Main Menu

Thursday, September 28th, 2017

 

सोभियत क्रान्ति–१९१७ को शतवार्षिकी

अक्टोबर सुरु नहुँदै लेनिनले के गरे ?

सन् १९१७ फेब्रुअरीमा पुँजीवादी लोकतान्त्रिक क्रान्तिपछिको लगतैबाट लेनिनले रुसी मजदुरहरुलाई बोल्सेभिक पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिका लागि भौतिक र मानसिक दुबै रुपमा तयारी गर्न थाले । यही सिलसिलामा उनले सेप्टेम्बर २५ देखि अक्टोबर १ सम्ममा सत्ता कब्जा गर्न बोल्सेभिक पार्टीका नेताहरुलाई तयारीका लागि आह्वान गरे । सेप्टेम्बर २५ सम्ममा मस्को र पेट्रोग्राद सोभियतहरुमा (सोभियत – मजदुरहरुको कार्यकारी परिषद्) बोल्सेभिकहरुको बहुमत भइसकेको थियो । लेनिनले पार्टीभित्र सम्पूर्ण रुपमा योजनाबद्ध बिद्रोहका लागि प्रशिक्षण दिन अभियानै संचालन गरे । त्यसैबेला अन्तरिम सरकारका प्रमुख केरेन्सिकी र उनका समर्थकहरुले नयाँ युद्धपक्षधर संयुक्त सरकार गठनको प्रयास गरे । सेप्टेम्बर (२६–२९) मा लेनिनले भने – सत्ता कब्जा गर्नेपूरा पढ्नुहोस्


सकियो तेस्रो चरणको मतगणना, कसले कहाँ जित्यो ? (सूचीसहित)

असोज १२, काठमाडौँ तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नं २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली काँग्रेस ४०, नेकपा (एमाले) १८, नेकपा (माओवादी केन्द्र) २१, (राजपा) राष्ट्रिय जनता पार्टी २५, संघीय समाजवादी फोरम नेपाल २६, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार १ स्थानमा विजयी भएका छन् । स्थानीय तहको निर्वाचनको परिणाम आएसँगै नेपालको संविधानको कार्यान्वयनको एक चरण पूरा भएको छ । कसले कहाँपूरा पढ्नुहोस्


नैकाप गोल्डकप ढुंगेअड्डा युनेशकोको हातमा

असोज १२, काठमाडौँ नैकाप गोल्डकप २०७४ को बुधबार भएको फाइनल खेलमा च न पा १५ ढुंगेअड्डा युनेश्कोले उपाधि माथि कब्जा जमाउन सफल भएको छ । फाइनल खेलमा ढुंगेअड्डा युनेश्कोले कलंकी युनाइटेड युथ क्लब माथि २-१ को जित निकाल्दै उपाधि हात परेको हो । खेलमा ढुंगेअड्डा युनेश्कोका तर्फ़बाट सबिन विडारीले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोश्रो हाफमा लय समातेको कलंकी युनाइटेडका लागि सुमन लामाले राज पौडेलको सुन्दर क्रसलाइ गोल पोस्टको दिशा दिँदै बराबरी गोल गरे । १-१ गोलको बराबरी पछि खेल रोचक बन्दै जादा ढुंगेअड्डा युनेश्कोका सुजित बुढाठोकिले निर्णायक गोल गर्दै ढुंगेअड्डा युनेश्कोलाई जिततर्फ डोहोर्याए । हारका बाबजुदपूरा पढ्नुहोस्