Main Menu

Wednesday, November 1st, 2017

 

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

कात्तिक १५, पोखरा  मुस्ताङका कृषकले यस वर्ष रु. ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैँचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो रु. १०० तोकिएको थियो । स्याउको फुलफुल्ने बेलामा जिल्लामा हिउँ परेको र कृषकले उत्पादन क्षेत्र बढाउँदै लगेका कारण गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा झण्डै १६ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत शिव पुजन गुप्ताले जानकारी दिएपूरा पढ्नुहोस्


हवाइ टिकट नपाउँदा हुम्लाका २ सय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र

कात्तिक १५, हुम्ला दशैँ, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करिब २ सय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन् । हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्मचारी हतार हतारमा आ–आफ्नो कार्यालय फर्किन थालेका थिए । तर अधिकांश कर्मचारी हवाईजहाजको टिकट नपाउँदा हप्तौँदेखि नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका मुख्य निर्वाचन अधिकृत अनिलकुमार शर्माले बताए । “कर्मचारी जिल्ला नआइसकेको अवस्थामा निर्वाचनमा खटिनेहरुको नामावली केन्द्रमा पठाउन सकिएको छैन,” उनले भने । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा कर्मचारी चाँडै फर्किन खोजेपनि हवाईजहाज उडान नियमितपूरा पढ्नुहोस्


कारागारमा गैँडा तस्कर ग्लानि र पछुतोसहित

कात्तिक १५, चितवन थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गैँडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् । २/४ हजारको लोभले यस्तो कार्यमा संलग्न अहिले १५/१५ वर्ष जेल बिताउनु पर्दा जीवन त वर्वाद भयो नै परिवारको समेत बिचल्ली भएपछि पछुताउन थालेका छन् । गैँंडा मार्न वन पसेकाको खाद्यान्न, लत्ताकपडा बोक्ने, बजारबाट खाद्यान्न वनसम्म पुर्याउने भरिया, गैँडा मार्न सहयोग गरेर पाएको पैसासँगै बसेर भोज खाने साथीभाइदेखि गैंडालाई गोली हान्ने, खाग काट्ने र बिक्री गर्नेसम्मका कुख्यात तस्कर यतिबेला कारागारमा सँगै छन् । भरतपुर कारागारमा मात्रै यो संख्या १२४ रहेको छ ।पूरा पढ्नुहोस्


सौर्यबत्तीबाट ७० घरपरिवार लाभान्वित

कात्तिक १५, विराटनगर टुकीको भरमा रहँदै आएका मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा सोलार बत्ती जडानपछि खुशी भएका छन् । वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत मिक्लाजुङमा सोलार मिनिग्रिड स्थापना गरिएको हो । सरकारको रु. १ करोड ६० लाखको लागतमा मिक्लाजुङ गाउँपालिका– १ मा स्थापना गरिएको सोलार मिनिग्रिडबाट ७० घरपरिवार लाभाविन्त भएका छन् । विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुुग्न नसकेको उक्त स्थानमा ३० किलोवाटको सोलार मिनिग्रिड सञ्चालनमा आएको हो । मिनिग्रिडबाट उत्पादित विद्युुत् पोल तानेर ५ किलोमिटर क्षेत्रमा विस्तार गरिएको छ । मिनिग्रिड सञ्चालनमा आएपछि अहिले घर घरमा तथा सडकमा पोल राखेर सौर्यबत्ती जडान गरिएको छ । पर्यटकीय क्षेत्रको रुपमा चिनेने रमिते बजारमा सोलारबाट बिजुुलीपूरा पढ्नुहोस्


वाम घोषणापत्रमा परिवर्तनका ठोस एजेण्डाहरु आउन्

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनले चुनावी घोषणापत्रको तयारी गरिसकेको छ । कार्तिक १६ गते सार्वजनिक गर्ने उनीहरुको तयारी छ । त्यसमा उनीहरुले कम्युनिष्टहरुकै नेतृत्वमा क्रान्ति र परिवर्तन, कम्युनिष्टहरुकै नेतृत्वमा समृद्धिजस्ता केही नाराहरु दिएको बताईएको छ । चुनावी सन्दर्भमा ती नाराहरु चाहिँ उनीहरुले ठिकै तय गरे भन्ने लागेको छ मलाई । नेपालका कम्युनिष्ट पार्टीहरुले इतिहासमा आफुले खेलेको भूमिकामाथि दावी गरेका छन् । जहाँसम्म राजनीतिक परिवर्तनको सवाल छ, इतिहासमा यिनीहरुले गरेको योगदान चाहिँ काविल ए तारिफ नै रहेको छ । तर, भविष्यप्रतिको उनीहरुको दृष्टिकोणमा केही अस्पष्टता भेटिन्छ । खासगरी सामाजिक–आर्थिक रुपान्तरणको कुरा जुन हामी गरिराखेका छौँ, त्यस्तै गरी तल्लोपूरा पढ्नुहोस्


कृषिमा आधुनिक प्रविधिले फड्को मार्दै

कात्तिक १५, पोखरा ‘आजभन्दा ५ वर्ष अघिसम्म पनि लेखनाथ क्षेत्रमा खेतीपातीदेखि दाइँ हाल्दासम्म गोरुको अत्याधिक प्रयोग हुन्थ्यो’ स्थानीयवासी बलबहादुर नेपालीले भने । पछिल्ला वर्षमा ट्रयाक्टर  नजाने ठाउँमा मात्र गोरुले जोत्ने तथा दाइँ हाल्ने गरिए पनि अधिकांशले खेतीपातीमा ट्रयाक्टरको प्रयोग गर्न थालेको उनले बताए । कृषिमा आधुनिक प्रविधिको विकास बढ्दो क्रमसँगै लेखनाथको पटनेरी, शिशुवा, मालेपाटन, बागमारालगायतका स्थानमा यतिखेर कृषकले खेतीका लागि ट्रयाक्टरको प्रयोग गर्न थालेका छन् । खेतीका साथै धान थन्क्याउनका लागि गत वर्षदेखि थ्रेसरको प्रयोग हुनथालेको अर्का कृषक ऋषिराम अधिकारीले बताए । अघिल्ला वर्षसम्म ट्रयाक्टरले दाइँ हाल्ने गरेकोमा थ्रेसर भित्रिएसँगै दाइँ हाल्न ट्रयाक्टरको प्रयोगमा पनि कमी आइसकेको उनले बताए ।पूरा पढ्नुहोस्


गिरीराजमणि महोत्तरी १ बाट चुनाव लड्ने

कार्तिक १५, काठमाडौं नेकपा (माओवादी केन्द्र) का नेता गिरीराजमणि पोखरेल महोत्तरी १ बाट संघीय संसद सदस्यका लागि निर्वाचन लड्ने करिब पक्का भइसकेको छ । सम्भवतः माओवादी केन्द्रले आजै घोषणा गर्नेछ । पेरिशडाँडा स्रोतले बताए अनुसार दोश्रो चरणको निर्वाचनका लागि संघीय संसद र प्रदेशका लागि एमालेसँग सिटको बाँडफाँड टुङ्ग्याइसकिएकोले अब उम्मेदवार पनि आज र भोलि भित्रमा माओवादीले टुङ्ग्याउँदैछ । स्रोतका अनुसार महोत्तरी, सर्लाहीलगायतका केही थोरै जिल्लाबाहेक माओवादी केन्द्रले आफ्ना उम्मेदवारहरु टुङ्ग्याइसकेको छ । पेरिशडाँडाको स्रोत अनुसार माओवादी नेता गिरीराजमणि पोखरेलको उम्मेदवारीमा अर्का केन्द्रीय सदस्य राजु खड्काले केही अवरोध खडा गरेका छन् । उनले गिरीराजमणिको बिरोध गर्नुभन्दा पनि ‘आफू जिल्लाको खास बसोबासीपूरा पढ्नुहोस्


व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख नदिन आग्रह

कात्तिक १५, काठमाडौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख दिने काम नगर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल पर्वतारोहण संघको ४४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सचिव न्यौपानेले नेपालमा रहेका हिमालको गरिमा र सुन्दरतालाई कसरी बढाउन सकिन्छ भन्नेबारे सबैले सोच्नुपर्ने बेला आएको बताए । “नेपालमा कसरी धेरै विदेशी पर्यटक भित्र्याउन सकिन्छ, त्यो बारे सोचौँ,” उनले भने । उनले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई धेरै अधिकार दिएको भन्दै हिमाल नवीकरण गर्नेमा मन्त्रालयले नरोक्ने बताए । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले नेपालको साहसिक पर्यटनको विकासमा नेपाल पर्वतारोहण संघले महत्वपूर्ण भूमिका खेलेकोपूरा पढ्नुहोस्


तिलिचोमा आन्तरिक पर्यटकको घुइँचो

कात्तिक १५, मनाङ विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको आधारशिविरमा अवलोकन गर्न आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ । केही वर्ष अगाडि विषेशगरी यहाँ अवलोकनका लागि थोरै संख्यामा बाह्य पर्यटक आउने गरेकामा गत वर्षबाट आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । करिब ४ हजार ४०० मिटर उचाइमा रहेको तिलिचो आधारशिविर आन्तरिक पर्यटकले खचाखच भरिएको छ । उक्त ठाउँमा ३ वटा होटल मात्रै रहेकाले सबै भरिभराउ भएपछि पाल टाँगेर पर्यटक बस्न बाध्य छन् । १६ हजार २३७ फिटमा रहेको तिलिचो ताल वेँसीशहरबाट गाडीमा माथिल्लो मनाङ खागंसार पुगेपछि त्यहाँबाट २ दिनको पैदलयात्रा गरी ताल भएको ठाउँमा पुग्न सकिन्छ । खागंसार, श्रीखर्क रपूरा पढ्नुहोस्


बढैयाताल गाँउ पालिकालाई पर्यटकीय क्षेत्र बनाइने

कात्तिक १५, गुलरिया, बर्दिया बर्दियाको बढैयाताल गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विशेषरुपमा विकास गर्ने गरी आव २०७४/७५ को पारित बजेट सार्वजनिक गरिएको छ । नेपालको संविधान २०७२ का विभिन्न धारामा आधारित रही गाउँसभाबाट पारित गरिएको बजेट गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मंगलबार सार्वजनिक गरे । बढैयाताल गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्रको पूर्वाधार विकास एवं पर्यटन प्रवर्धनलाइ मुख्य योजना बनाई रु. ७९ करोड १९ लाख बजेट पारित भएको अध्यक्ष श्रेष्ठले बताए । सभाले पारित बजेटअन्तर्गत पूँजीगततर्फ रु. ७४ करोड ३६ लाख ५६ हजार र चालुतर्फ रु. ४ करोड ८२ लाख ४४ हजार विनियोजन गरेको छ । गाउँपालिका कार्यालयको भौतिक पूर्वाधार निर्माण, आवश्यक सवारीसाधन, हेभीपूरा पढ्नुहोस्