्टी सफल भएको छ । यही सफलताको आलोकमा आगामी प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन सफल बनाउनमा लाग्नु जरुरी छ ।” संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनका लागि प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचनपूरा पढ्नुहोस्


भूकम्प प्रभावितलाई रेडक्रसको ६७ करोड सहयोग

nepal-red-cross-rescue-operation-starts

असोज २८, नगरकोट नेपाल रेडक्रस सोसाइटीले २०७२ सालको भूकम्पपश्चात् ६ हजार ६१३ परिवारलाई आवास निर्माणका लागि रु. ६७ करोड रकम सहयोग गरेको जनाएको छ । शुक्रबार नगरकोटमा आयोजित वार्षिक समीक्षा बैठकमा सो जानकारी दिँदै रेडक्रसले मुलुकको नयाँ संरचनासँग अनुकूलित गर्दै संस्थाको विधानलाई परिमार्जन गर्ने निर्णय गरेको बताएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय परिदृश्यमा देखिएका नयाँ मानवीय चुनौतीलाई आत्मसात् गरी मानवीय गतिविधिलाई अझ प्रभावकारी बनाउने रेडक्रसले निर्णय गरेको छ । संस्थाका मानवीय सेवा गतिविधिमा स्थानीय तहहरूसँगको सहकार्य बढाउन तथा सामुदायिक सहभागिता बढोत्तरी गर्न नीतिगत आधार तयार गरिने रेडक्रसले जनाएको छ । रेडक्रसका अध्यक्ष सञ्जीव थापाले सामुदायिक सहभागिता र स्वयंसेवकको बलबाट नै संस्थापूरा पढ्नुहोस्


दशैँ मनाउन गएका डाक्टर नआएपछि अस्पताल डाक्टरविहीन

  असोज २८, गाईघाट, उदयपुर दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ । अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र सिफारिस गरी पठाउन बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । अस्पताल प्रमुख डा. महेश खनाल दशैँ आउन १५ दिनअघि नै बिदामा हिँडेपछि सरुवा मिलाएर पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक बन्न पुगेको अस्पतालका कर्मचारी बताउँछन् । यस्तै, दशैँ आउन एक हप्ता अगाडि नै बिदामा हिँडेका डा. फणीन्द्र बडालसमेत सरुवा मिलाएर जिल्ला अस्पताल धनकुटा नै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा प्रसूतिसहित अन्य बिरामीको उपचारमा समस्यापूरा पढ्नुहोस्


सारसको मुख्य प्रजनन केन्द्र बन्दै कपिलवस्तु

  असोज २८, जितपुर, कपिलवस्तु सबैभन्दा बढी सारस पाइने जिल्लाका रूपमा परिचित कपिलवस्तु पछिल्लो समय सारसको मुख्य प्रजनन केन्द्र बन्न थालेको छ ।  पछिल्लो तथ्याङ्कअनुसार नेपालमा रहेका ४०० मध्ये कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै २५० भन्दा बढी सारस भएको बताइन्छ । त्यसकारण पनि यो जिल्ला विश्वमै लोपोन्मुखको सूचीमा परेको दुर्लभ पंक्षी सारसको मुख्य प्रजननको केन्द्र बन्दै गएको हो । जिल्लाको विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल छेउछाउमा केही वर्षयता सारस आउने क्रम बढ्दै गएको स्थानीयवासीको भनाइ छ । आहार विहार पाइने र सुरक्षित महसुस गरेपछि सारसको संख्या बढेको उनीहरुको भनाइ छ । उड्न सक्ने चरामध्ये सबैभन्दा अग्लो सारस अहिले कपिलवस्तुका विभिन्नपूरा पढ्नुहोस्


माओवादी-एमाले वाम गठबन्धनको मर्मविपरीत गएको नयाँ शक्तिको आरोप

असोज २८, काठमाडौँ नयाँ शक्ति पार्टी नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) वाम गठबन्धनको मर्मविपरीत गएको आरोप लगाएको छ । पार्टीको शुक्रबार बसेको संघीय सचिवालयको विस्तारित बैठकले वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा साझा चुनाव चिह्न प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको हुनाले निर्वाचनमा अब आफ्नै चुनाव चिह्न लिएर सहभागी हुने निर्णय गरेको नयाँ शक्ति केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनमा नयाँ शक्तिको आफ्नै चुनाव चिह्न ‘देब्रे आँखा’ लिएर निर्वाचनमा सहभागी हुने बैठकले निर्णय गरेको छ । बैठकले संविधानको आधारभूत अन्तरवस्तु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता रपूरा पढ्नुहोस्


भूकम्पबाट क्षतिग्रस्त मठ मन्दिर पुनःनिर्माणमा १४ अर्ब खर्च लाग्ने

असोज २८, काठमाडौँ वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरोहरका रुपमा रहेका राजधानीका मन्दिर, पाटीपौवा तथा चैत्यको पुनःनिर्माण तथा मर्मत सम्भारको कार्य अझै सन्तोषजनकरुपमा अघि बढेको छैन । राजधानीको मुटुमा रहेको काष्ठमण्डप, हनुमानढोका क्षेत्र तथा धरहराजस्ता महत्वपूर्ण सम्पदा अझै लथालिङ्ग अवस्थामा रहेका छन् । गुठी संस्थानले संकलन गरेको एक तथ्यांकअनुसार सो भूकम्पमा परी देशभरिका ३४१ भन्दा बढी मन्दिर, चैत्य तथा गुम्बामा पूर्ण वा आंशिक रुपमा क्षति पुगेको छ । ती संरचनाको पुनःनिर्माण तथा मर्मत सम्भारका लागि रु. १४ अर्ब खर्च हुने अनुमान रहेको गुठी संस्थानका प्रवक्ता उपप्रशासक सरोज थपलियाले जानकारी दिए । उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगको छलफलपछि ती सम्पदाको पुनःनिर्माणपूरा पढ्नुहोस्