Main Menu

Tuesday, September 5th, 2017

 

ताजकिस्तानसित नेपाल पराजित

भदौ २०, काठमाडौँ । एएफसी एसियन कप २०१९ छनौटअन्तर्गत ग्रुप एफको आजको खेलमा नेपाल ताजकिस्तानसित पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज अपरान्ह भएको खेलमा ताजकिस्तानले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २६ औँ मिनेटमा उमरबोएभको कर्नर किकमा जालिलोभ मनुचेरले गोल गरी ताजकिस्तानलाई १–० को अग्रता दिलाएका थिए । त्यसको ४ मिनेट नबित्दै ३० औँ मिनेटमा काउन्टर मुभमा भासिएभले अर्को गोल गर्दै पहिलो हाफभित्रै गोलअन्तर दोब्बर पारेका थिए । २–० ले पछि परेको नेपालले दोस्रो हाफमा खेल नियन्त्रणमा लिएपनि पर्याप्त मौकाहरु सिर्जना गर्न सकेन । ६१ औँ मिनेटमा स्ट्राइकर विमल घर्ती मगरले गोल गरी खेललाई २–१पूरा पढ्नुहोस्


नयाँ स्वास्थ्य नीति निर्माणका लागि मन्त्रालयले काम थाल्यो

भदौ २०, काठमाडौं । नयाँ संविधानको मर्म अनुसार भर्खरै सार्वजनिक स्वास्थ्य सेवा संस्था संचालनमा स्थानीय तहलाई कार्यकारी अधिकार हस्तान्तरण गरेर चर्चा बटुलेका स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले आजै नयाँ स्वास्थ्य नीति निर्माणको लागि गठित उच्च स्तरीय समितिको बैठक डाकी कामलाई अगाडि बढाएका छन् । स्वास्थ्यमन्त्री पोखरेलले ‘आजको बैठकमा नयाँ स्वास्थ्य नीति तर्जुमा गर्न विशेष कार्यदल बनाई सातैवटा प्रदेशमा विज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवाला जनतालाई सम्मिलित बनाई अन्तर्क्रियात्मक कार्यक्रमहरु गरी सुझावहरु संकलन गर्ने’ निर्णय भएको मिडियालाई जानकारी गराए । उनले जानकारी गराए अनुसार स्वयं मन्त्रीकै अध्यक्षतामा गठित नयाँ स्वास्थ्य नीति निर्माण उच्च स्तरीय समितिको आजको बैठकमा मन्त्रालयले नीति निर्माणको कामलाई तीन महिनाको कार्य योजनापूरा पढ्नुहोस्


फेरि थुप्रिने भयो काठमाडौँको फोहोर

  भदौ २०, नुवाकोट । काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् । प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधले सोमबार साँझ र आज बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर अनिश्चित समयका लागि बन्द गरेको भन्दै सडक ठप्प बनाएको ककनी गाउँपालिका–२ ओखरपौवाका वडाध्यक्ष केदार पौडेलले बताए । “फोहोरको विसर्जनबाट ९०० मिटर दूरीमा पर्ने आवास र गोठका अति प्रभावितलाई प्रतिस्क्वायर मिटर वार्षिक रु. ५० दिँदै आएकामा नयाँ आर्थिक वर्षदेखि घटाएकाले विरोधमा अवरोध गर्नुपरेको हो”, पौडेलले भने, “फोहोरको वैज्ञानिक व्यवस्थापनपूरा पढ्नुहोस्


सडक आयो, गाडी आएनन्

  भदौ २०, ताप्लेजुङ । ओलाङ्चुङगोला छिमेकी मुलुक चीनसँग सडक सञ्जालले जोडिए पनि बासिन्दाले यातायातका साधन चढ्न पाएका छैनन् । दुर्गम ओलाङ्चुङगोला बस्तीसम्म सडक आए पनि स्थानीयवासीलाई ओहोरदोहोर गर्ने सवारीसाधन छैन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट ओलाङ्चुङगोला बस्तीमा भने ठूल्ठूला सवारीसाधन आए पनि त्यहाँका स्थानीयवासीलाई ओहोरदोहोर गर्नका लागि सवारीसाधन नै छैनन् । यसअघि दिनभर लगाएर टिप्ताला ओहोरदोहोर गर्ने ओलाङ्चुङगोलावासीलाई घर छेउमा नै सडक आए पनि अझै हिँड्नुपर्ने बाध्यता कायमै छ । चीन र नेपालको सिमाना टिप्ताला भञ्ज्याङ बस्तीबाट २२ किमीको दूरीमा छ । बस्तीबाट टिप्ताला पुग्न १ दिन पूरै हिँड्नुपर्छ । तिब्बतमा पर्ने रिउ बजारको भरमा रहेका स्थानीयवासीलाई सडक हुँदाहुँदैपूरा पढ्नुहोस्


प्रधानमन्त्रीको प्रत्यक्ष चुनावको व्यवस्था हुनुपर्छ – डा. लोहनी

  भदौ २०, काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलको अन्त्य गर्न प्रधानमन्त्रीको प्रत्यक्ष चुनाव गर्ने व्यवस्था हुनुपर्ने बताएका छन् । पार्टीद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा डा. लोहनीले अहिलेको समानुपातिक व्यवस्थाबाट स्थायी सरकारको सम्भावना कम रहेको बताउँदै प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदाताका आधारमा हुनुपर्ने बताए । माथिल्लो सदनमा मुलुकका सबै जाति र समुदायको प्रतिनिधित्व जनसङ्ख्याको अनुपातमा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले भने, “राज्यको विभिन्न तहमा भागबण्डाका आधारमा पद बाँड्ने प्रवृत्तिको विकास भएको छ । यसले भ्रष्टाचार मौलाएको छ । प्रतिस्पर्धाका आधारमा सक्षम व्यक्तिलाई उचित स्थान दिनुपर्छ ।” भ्रष्टाचारको अन्त्य, विधिकोपूरा पढ्नुहोस्


चीन भारत स्वस्थ र स्थिर सम्बन्ध आवश्यक : चिनियाँ राष्ट्रपति चिनफिङ्

भदौ २०, सियामेन (चीन)  । चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिएका छन् । चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै राष्ट्रपति चिनफिङ्ले यी २ देशबीचको सम्बन्ध विश्वासमा आधारित र स्थिर हुनुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ । चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको नवौँ सम्मेलनपछि चिनियाँ राष्ट्रपति चिनफिङ् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । उक्त द्धिपक्षीय भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति चिनफिङ्ले भारतीय प्रधानमन्त्री मोदीसँग सो धारणा राख्नुभएको सियामेनबाट प्राप्त समाचारमा जनाइएको छ । चीनले भारतसँग शान्तिपूर्ण सहअस्तित्वका साथै अरु विभिन्न ५ सिद्धान्तका आधारमा सम्बन्ध बिकास गर्ने तथापूरा पढ्नुहोस्


राजस्व सन्तोषजनक नभएपछि कडाइ गर्न कर्मचारीलाई आग्रह

  भदौ २०, काठमाडौँ । आन्तरिक राजस्व कार्यालयले साउन र भदौमा सरकारी राजस्व सन्तोषजनक रुपमा जम्मा नभएको बताएको छ । गत आर्थिक वर्षमा लक्ष्यभन्दा १११ प्रतिशत राजस्व संकलन भएको थियो । कुल गार्हस्थ्य उत्पादनमा राजस्वको अंश २३.०४ प्रतिशत छ । गत वर्ष रु. २ खर्ब ५८ अर्ब राजस्व जम्मा भएको थियो । साउन २७, २८ र २९ गतेको अविरल वर्षा र वैशाख २१ र जेठ १४ गते सम्पन्न स्थानीय तह निर्वाचनका कारण सन्तोषजनक राजस्व संकलन हुन नसकेको हो । प्रदेश नं २ अन्तर्गत तराईका ८ जिल्लामा हुन गइरहेको तेस्रो चरणको स्थानीय निर्वाचन र मंसिर १० र २१ गते तय भएकोपूरा पढ्नुहोस्


शिक्षक नियुक्ति रोक

congress-leader-aryal-construct-20-houses

भदौ २०, जाजरकोट । आफ्नो मान्छेलाई शिक्षक बनाउनुपर्ने अडानका कारण यहाँका २ विद्यालयमा शिक्षक नियुक्ति हुन सकेको छैन । छेडागाड नगरपालिका–१२ मनघाटस्थित चन्द्रज्योति आधारभूत विद्यालय र त्रिवेणी नलगाड नगरपालिका–६ पिउलीस्थित जनप्रिय प्राविको प्राथमिक तहको राहत शिक्षक पदका लिइएको परीक्षाको अन्तर्वार्ताका बेला व्यवस्थापन समितिका अध्यक्ष भागेपछि १ महिना बढी समयसम्म पनि शिक्षक नियुक्त हुन नसकेको पीडितको गुनासो छ । शिक्षक पद रिक्त भएको ७ महिना बढी भइसकेको छ । परीक्षा लिइएको डेढ महिना हुँदा पनि दलका नेताको हस्तक्षेपले नियुक्ति प्रक्रिया रोकिएको सरोकारवालाको गुनासो छ । आफ्ना मान्छे परीक्षामा उत्तीर्ण नहुने भएपछि दुवै विद्यालयका अध्यक्ष भागेको बताइएको छ । मनघाटको चन्द्रज्योति आधारभूतपूरा पढ्नुहोस्


काँग्रेसका सांसद अर्यालले २० घर बनाइदिने

congress-leader-aryal-construct-20-houses

  भदौ २०, पथरी (मोरङ) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले वडा नं. १९ का बाढीपीडतका लागि घर बनाइदिने भएका छन् । उनले क्षेत्र नं ६ को वडा नं १९ का विपन्न २० बाढीपीडितको घर बनाइदिने घोषणा गरेका हुन् । काँग्रेस १९ नं वडा समितिले आज आयोजना गरेको राहत वितण कार्यक्रममा जनता आवास कार्यक्रमका पूर्वअध्यक्ष अर्यालले सो कार्यक्रमअन्तर्गत घर बनाउन सहयोग गर्ने घोषणा गरेका हुन् । अर्यालकै पहलमा मोरङमा ७५७ घर निर्माण सकिएको छ भने मोरङ क्षेत्र नं ५ को रङ्गेली नगरपालिकामा अवस्थित आँपगाछीको मुसहर बस्तीमा करिब ! सय घर निर्माण भइरहेको छ । जनता आवास कार्यक्रमअन्तर्गतपूरा पढ्नुहोस्


माथिल्लो कर्णालीको लागि लगानी जुटेन, म्याद थपका लागि आवेदन

रमेश लम्साल भदौ २०, काठमाडौँ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धकले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थपका लागि आवेदन दिएको छ । भारतीय लगानीकर्ता ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले केही दिन पहिले म्याद थपका लागि आवेदन दिएको हो । परियोजना विकास सम्झौता (पिडिए) भएको ३ वर्ष बित्न लाग्दासमेत परियोजनाको प्रवर्द्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न सकेको छैन । आयोजनाको म्याद सकिन अब २५ दिन मात्रै बाँकी छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले म्याद थपका लागि प्रवर्द्धकको तर्फबाट आवेदन परेको र त्यसमाथि छलफल भइरहेको जानकारी दिए । आर्थिक वर्ष २०७३/७४ मा सरकारले सो आयोजनाको म्याद १ वर्ष थपपूरा पढ्नुहोस्