Main Menu

Friday, October 27th, 2017

 

क्याटालोनिया स्पेनबाट छुट्टियो

कात्तिक १०, स्पेन क्याटालोनियाको क्षेत्रीय संसदले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको छ । स्पेन सरकारले क्याटालोनियामा प्रत्येक्ष शासन गर्ने तयार गरिरहँदा क्याटालोनियाले यस्तो घोषणा गरेको हो । स्पेनका प्रधानमन्त्री मारियानो राखोइले यसअघि संसद्मा बोल्दै क्याटालोनियामा ‘कानून, प्रजातन्त्र र स्थायित्व’ फर्काउनको लागि त्यहाँ केन्द्रीय सरकारको प्रत्येक्ष शासन आवश्यक भएको बताएका थिए । यसै महिनाको सुरुवाततिर क्याटालोनियामा भएको जनमत संग्रहमा क्याटालोनियाका नागरिकले स्पेनबाट छुट्टिने पक्षमा मतदान गरेपछि त्यहाँ तनाव सुरु भएको थियो । क्याटालोनियाको सरकारले जनमत संग्रहलाई आधिकारिक माने पनि स्पेनको केन्द्रीय सरकारले भने त्यसलाई मान्यता नदिने बताउँदै आएको थियो । क्याटालोनियाको सरकारका अनुसार जनमत संग्रहमा ४३ प्रतिशत मतदान भएकोमा ९० प्रतिशतलेपूरा पढ्नुहोस्


विश्वकपको पुरस्कार राशी बढाइयो, अब ४० करोड डलर

कात्तिक १०, कलकत्ता, भारत फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर बनाउने भएको छ । फिफाले पुरस्कार राशी बढाइएको बिषयमा शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ । ब्राजिलमा भएको विश्वकपमा विजेता जर्मनीले ३ करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले २ करोड २५ लाख पाएको थियो । विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख पाएका थिए । विश्वकप फुटबलको सञ्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्रसम्बन्धी कानूनलाईपूरा पढ्नुहोस्


राष्ट्रपति ट्रम्पद्वारा अमेरिकामा जनस्वास्थ्य संकटकाल घोषणा

कात्तिक १०, वासिङटन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउँदै जनस्वास्थ्य संकटकाल घोषणा गरेका छन् । बिहीबार गरिएको यो घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने उनले विश्वास व्यक्त गरेका छन् । दुखाई कम गर्नेसम्बन्धी नशालु औषधि २० लाखभन्दा बढी अमेरिकी नागरिकले प्रयोग गरिरहेको र त्यो क्रम दिनप्रतिदिन बढिरहेको राष्ट्रपति ट्रम्पले बताएका छन् । “अमेरिकामा अहिले गोली लागेर र सवारी दुर्घटनामा परेरभन्दा नशालु औषधि प्रयोग गरेर मृत्यु हुनेको संख्या धेरै भएको छ । यस्तो औषधिको प्रयोग सबैभन्दा धेरै अमेरिकामै हुनेगरेको छ,” उनले भने । उनकी पत्नी प्रथम महिला मलेनिया ट्रम्पसमेत सहभागी भएको ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पलेपूरा पढ्नुहोस्


बिर्तामोड झडपमा प्रहरीको गोली लागेर एकको मृत्यु

कात्तिक १०, सुरुङ्गा (झापा) अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका ३० वर्षीय नरेश थापा छन् । उनलाई दाहिने कोखामा गोली लागेको थियो । गोली लागेर घाइते उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । गोली लागेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुने राजगढ–८ का सुनिल पाठक, मेचीनगर–९ का अशोक बस्नेत, दुर्गापुरका नवराज कोइराला, अर्जुनधारा–६ का पुण्यप्रसाद लुइँटेल, इलाममाई नगरपालिकाका मणि नेपाली रपूरा पढ्नुहोस्


‘राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता’ – अध्यक्ष प्रचण्ड

कात्तिक १०, पोखरा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता गरिएको बताएका छन् । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरताले देशले विकासको गति लिन नसकेकाले राजनीतिक स्थिरता र लोकतन्त्रलाई मजबूत बनाउनु आवश्यक भएकामा जोड दिए । उनले दलहरू एकापसमा शत्रुता र निषेधात्मक नबनी विकास र समृद्धिका लागि सबै एक जुट बन्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले समृद्धिका लागि ७ वटै प्रदेशमा विकासका भिन्न भिन्न नमूनासहित अघि बढ्न सकिने बताए । सो अवसरमा कानुन, न्याय तथा संसदीयपूरा पढ्नुहोस्


‘कम्युनिष्ट गठबन्धन लोकतन्त्रविरुद्ध’

कात्तिक १०, काठमाडौँ प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको गठबन्धन लोकतन्त्र र काँग्रेसका विरुद्ध भएको बताएका छन् । नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमाथि आइपरेको चुनौतीको सामना गर्न सम्पूर्ण तरुण एकताबद्ध भई काँग्रेसलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिए । लोकतन्त्रमा विश्वास गर्ने एक मात्र पार्टी काँग्रेस भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, “लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेस बलियो हुनैपर्छ ।” उनले पार्टीलाई विजयी गराउन आजैदेखि वडास्तर पुगेर काम गर्न तरुण युवालाई निर्देशन दिए । कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पक्षमा निर्वाचन परिणाम ल्याउनका लागि युवालाई खट्न निर्देशनपूरा पढ्नुहोस्


प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु

local-elections-ballot-paper-voter-list

कात्तिक १०, काठमाडौँ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोगले तयार पारेर कार्यान्वयनमा ल्याएको तालिकानुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु भएको बताएका छन् । रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा उनले भने, “पहिलो चरणमा हुने समानुपातिकतर्फको मतपत्र छापेर सकिएको छ । प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट शुरु भयो ।” डा. यादवले मतपत्र सम्बन्धित विज्ञसँग छलफल गरेर तयार पारिएको स्पष्ट पारे । उनले भने, “प्रत्यक्ष र समानुपातिकको आधारमा दुई मतपत्र हुन्छ । प्रत्यक्षमा पहिलो ‘क’ खण्डमा प्रदेशसभा र ‘ख’ खण्डमा प्रतिनिधिसभा हुन्छ ।” डा. आयुक्तले राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहानीय रहेको उल्लेख गर्दै मंसिर १० र २१पूरा पढ्नुहोस्


आन्तरिक राजश्व २४ प्रतिशतले वृद्धि

कात्तिक १०, काठमाडौँ चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो ३ महिनामा राजश्व संकलन २४ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजश्व विभागका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको असोज महिनासम्मको राजश्व संकलनको लक्ष्य रु. ५१ अर्ब ३३ करोड ९९ लाख २२ हजार रहेकामा रु. ५१ अर्ब ६२ करोड ९७ लाख १३ हजार संकलन भएको हो । शीर्षकगत रुपमा आयकरतर्फ रु. २० अर्ब ७३ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु. १८ अर्ब ३२ करोड २७ लाख ५२ हजार र अन्तःशुल्कतर्फ रु. १२ अर्ब ८१ करोड ९३ लाख ३८ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९७पूरा पढ्नुहोस्


सार्क शिखर सम्मेलन शीघ्र गरौँ : राजदूत जावेद

कात्तिक १०, काठमाडौँ नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलन शीघ्र हुनु पर्नेमा जोड दिएका छन् । यहाँस्थित पाकिस्तानी राजदूतावासमा आज आयोजित ‘क्षेत्रीय शान्ति र विकास’ विषयक छलफल कार्यक्रममा उनले स्थगन भएको सम्मेलन आयोजना गर्न पाकिस्तान दृढ रहेको बताए । सार्कलाई गतिशील तुल्याउनु सबै सदस्य मुलुकको कर्तव्य भएको भन्दै उनले क्षेत्रीय सहयोगका निम्ति सहकार्य अपरिहार्य भएको बताए । आर्थिक विकास एवं समृद्धि, व्यापार प्रवद्र्धन, सदस्य देशबीच जनस्तरको सम्पर्क विस्तार, जल, स्थल र हवाइ मार्गबाट एकापसमा सम्बन्ध एवं सम्पर्क स्थापनाबाटै दक्षिण एशियामा दिगो शान्ति र प्रगति सुनिश्चित हुने राजदूत जावेदको कथन थियोपूरा पढ्नुहोस्


हाम्रो सौर्य मण्डलमा अर्को विशाल ग्रह हुनैपर्ने नासाको दाबी

हाम्रो सौर्य मण्डलमा नवौँ ग्रह हुनैपर्ने नासाले दाबी गरेको छ । ‘नवौँ ग्रह, प्लानेट नाइन, हुनैपर्छ र खगोलशास्त्रीहरु उक्त ग्रह पत्ता लगाउन लागिपरेका छन्,’ नासाको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । वास्तवमा नवौँ ग्रह हुनुपर्ने तथ्यको लागि थप प्रमाण मिलेको नासाको दाबी छ । यदि प्लानेट नाइन छैन भनेर कल्पना गर्ने हो भने त्यसले प्रश्नहरुको उत्तर दिनुको साटो थप प्रश्नहरु उब्जाउँछ । अहिलेसम्म भेट्टिनसकेको सो ग्रहको पिण्ड पृथ्वीको भन्दा १० गुना बढी हुनुपर्ने आंकलन गरिएको छ । प्लानेट नाइन सूर्यभन्दा निकै टाढा, वरुण (नेप्च्युन) भन्दा पनि २० गुना टाढा हुनुपर्ने अनुसन्धानमा संलग्न खगोलशास्त्रीहरु बताउँछन् । सो ग्रह प्रत्येक्ष रुपमा देखिनसकिएकोपूरा पढ्नुहोस्