Main Menu

Tuesday, November 7th, 2017

 

बामपन्थीले जिते सुखी र समृद्ध गोरखा – क. प्रकाश

कात्तिक २१,  सुलिकोट-सौरपानी, गोरखा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बामपन्थीले जिते सुखी र समृद्ध गोरखा बन्ने बताएका छन् । सुलिकोट गाउपालिका ४ सौरपानीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले गोरखाको ऐतिहासिकतालाई कायम राख्दै सुखी र समृद्ध गोरखा बनाउने प्रतिबद्धता व्यक्त गरे । “विकास भनेको व्यक्तिगत स्वार्थ राखेर कुनै एउटा गाउँ टोल र क्षेत्रको मात्रै गर्ने होइन, समग्र देशको र जिल्लाको विकास हुनेगरी गर्नुपर्छ,” श्रेष्ठले भने, “विकास हुन स्थायी सरकार चाहिन्छ । अब पुसमा बामपन्थीहरुको स्थायी सरकार बन्छ, त्यसपछि विकासको लहर आउँछ ।” बाम गठबन्धनकापूरा पढ्नुहोस्


इयु निर्वाचन पर्यवेक्षण टोली सक्रिय

कात्तिक २१, काठमाडौँ आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि युरोपेली संघको निर्वाचन पर्यवेक्षण टोली आजदेखि परिचालित भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा युरोपेली संसद्मा क्रोएसियाको प्रतिनिधित्व गर्नुहुने सांसद तथा प्रमुख निर्वाचन पर्यवेक्षक जेल्याना जेभ्कोले आज यो टोली परिचालनको घोषणा गरेका हुन् । कार्यक्रममा प्रमुख पर्यवेक्षक जोभ्कोले आगामी मंसिर १० र २१ गते हुने निर्वाचन नेपालको लोकतान्त्रिक विकासको एउटा महत्वपूर्ण चरणका रुपमा रहेको बताउँदै आफ्नो उपस्थितिले समावेशी र पारदर्शी निर्वाचन प्रक्रियामा योगदान गर्ने अपेक्षा गरे । उनले निर्वाचन प्रक्रियाका सम्पूर्ण पक्षको पर्यवेक्षणका साथै नेपालको कानून र नेपाल हस्ताक्षरकर्ता रहेका लोकतान्त्रिक निर्वाचनसम्बन्धी अन्तरराष्ट्रिय तथा क्षेत्रीय प्रतिबद्धतालाई निर्वाचनलेपूरा पढ्नुहोस्


काठमाडौंमा अक्टोबर क्रान्तिको शतवार्षिक उत्सव

कार्तिक २१, काठमाडौं सधैँजसो कुनै न कुनै प्रदर्शनी भइरहने ठाउँ राजधानी काठमाडौंको भृकुटी प्रर्दशन स्थलमा आज पनि बिभिन्न प्रदर्शनीहरु भइरहेका थिए । यसैबीच मध्यान्न १२ बजेतिर कपाल फुलेका, भर्खर फुल्न थालेका र दाह्री जुङ्गा राम्रै पलाइसकेका केही मानिसहरु हातमा हसिँया हथौडा अङ्कित राता झण्डाहरु बोकी त्यस स्थलमा छिरे । सँगसँगै गाडीमा टालु खुइलेका मान्छेको फोटो भएको फ्लेक्स प्रिन्टको ब्यानर टाँगेर अन्य मानिसहरु पनि आए । मानिसहरुले कौतुहलताका साथ ती दृश्यहरु हेर्न थाले । आज यहाँ के हुँदैछ हो ? प्रदर्शनीमा आएका मानिसहरु एक आपसमा मुखामुख गर्न थाले । अक्टोबर क्रान्ति ! हो, रुसी अक्टोबर क्रान्ति ! आजभन्दा एक सय वर्षपहिलेपूरा पढ्नुहोस्


राप्रपाः घोषणापत्र सार्वजनिक, बिपीको राष्ट्रिय मेलमिलाप नीति अवलम्बन

कात्तिक २१, काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महेन्द्रको राष्ट्रवाद र बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीले अवलम्बन गर्ने बताएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज आयोजना गरिएको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमिकता, सुरक्षा, एकताको संरक्षणका लागि दुवै नेताका आदर्श उपयुक्त रहेको बताए । ऊर्जा एवं उपप्रधानमन्त्री थापाले सनतान हिन्दू राष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उम्मेदारवादलाई चार वैचारिक आधारस्तम्भका रुपमा लिइएको जानकारी दिए । घोषणापत्रमा सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको नेपाली पहिचानका रुपमा सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र पुनःस्थापना गरिने उल्लेख छ । संवैधानिकपूरा पढ्नुहोस्


झापा क्षेत्र नं. ३ मा वाम गठबन्धनको प्रचार शुरु

कात्तिक २१, भद्रपुर आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिएका वाम गठबन्धनका उम्मेदवारले झापा निर्वाचन क्षेत्र नं ३ मा प्रचारप्रसारलाई आजदेखि तीव्र पारेका छन् । वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन र प्रदेश सभामा ‘क’ मा नेकपा एमालेका वसन्त बानियाँ र ‘ख’ मा नेकपा (माओवादी केन्द्र)का पूर्णसिंह राजवंशी उम्मेदवार बनेका छन् । प्रतिनिधि सभा सदस्यमा ७ जना र प्रदेश सभा ‘क’ र ‘ख’ मा ७/७ जनाको उम्मेदवारी परेको यस क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका प्रभावशाली उम्मेदवार कृष्णप्रसाद सिटौला र राप्रपाका लिङ्देनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छपूरा पढ्नुहोस्


दलहरुको घोषणापत्रमा वैदेशिक रोजगारी – होला कार्यान्वयन ?

कात्तिक २१, काठमाडौँ राजनीतिक दलहरुले वैदेशिक रोजगारीको विषयलाई प्राथमिकता दिँदै आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गर्ने गरेका भए पनि चुनावपछि आफ्नो प्रतिबद्धता कार्यान्वयनमा उदासीन हुने गरेका छन् । यसपटकको प्रतिनिधि सभा र र प्रदेश सभाको निर्वाचनका लागि वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त घोषणापत्र, नेपाली काँग्रेस, राप्रपालगायतका दलले सार्वजनिक गरेको घोषणापत्रमा पनि वैदेशिक रोजगारीका समस्या समाधान गर्ने र स्वदेशमै रोजगारीको सिर्जना गर्ने विषयलाई जोडतोडका साथ उठाइएको छ । काँग्रेसको घोषणापत्रमा ‘गैर आवासीय नेपाली र वैदेशिक रोजगार’ शीर्षकमा मुलुकमा बेरोजगारीको अवस्था कहाली लाग्दो रहेको उल्लेख गर्दै समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेमा गर्ने कामको फेहरिस्त प्रस्तुत गरिएको छपूरा पढ्नुहोस्


लोकतन्त्र तलमाथि हुन दिँदैनौँ : ओली

कात्तिक २१, काठमाडौँ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको चुनावको घोषणापत्र राष्ट्र निर्माणको प्रतिबद्धता भएको बताएका छन् । उक्त गठनबन्धनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले घोषणापत्रले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासबारे सुनिश्चिता गरेको स्पष्ट गरे । उनले भने, “यो चुनावको घोषणापत्र होइन, राष्ट्र निर्माणको प्रतिबद्धता हो । गरिबी निवारण, रोजगारी, स्वच्छ वातावरण र दिगो विकासका लक्ष्यपूर्तिका लागि हामीले प्रत्याभूति गरेका छौँ ।” पूर्वप्रधानमन्त्री ओलीले भने, “लोकतन्त्र कसैले ल्याइदिएको उपहार होइन, हाम्रै पुस्ताले बलिदान र संघर्ष गरेर आएको हो । त्यसैले लोकतन्त्र हाम्रो निष्ठा मात्र होइन, यो उपलब्धि हो ।पूरा पढ्नुहोस्


यमनको मानवीय अवस्थामा सुधार भएन : राष्ट्रसंघ

कात्तिक २१, साना संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी प्रमुखले यमनमा गएका केही बर्षयतादेखि जारी रहेको द्वन्द्वका कारण मानवीय सङ्कट झन खराब बन्दै गएको बताएका छन् । राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले मङ्गलबार सो धारणा राखेका हुन् । उनले हालै गरेको सिरियाको भ्रमणपछि यमनी द्वन्द्वले उक्त मुलुकमा पारेको प्रभावको अवस्था निकै बिकराल भएको प्रतिक्रिया दिएका थिए । त्यसको केही समयपछि मङ्गलबार मात्र उनले भने, “अरब मुलुक यमनमा जतिसक्दो छिट्टै राजनैतिक प्रक्रिया मार्फत द्वन्द्वको अन्त्य गर्नुपर्छ, त्यहाँको अवस्था झन भन्दा झन बिग्रिँदै छ ।” त्यहाँको बिग्रँदो हैजाको माहामारीलगायत मानवीय सङ्कटलाई नजिकबाट बुझ्न गाह्रो भएको छ, पहिलेको अवस्थामा सुधारको सट्टा झनै बिकराल भन्दैपूरा पढ्नुहोस्


अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा

कात्तिक २१, ओसान, दक्षिण कोरिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार दक्षिण कोरिया पुगेका छन् । उनी सोमबार जापानमा थिए । एसियाको भ्रमणका क्रममा आइतबार जापान पुगेका उनी जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुगेका हुन् प्राप्त समाचारमा जनाइएको छ । फ्रान्सेली समाचार समिति, एएफपीकाअनुसार राष्ट्रपति ट्रम्प एसियाको १२ दिने भ्रमणको दोस्रो देशका रुपमा दक्षिण कोरिया पुगेका छन् । दक्षिण कोरिया उनको दुई दिने भ्रमण हो । उनको एयर फोर्स बिमान दक्षिण कोरियाको ओसान सहरमा रहेको हवाई सैन्य क्याम्पको विमानस्थलमा मङ्गलबार बिहान अवतरण गरेको थियो । सो विमानस्थलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले राष्ट्रपति ट्रम्पलाई स्वागत गरेका थिए । राष्ट्रपति ट्रम्पलाई स्वागतपूरा पढ्नुहोस्


निकुञ्ज हुँदै माडी जाँदा लाग्ने शुल्क हट्यो

कात्तिक २१, चितवन वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाँदा लाग्ने गरेको कर हटाइएको बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निकुञ्जमा लाग्ने कर हटाउने निर्णय गरी राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको बताए । अबको केही दिनमा नै सो निर्णय कार्यान्वयनमा आउने उनले बताए । माडीवासीले सदरमुकाम आउँदा जाँदा प्रत्येक पटक शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै उनले शुल्क हटेसँगै माडीवासीलाई सहज हुने बताए । अहिले माडीवासीले भरतपुरबाट माडी जानका लागि मोटरसाइकल, बयलगाडा र टाँगाको रु. १० कर तिर्दै आएका छन्, भने बस, कार, जिप, ट्याक्टर, लरीलगायत ५ टनसम्मका सवारी साधनले रु.पूरा पढ्नुहोस्