Main Menu

शान्ति प्रक्रियामा ठूलो भूमिका

state-central-election-single-phase-needed

माधव नेपाल

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन एमालेले राम्रो भूमिका खेलेको थियो । त्यस क्रममा एकताकेन्द्रका महासचिव प्रकाशसँग धेरै पटक भेटघाट र छलफल भए । उहाँहरु पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो भने हामीहरु पनि । हामीहरु माओवादीका कतिपय व्यवहारबाट पीडित र चिन्तित थियौं । त्यसैले हामीहरुका बीचमा स्वभाविक रुपमा सहकार्य हुने नै भयो । संयुक्त प्रयास गर्ने क्रममा मैले प्रकाशजीलाई अगाडि बढ्नुहोस् भनेको पनि हो । त्यतिखेर हामी आफै अघि बढ्न समस्या थिए । त्यसैले त्यसको माध्यम प्रकाशजी नै हुनुभयो । उहाँलाई माओवादीसँग भेटघाट गर्न सजिलो पनि थियो । त्यस्तो अवस्थामा उहाँले राम्रो भूमिका पनि खेल्नुभयो ।

हामीहरु वामसहकार्य भन्दा पनि कसरी माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने भनेर लागेका थियौं । त्यस प्रक्रियामा माओवादी नेतृत्वलाई दिल्लीमा ल्याउनुपर्छ भन्नेमा मैले विशेष जोड दिएर प्रकाशजीलाई भनेको पनि थिएँ । प्रकाशजीलाई रोल्पा गएर माओवादीलाई दिल्लीमा ल्याउनु होला भन्ने सल्लाह गरेर म दिल्ली गएँ । प्रचण्डजीहरु दिल्ली आउन ढिलो भएकोले म २० दिसम्म दिल्लीमै बसें पनि ।

प्रकाशजी र गिरिजाबाबुका बीचमा भएका कुराकानीका बारेमा मलाई जानकारी छैन । तर, प्रचण्डजी र प्रकाशका बीचमा भएका कुराकानी मलाई जानकारी छ । वार्ता र सहमतिका लागि उहाँले वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ, जसको आफ्नै ठाउँमा महत्व छ ।

माओवादीको स्थिति कस्तो छ ? माओवादीलाई हामी कसरी वार्तामा ल्याउन सक्छौं भन्ने विषयमा प्रकाशजीसँग मेरो छलफल हुन्थ्यो । हाम्रा यिनै छलफलका आधारमा हामीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सकेका हौं । हाम्रा बीचमा यो विषयमा धेरै पटक छलफल भएका थिए । शान्ति प्रक्रियाका क्रममा मुख्य समस्या भनेको प्रचण्डलाई रोल्पाबाट दिल्ली पुर्याउन नै पर्यो । रोल्पामै कुरा गरौं भन्ने माओवादीको जिकीर । हामीहरु सुरक्षाको कारण रोल्पामा जान नसक्ने अवस्था । मैले प्रचण्डजीलाई भनेको थिएँ कि आउनुहोस् नेपालगञ्ज वरिपरि कतै सेल्टर मिलाउँला वा भारतमा पनि सेल्टरको व्यवस्था गर्न सकिन्छ ।

त्यो बीचमा मैले वामदेव गौतमलाई रोल्पामा वार्ताका लागि पठाइसकेको थिएँ । उहाँको साथमा युवराज ज्ञवाली पनि हुनुहुन्थ्यो । उहाँहरुले पनि माओवादीसँग एउटा सहमति गरिसक्नुभएको थियो । सात पार्टी र माओवादीको बीचमा समझदारी बनाउन अझ अगाडि बढेर शीर्ष नेतृत्वका बीचमा छलफल गर्नुपर्ने आवश्यकता थियो । त्यसका लागि उहाँहरुलाई दिल्लीमा बोलाएर वातावरणलाई सहज बनाउने कुरामा प्रकाशजीको राम्रो भूमिका रह्यो ।

  • माधवकुमार नेपाल, नेकपा एमाले
(Visited 161 times, 1 visits today)

टिप्पणी

comments