Main Menu

November, 2017

 

महोत्तरी-१ मा माओवादी केन्द्रमा प्रवेशको लहर

मंसिर १४, महोत्तरी, बर्दिबास निर्वाचनको मिति नजिकिँदै जाँदा महोत्तरीमा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार गिरिराजमणि पोखरेलको अधिकांश चुनावीसभामा पार्टी प्रवेश गर्नेहरुको भिड बढिरहेको छ । यसैबीच बुधवार पनि विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा ३० जना प्रवेश गरेका छन् । नेपाली काँग्रेस र मधेसवादी दलका जिल्ला स्तरका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । महोत्तरी जिल्ला क्षेत्र नम्बर १ अन्तर्गतको बर्दिबास नगरपालिका वडा नम्बर ११ को खयरमारामा बुधबार आयोजित चुनावी सभामा स्थानीय पप्पु कर्ण, सनम लामा, राज लामा, बिजय लामा, बिबेक लामा, पृथ्वीमान श्रेष्ठ, खिमबहादुरपूरा पढ्नुहोस्


‘भूगोल र अपराधका आधारमा प्रहरीको संख्या तोकिनुपर्छ’

मंसिर १४, जुम्ला नेपाल बार एशोसिएशनका केन्द्रीय सदस्य तथा अधिवक्ता पदमबहादुर शाहीले जनसंख्याभन्दा पनि भूगोल र अपराधका आधारमा प्रहरी संख्या तोकिनुपर्ने व्यवस्था निर्माण गर्नुपर्ने औँल्याएका छन् । इन्स्टिच्यूट अफ क्राइसिस म्यानेजमेन्ट काठमाडौँको आयोजनामा हिजो सम्पन्न ‘संघीयतामा नेपाल प्रहरीको सांगठनिक पुनःसंरचना’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेका थिए । कार्यक्रममा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले नेपाल प्रहरीको सांगठनिक पुनःसंरचना संघ र प्रदेशमा कस्तो हुने, संघको गृहमन्त्री र प्रदेशको गृहमन्त्री बीचको सम्बन्ध कस्तो हुने र स्थानीय तहको तल्लो युनिटमा प्रहरी संख्या कति रहने, प्रहरी र सशस्त्र प्रहरीबीचको सम्बन्ध कस्तो हुने, जनसंख्या, भूगोल एवं अपराध के का आधारमा प्रहरी संख्या तोकिनु पर्नेलगायतका प्रश्नावलीकापूरा पढ्नुहोस्


‘सडक र विजुली दिनुस्, भोट दिन्छौँ’

congress-leader-aryal-construct-20-houses

मंसिर १४, उर्लाबारी, मोरङ मोरङ भन्ने बित्तिकै सुगम जिल्लाको रुपमा चिनिन्छ । तर मोरङ जिल्लाका कतिपय यस्ता विकट क्षेत्र छन् जहाँ अहिलेसम्म पनि सहज यातायात सेवा, बिजुली र स्वास्थ्य सेवा पुग्न सकेको छैन ।  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा दलका उम्मेदवार यसपटक पनि ती विकट क्षेत्रमा सडक र बिजुली पुर्याइदिने पुरानै प्रतिबद्धता बोकेर मतदाताकहाँ पुगेका छन् । निर्वाचनमा भोट माग्न आउने नेतासँग २२ वर्षदेखि गाउँमा सुविधासम्पन्न सडक र बिजुलीको माग गरे पनि पूरा हुन नसकेको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलाकी लिला लिम्बूले बताए ।  गाउँमा सुविधा सडक र बिजुली माग गरेको दुई दशक पार गर्दा पनिपूरा पढ्नुहोस्


दुर्लभ पाटे बाघको गणना सुरु

मंसिर १४, रत्ननगर, चितवन आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) शुरु हुँदैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्र्यापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो । निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करिब २०० जनशक्ति खटिने जानकारी दिए । उनले बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना हुन लागेको जानकारी दिए । पाटे बाघ र यसको आहारा प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षणका योजना निर्माणका लागि बाघ गणना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षणपूरा पढ्नुहोस्


‘भोट कसरी हाल्ने, हामीलाई त आउँदैन’

dispute-bigger-swastik-sign

मंसिर १३, भक्तपुर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्नका लागि आम मतदाता मतदान गर्न आतुर छन्, तर डर छ, कतै आफूले गरेको मतदान बदर भएर खेर जाने त होइन ? प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल मतदाता अन्यौलमा रहेको बताउँछिन्। तीन पटक मतदान गर्नुपर्छ भन्ने जनताले बुझे पनि चार ठाउँमा मतदान गर्नुपर्छ भन्ने बुझ्न सकेका छैनन् । कुन रंगको मतपत्र कसका लागि हो भन्ने बुझ्न नसक्दा उनीहरु अन्यौलमा परेका छन् । निर्वाचन आयोगले देशव्यापी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर गाउँ टोलमा टोली पठाए पनि प्रभावकारी हुनसकेको छैन । घरघरमा पुगेर मतदाता शिक्षा दिनुपर्ने प्रावधान भए पनि त्यसरी परिचालित हुन नसक्दापूरा पढ्नुहोस्


मतदाता खेतीमा, उम्मेदवार मतदाता फकाउने कसरतमा

मंसिर १३, सिन्धुली यही मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि नेता तथा कार्यकर्ता गाउँघरमा पुग्दा अधिकांश मतदाता खेतीपातीमा व्यस्त छन् । उनीहरु पाकेको धान भित्र्याउने र अन्य बाली लगाउन व्यस्त छन् । अबको एक साताभित्र मतदातालाई फकाउन नसके निर्वाचनमा जीत हासिल गर्न नसक्ने भन्दै मतदातालाई घर तथा खेतबारीमा नै भेटी गाउँको विकासमा लाग्ने प्रतिबद्धता उम्मेदवारले व्यक्त गरिरहेका छन् । जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामा अहिले उम्मेदवारले चुनावी गतिविधि बढाएका छन् । उनीहरु दैनिक ७ किमीभन्दा बढी पैदल हिँडी चुनावी सभामार्फत मतदातालाई फकाउने प्रयासमा छन् । भौगोलिक विकटता र मतदाता बालीनाली लगाउन व्यस्त हुँदा उम्मेदवारले भने घरदैलो गर्नसमेतपूरा पढ्नुहोस्


गौशालालाई कृषिमा आधारित औधोगिक नगर बनाउने – मन्त्री पोखरेल

मंसिर १३, गौशाला, महोत्तरी बिना विभागीय मन्त्री तथा वाम गठबन्धनका तर्फबाट महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार गिरिराजमणि पोखरेलले गौशाला नगरलाई कृषिमा आधारित औधोगिक नगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । महोत्तरी जिल्ला क्षेत्र नम्बर-१ अन्तर्गतको गौशाला नगरपालिका-११ बटौवामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले महोत्तरी कर्णालीभन्दा पनि पछाडी परेको भन्दै चिन्ता व्यक्त गरे । महोत्तरीको कृषि क्षेत्रमा नयाँ परिवर्तन ल्याउनु आवश्यक रहेको भन्दै पोखरेलले शिक्षा क्षेत्रमा पनि महोत्तरी धेरै पछि परेकोले शिक्षाको क्षेत्रमा आमूल विकास गर्न बाम गठबन्धनलाई अत्याधिक मतले बिजयी गराउन आग्रह गरे । बाम गठबन्धनका साझा उम्मेदवार पोखरेलले नयाँ जनादेश दिएर महोत्तरी जिल्लालाईपूरा पढ्नुहोस्


७१ मतदानस्थलका मतपेटिका सदरमुकाम आउन बाँकी

मंसिर १२, काठमाडौँ निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रयोग भएका ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहको जनाएको छ । अहिलेसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार, कुल २ हजार ९१७ मतदानस्थलमध्ये अब संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका १ स्थलको मतपेटिका सदरमुकाममा संकलन हुने क्रममा रहेका छन् । ६ वटै जिल्लाका बाँकी मतपेटिकालाई पैदलमार्ग, सडकमार्ग र हवाईमार्गबाट ल्याउने काम भइरहेको आयोगले जनाएको छ । 


पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा

मंसिर १२, बाबियाचौर, म्याग्दी म्याग्दीको बेनी नगरपालिका–१ सारेमारे र पर्वतको जलजला गाउँपालिका–७ लस्तीको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । १८७.५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । रत्नेचौर र धाइरिङका बासिन्दालाई ढोडेनी भएर घुमाउरो बाटो हिँड्दा एक घण्टा लाग्ने गरेकामा पुल बनेपछि पाँच मिनेटमै सारेमारेदेखि लस्ती बजार पुग्न सकिने भएको स्थानीय बासिन्दा तिलक थापामगरले बताए । पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावतका साथै त्यहाँका कृषकले उत्पादन गरेको तरकारी बजारमा पुर्याउन सहज भएको छ । म्याग्दीको रत्नेचौर, पर्वतको धाइरिङ र नाग्लीवाङका १ हजार ५०० घरधुरी लाभान्वित भएका छन् । सोपूरा पढ्नुहोस्


हुम्लामा तारा एयरको विमान दुर्घटना, तीन घाइते

मंसिर १२, हुम्ला तारा एयरको ९एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ । सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेको बुझिएको छ । दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए । उनका अनुसार दुर्घटनामा चालक दलका तीन सदस्य घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । विमान निर्वाचनका लागि हुम्लामा खटिएका १३ प्रहरी जवान बोकेर सुर्खेततर्फ उडान भर्ने क्रममा थियो । थप विवरण आउन बाँकी छ ।