Main Menu

Monday, October 16th, 2017

 

समायोजनमा भएका कर्मचारी बढुवापछि सरुवा हुन नपाउने

असोज ३०, काठमाडौँ संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका छन् । सरकारले ल्याउन थालेको ‘कर्मचारी समायोजन ऐन–२०७४’मा तीन तहमा समायोजन गरी गएका कर्मचारी त्यही तहमा बढुवा भए पुनः अर्को तहमा जान नपाउने व्यवस्था गरिएको सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवराम न्यौपानेले बताए । समायोजनपछि सरुवा भएका प्रदेश र स्थानीय तहका कर्मचारी बढुवापछि सोही ठाउँमा बस्नुपर्ने उनले बताए । ‘‘समायोजनपछि बढुवा नहुँदासम्म संघ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारी जुन तहमा पनि जान सक्दछन,’’ उनले भने, ‘‘तर समायोजनपछि कुनै तहमा रहको कर्मचारी एक पटक बढुवा भएपछि भने कतै सरुवा गर्न पाउने छैननपूरा पढ्नुहोस्


कञ्चनपुरमा म्यादी प्रहरी मोह

असोज ३०, भीमदत्तनगर विसं २०४८ मा म्यादी प्रहरीमा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ४७ वर्षीय गोविन्दा राना थारुले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि पनि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन् । स्थानीय तहको निर्वाचनमा तेस्रोपटक म्यादी प्रहरी बनेका गोविन्दा खेती किसानी गरेर परिवारको जोहो गर्छन् । स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी भएर कमाएको रकममध्ये रु. ५० हजार उनले कान्छो छोरालाई विदेश पठाउँदा लागेको ऋण तिरे । चौथोपटक म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय पुगेका गोविन्दाले रासससित भने, “हरेक चुनावमा सरकारले लिने म्यादी प्रहरी भर्नामा सहभागी भएकै छु ।” विसं २०४८ को निर्वाचनका बेला गर्जमुनिपूरा पढ्नुहोस्


सुदूरपश्चिम विश्वविद्यालयमा पन्ध्र आंगिक क्याम्पस

असोज ३०, बैतडी प्रदेश नं ७ का १५ वटा सामुदायिक क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश नं ७ का १५ वटा सामुदायिक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन लागिएको जयपृथ्वी बहुुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख दीपकराज जोशीले बताए । विश्वविद्यालय अनुदान आयोगले ती सामुदायिक क्याम्पसलाई असोज २५ गते पत्राचार गरेसँगै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आंगिक क्याम्पसका लागि शिक्षा र अर्थ मन्त्रालयले ४४४ वटा दरबन्दी स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्ले आंगिक बनाउने निर्णय गरेको हो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका लागि छनोट भएका क्याम्पसमा बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मेलौलीस्थित मणिलेकपूरा पढ्नुहोस्


काँग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता

असोज ३०, काठमाडौँ प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ ।  दुबै पार्टीबीचको एकता घोषणा गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले दुबै पार्टी एकताका लागि भएको सहमति पत्र सार्वजनिक गरेका थिए ।  घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं सभापति देउवाले काँग्रेस नेतृत्वमा हुने लोकतन्त्र पक्षधर पार्टीहरुको एकीकरणले काँग्रेस पहिलो स्थानको पार्टी रहिरहने र यसले लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरे।  काँग्रेसमा एकता भएको लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री देउवाले भने, “विजयकुमार गच्छदारजी काँग्रेसको नेता नै हो, उहाँपूरा पढ्नुहोस्


विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन स्थापना गर्दै प्राधिकरण

असोज ३०, काठमाडौँ नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ ।  आगामी असारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने हुँदा मुलुक विद्युतीय सवारी साधन प्रयोगको प्रक्रियामा जानै पर्ने भएकाले त्यसको प्रक्रिया शुरु गर्न लागेको हो ।  विद्युतीय सवारी साधनलाई बढावा दिनका लागि प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा नै चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । पेट्रोल पम्प जस्तै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको प्रक्रिया शुरु गर्न लागिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।  माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि रातको समयमा विद्युत् खेर जाने अवस्था आउनसक्ने भएकालेपूरा पढ्नुहोस्


मन्त्रिपरिषद् विस्तारले निर्वाचनलाई असर पर्दैन – डा. यादव

असोज ३०, धुलिखेल प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यावदले मन्त्रिपरिषद् विस्तार भए पनि निर्वाचनलाई केही असर नपर्ने बताएका छन् । आज काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७४ का लागि ‘निर्वाचन सामग्री तथा व्यवस्थापन क्षेत्रीय प्रशिक्षक तालीम कार्यक्रम’मा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सरकार भनेको राजनीतिक विषय भएकाले त्यसबाट निर्वाचनमा कुनै असर नपर्ने बताएका हुन् । उनले यसअघि पनि निर्वाचनको बेलामा सरकारको परिवर्तन, मन्त्रिपरिषद् विस्तार तथा प्रधानमन्त्री समेत परिवर्तन भएको उल्लेख गर्दै त्यस्तो बेलामा समेत निर्वाचन सम्पन्न गरेको बताए । “हामीले आगामी मंसिर १० र २१ गतेको निर्वाचन मुख्य विषय भएकाले निर्वाचनलाई अर्जुन दृष्टिले हेर्दै सम्पन्न गर्न गइरहेकापूरा पढ्नुहोस्


अलैँची कारोबार ठप्प

असोज ३०, तेह्रथुम अलैँचीको कारोबार ठप्प भएपछि चाडबाडका लागि खर्च जुटाउन किसानलाई मुस्किल भएको छ । मूल्यमा निकै कमी आएपछि गत वर्षदेखि नै कारोबार ठप्प पारेका गाउँका व्यापारीले मूल्य अझै घट्न सक्ने भन्दै अलैँची खरिद गर्न चासो देखाएका छैनन् । दशैँ तिहारजस्ता चाडबाडको खर्च धान्न अलैँची बिक्री गर्न चाहने किसानले गाउँबाटै अलैँची बेच्न पाएका छैनन् । गाउँका व्यापारीले बजारमा चलेको भाउमा समेत अलैँची लिन नमानेपछि व्यापारीले भनेकै मूल्यमा बिक्री गर्नुपर्ने किसानको बाध्यता छ । गत वर्ष यस याममा अलैँची प्रतिकिलो रु. २ हजार ५०० मा कारोबार भएको थियो भने यस वर्ष मूल्य घटेर प्रतिकिलो रु. ६५० पुगेको छ । मूल्यपूरा पढ्नुहोस्


प्रेरणादयी परियोजना लागू गरेकोमा ४ स्वास्थ्य संस्था पुरस्कृत

असोज ३०, इलाम हेरचाहका लागि उत्प्रेरणा परियोजना लागू भएका इलाम जिल्लाका २७ वटा साविक गाविसका ४ वटा स्वास्थ्य संस्था पुरस्कृत भएका छन् । करूणा फाउण्डेशनको सहयोगमा सञ्चालित परियोजनामार्फत सन् २०१६ मा अपांगता तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको जनाउँदै संस्थाले आमचोक, चमैता, इरौंटार र जमुना गाविसस्थित स्वास्थ्य चौकीलाई पुरस्कृत गरेको हो । फाउण्डेशनले सदरमुकाममा आयोजना गरेको सन् २०१६ को वार्षिक कार्यक्रमको समीक्षा कार्यक्रममा प्रत्येक स्वास्थ्य चौकीलाई नगद रु. २० हजार र सम्मानपत्रले पुरस्कृत गरेको हो । करूणा फाउण्डेशनका कार्यक्रम निर्देशक योगेन्द्र गिरी तथा जिल्ला व्यवस्थापक अजित योञ्जनले स्वास्थ्य चौकी प्रमुखलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरे । सोही अवसरमा करूणा फाउण्डेशनलेपूरा पढ्नुहोस्


निर्वाचनको मिति तलमाथि गर्न पाइँदैन – अध्यक्ष प्रचण्ड

असोज ३०, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन गराउने दायित्वबाट कोही कसैले पनि छुट नपाउने बताएका छन् । पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय पदाधिकारीको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “नेपाली काँग्रेस र आफ्नो पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराउने र संविधान कार्यान्वयन गराउने विषयमा सहमति भएको हो । सो सहमति कार्यान्वयन गराउन हामी प्रतिबद्ध छौँ । त्यसबाट दायाँ बायाँ हुन दिँदैनौँ ।” बैठकमा उनले सरकारबाट माओवादी हटिदियोस् भनेर बाहिर गरिएको प्रचार अनैतिक भएको उल्लेख गरे । नेकपा (एमाले)सँग आगामी निर्वाचनमा तालमेल तथा पार्टी एकताकै प्रक्रिया शुरु गरेपछि नेपाली काँग्रेसका केही नेताले माओवादीपूरा पढ्नुहोस्


महानगरमा छाडा चौपाया नियन्त्रण अभियान

असोज ३०, विरानगर विराटनगर महानगरपालिकाले नगरभित्र छोडिएका छाडा चौपाया नियन्त्रण अभियान शुरु गरेको छ । सुरक्षित सडक सवारी सञ्चालनका लागि विशेष अभियान सञ्चालान गरी नगरभित्र छाडा छोडिएका चौपाया नगर रक्षकद्वारा नियन्त्रणमा लिने गरिएको छ । असोज ४ गतेदेखि अभियान सञ्चालन गरेर छाडा चौपाया नियन्त्रणमा लिने गरेको महानगरपालिकाले जनाएको छ । महानगरभित्र गाई, बाख्रा, सुंगुर र साँडे छाडा छोडने गरिएको छ । विराटनगर महानगरपालिकाको साँघुरो सडकमा सिटी रिक्सा, रिक्सा तथा अन्य सवारीसाधन सञ्चालनमा छाडा चौपायाका कारणा बाधा उत्पन्न भई सडक जाम हुने गरेको छ । विगतमा महानगर प्रतिनिधिविहीन भएको अवस्थामा छाडा चौपाया खुल्ला छाड्ने प्रवृत्तिमा वृद्धि भएको कारण नगरमा सवारी दुर्घटनापूरा पढ्नुहोस्