Main Menu

Thursday, November 9th, 2017

 

क्रान्तिप्रति सम्पूर्ण समर्पित नारायणकाजी

(नेपाली कम्युनिस्ट आन्दोलनमा क. प्रकाशको नाम त २०५१ सालमा तत्कालीन नेकपा (एकता केन्द्र)मा फुट आई त्यसका शीर्ष नेताहरु निर्मल लामा र प्रचण्डहरुले अलगअलग पार्टी बनाएदेखि बाहिर मिडियामा आएको थियो । त्यस फुटपछाडि निर्मल लामाले नेकपा (एकता केन्द्र) लाई नै निरन्तरता दिए भने प्रचण्डले सुरुमा नेकपा (मशाल) र लगतै २०५२ सालमा नाम परिवर्तन गरी जनयुद्ध सुरु गर्नुपूर्व नेकपा (माओवादी) पार्टी गठन गरे । पार्टी फुटपछि निर्मल लामाले ‘नेतृत्व युवाहरुलाई सुम्पनुपर्छ’ भन्ने मान्यता राखी ३४ वर्षकै उमेरमा क. प्रकाशलाई पार्टीको महासचिव बनाए । नेकपा (एकता केन्द्र) का महासचिव बन्नासाथ मिडियामा क. प्रकाशको नाम एकाएक चर्चामा आयो । तर, क. प्रकाश वास्तविक रुपमापूरा पढ्नुहोस्


निष्ठावान क्रान्तिकारी नेता

०४६ सालको जनआन्दोलनपछि पार्टी एकता र धु्रवीकरणको प्रक्रिया तीव्र रुपमा चल्यो । त्यो ध्रुवीकरणको बहसमा नै प्रकाशजीसँग मेरो कहिँनकहिँ वैचारिक सामिप्यता रहेछ भन्ने महशूस भएको थियो । त्यही बहसमा एकताकेन्द्र बन्यो । हामी जहाँ छलफल गर्दा पनि एक—अर्कोमा क्रान्तिप्रतिको इमान्दारिता र वैचारिक निष्ठामा कहीँकतै पनि शंका रहेन । यद्यपि कतिपय कार्यनीति र विचारका बारेमा हामीबीचमा अन्तर थिए । अहिले पनि अन्तरहरु छन् । तर एक—अर्काप्रतिको वर्गनिष्ठा, विचार र क्रान्तिप्रतिको निष्ठामा हाम्रो सधैँ एकमत रह्यो । हामीलाई त्यतिबेला कतिपय विचार तत्कालीन कार्यनीतिलाई बुझ्ने सन्दर्भका बारेमा मतभेद भएपनि फुटिहाल्नुपर्छ, अलग भइहाल्नुपर्छ भन्ने लाग्दैनथ्यो । न त प्रकाशजीले त्यसरी अलग्गिए हुन्थ्यो भन्ने सोच्नुभयोपूरा पढ्नुहोस्


शान्ति प्रक्रियामा ठूलो भूमिका

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन एमालेले राम्रो भूमिका खेलेको थियो । त्यस क्रममा एकताकेन्द्रका महासचिव प्रकाशसँग धेरै पटक भेटघाट र छलफल भए । उहाँहरु पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो भने हामीहरु पनि । हामीहरु माओवादीका कतिपय व्यवहारबाट पीडित र चिन्तित थियौं । त्यसैले हामीहरुका बीचमा स्वभाविक रुपमा सहकार्य हुने नै भयो । संयुक्त प्रयास गर्ने क्रममा मैले प्रकाशजीलाई अगाडि बढ्नुहोस् भनेको पनि हो । त्यतिखेर हामी आफै अघि बढ्न समस्या थिए । त्यसैले त्यसको माध्यम प्रकाशजी नै हुनुभयो । उहाँलाई माओवादीसँग भेटघाट गर्न सजिलो पनि थियो । त्यस्तो अवस्थामा उहाँले राम्रो भूमिका पनि खेल्नुभयो । हामीहरु वामसहकार्य भन्दा पनिपूरा पढ्नुहोस्


प्रचण्डसँग भेटाइदिने प्रकाश

प्रकाशसँग मेरो चिनजान डा. महेश मास्केमार्फत् १० वर्षपहिले भएको थियो । खासगरी माओवादी जनयद्घ चालु रहेको क्रममा व्यक्तिगत रुपमा नागरिकका नाताले मलाई पनि शान्ति र परिवर्तन हुनुपर्छ भन्ने चिन्ता लागिरहन्थ्यो । जनयुद्घको कारण त प्रष्ट थियो । तर, के नेपालमा परिवर्तन जनयुद्घको प्रक्रियाबाट मात्रै हुने हो त ? भनेपछि हामीले ००७, ०४६ सालमा गरेको आन्दोलनको के अर्थ भो त ? यस्ता कुरा ममा उठिरहन्थ्यो । त्यही क्रममा प्रकाशजीसँग भेट हुन्थ्यो । सरसल्लाह हुन्थे पनि । अर्ध भूमिगत भएकोले उहाँ कम र म बढी फोन गर्दथें । मेरो घर बिहानै आउनुहुन्थ्यो पनि । कहिले मलाई अन्तै बोलाउनुहुन्थ्यो । प्रकाशजीसँगको रोचक प्रसंगपूरा पढ्नुहोस्


सम्पूर्ण रुपमा क्रान्तिकारी नेता

२०३६ सालको आन्दोलनबाट पूर्णकालीन कार्यकर्ता भएर मैले विद्यार्थी संगठनको कामलाई अगाडि बढाएको थिएँ । २०४१ सालमा विद्यार्थीको केन्द्रीय अध्यक्ष भएर काठमाडौँमा कार्यक्षेत्र बनाउँदा त्यतिबेला मूल्याङ्कन पत्रिका साप्ताहिकको रुपमा निस्कन्थ्यो । संयोगवश म पनि पत्रिकाको भित्री टीममा आइपुगेँ, जहाँ प्रकाशजी सम्पादकको रुपमा हुनुहुन्थ्यो । आन्दोलनका क्रममा उहाँसँग सँगसँगै काम गर्ने प्रक्रिया बढ्यो । विद्यार्थीको अध्यक्षको हैसियतले केन्द्रीय समितिलाई अगाडि बढाउँदा मेरासामू केही समस्या आए । त्यतिखेर उहाँ सिद्धार्थ वनस्थली स्कुलमा पढाउनुहुन्थ्यो, पब्लिक एडमिनिष्ट्रेसनमा डिग्री पनि गर्दै हुनुहुन्थ्यो भने विद्यार्थी युनियनको सभापति पनि हुनुहुन्थ्यो । विद्यार्थी संगठनलाई महासचिवको आवश्यकता थियो । मैले पार्टी महासचिव निर्मल लामालाई भेटेर प्रकाशजीलाई विद्यार्थी संगठनको महासचिव बनाउनपूरा पढ्नुहोस्


अक्टोबर क्रान्ति शताव्दी वर्ष उत्सव काठमाडौंमा

कार्तिक २३, काठमाडौं विश्वमा पहिलो पटक समाजवादी क्रान्ति लेनिन र वोल्शेविक पार्टीको नेतृत्वमा रुसी श्रमिक वर्गले सन् १९१७ अक्टोबरमा (नोभेम्बर ७) रुसमा सम्पन्न गरेको थियो । त्यस क्रान्तिले हिजोको दिनबाट १ सय वर्ष पार गरेको छ । त्यस्तै गरी कार्ल मार्क्स र फ्रेड्रिक एङ्गेल्सले संयुक्त रुपमा लेखेको मार्क्सवादको मूल ग्रन्थको रुपमा रहेको ‘पुँजी’ अर्थात् ‘दास क्यापिटल’ प्रकाशित भएको १ सय ५० वर्ष भयो । श्रमिक वर्गले पुँजीजिवी वा बुर्जुवा वर्गको शोषणको चङ्गुलबाट आफूलाई मुक्त गरी सम्पूर्णमा मानवले मानवलाई शोषण गर्ने प्रथालाई नै अन्त्य गर्न सक्छ भन्ने सन्देशका साथ सम्पन्न सो क्रान्तिको शताव्दी उत्सव विश्वभरि नै श्रमिक वर्ग र त्यसको पक्षधरकापूरा पढ्नुहोस्


बाँकेमा हावाबाट बिजुली उत्पादन गर्न अध्ययन सुरु

कात्तिक २३, खजुरा, बाँके बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, ५ वटा पंखालगायतका उपकरण जडान गरेको छ । अन्य उपकरण जडान गर्ने तयारीमा रहेको केन्द्रले जनाएको छ । जिल्ला समन्वय समिति, बाँकेका ऊर्जा इञ्जिनियर रामबाबु यादवका अनुसार सम्भाव्यता अध्ययनमा हावाको वेग र दिशा मापन गरिने र विद्युत् उत्पादनको सम्भावना भए नभएको परीक्षण गरिनेछ । यसैबीच, मध्य र सुदूरपश्चिमाञ्चलमा हावाबाट बिजुली निकाल्न सकिनेपूरा पढ्नुहोस्


पूर्वअनुमतिबिना विदेशी गाडी प्रयोग गर्न नपाइने

कात्तिक २३, काठमाडौँ निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्नुपरेको खण्डमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा विभिन्न निकायका पदाधिकारी सहभागी बैठकले निर्वाचन प्रचारप्रसारको प्रयोजनमा विदेशी नम्बर प्लेटका सवारीसाधनको प्रयोगलाई नियन्त्रण गर्ने सम्बन्धमा यस्तो निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रचारप्रसारको प्रयोजनमा विभिन्न राजनीतिक दल र उम्मेदरवारले प्रयोगमा ल्याउने विदेशी नम्बर प्लेटका सवारीसाधनको नियमन, नियन्त्रण र व्यवस्थापनका लागि बैठकले गृह मन्त्रालय, भन्सार विभागपूरा पढ्नुहोस्


‘प्रदेश नं १ को प्रादेशिक राजधानी विराटनगर हुनुपर्छ’

कात्तिक २३, विराटनगर राष्ट्रिय जनता पार्टी मोरङले प्रदेश नं १ को राजधानी विराटनगरलाई बनाउनुपर्ने निर्णय गरेको छ । सो पार्टीद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक मोहम्मद कादिरले आवश्यक पूर्वाधार भएकाले विराटनगर नै प्रादेशिक राजधानी हुनुपर्ने निर्णय गरिएको बताए । त्यस्तै पार्टी निर्णयविरुद्ध अन्य पार्टीबाट मोरङ क्षेत्र नं ४ को (ख) मा उम्मेदवारी दिएका श्रीराम कामतलगायत नसरुल, मियाँ, राधे कामल र कमलेस कामतलाई कारबाही गरिएको उनले जानकारी दिए । संयोजक कादिरले राजपाले १ नं प्रदेशमा अन्य कुनै पार्टीसँग तालमेल नगरेको बताउँदै संविधान संशोधन गर्न आफ्ना पार्टीका उम्मेदवारलाई जनताले विजयी गराउने दाबी गरे । राजपाले मोरङमा १ नं क्षेत्रबाहेक प्रतिनिधिसभामा पाँचपूरा पढ्नुहोस्