Main Menu

Tuesday, September 26th, 2017

 

दक्षिणपूर्वी एसियामा ‘सुपर मलेरिया’ फैलिएपछि वैज्ञानिकहरुद्वारा खतराको संकेत

असोज १०, क्याम्बोडिया दक्षिणपूर्वी एसियामा केही समययता फैलिएको ‘सुपर मलेरिया’ विश्वकै लागि खतरा हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । मलेरियाको यो डरलाग्दो जीवाणुलाई मलेरियाको औषधिले छुँदैन । ‘सुपर मलेरिया’ संक्रमण क्याम्बोडियाबाट सुरु भएको थियो । अहिले यो थाइल्याण्ड, लाओस तथा भियतनाममा पनि फैलिसकेको छ । बैंककको महिडोल–अक्स्फोर्ड ट्रपिकल मेडिसिन रिसर्च युनिटका अनुसार मलेरिया उपचार गर्न नसकिने तरिकाले विकास हुनसक्ने खतरा छ । ‘हामीलाई लाग्छ कि यो निकै गम्भीर खतराको अवस्था हो,’ मलेरिया युनिटका प्रमुख प्रो. आर्यन डोन्डोर्प भन्छन्, ‘यो पूरै क्षेत्रमा निकै चाँडै फैलिरहेको छ । यो अझै फैलिने र अफ्रिकासम्म पुग्ने खतरा छ ।’ द ल्यान्से इन्फेक्शस डिजीजमा प्रकाशितपूरा पढ्नुहोस्


जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई छैन – अध्यक्ष प्रचण्ड

country-unified-prachanda

असोज १०, चितवन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनियमितता, भ्रष्टाचार र जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई नरहेको बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १८ औँ वार्षिकोत्सव तथा १३ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७४ का अवसरमा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा सानो त्रुटिका कारण मानिसको ज्यानै जान सक्ने भएकाले मानवीय संवेदनामा कसैले खेल्न नपाउने बताए । स्वास्थ्य संस्था धराशायी बनाउने अधिकार कसैलाई छैन भन्दै उनले त्यस्तामाथि कारबाही गर्नुपर्ने बताए । अस्पताललाई दक्षिण एशियाको नमुना अस्पताल बनाउन र स्वास्थ्य पर्यटनको विकास गर्न संकल्प र इच्छाशक्ति हुनुपर्ने उनले सुझाव दिए । कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमारपूरा पढ्नुहोस्


पर्यटनमा उत्साह : पर्यटकको संख्या १० लाख पुग्ने

असोज १०, काठमाडौँ पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन् । यो मौसममा हिमाल र प्राकृतिक सौन्दर्यको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । दशैँमा बिदा मनाउन निक्लेका आन्तरिक पर्यटकका कारण पनि मुख्य पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवनलगायतका ठाउँका होटलहरु भरिन थालेका छन् । होटल एशोसिएशन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा यो दरपूरा पढ्नुहोस्


लोप हुँदै पिङ संस्कृति

असोज १०, सिन्धुली दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ । जिल्लाका हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको हो । “वर्षमा १ दिन धर्ती छाड्नुपर्छ” भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन विगतमा थियो । हिजोआज भने आधुनिक जीवनशैलीसँगै नेपालमा यस्ता संस्कृति विस्तारै हराउँदै गएका छन् ।  संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएको स्थानीयवासी बताउँछन् । पिङ किशोर, युवादेखि वयस्कसम्म सबै उमेरका मानिसको रुचिको विषय हो । एउटा पिङले भएन भनेर ६/७ वर्षअघिसम्म टोलटोलमा पिङ हाल्ने चलन थियो तर अहिलेपूरा पढ्नुहोस्


सुदूरपश्चिमको स्वास्थ्य सुदारउन्मुख, ४ जिल्ला उत्कृष्ट १० भित्र

असोज १०, बैतडी पछिल्लो समय सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ का नागरिकको पनि स्वास्थ्यमा पहुँच पुग्न थालेको छ । पछिल्ला ३ वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकांकमा उत्कृष्ट हुँदै आएका छन् । भौगोलिकरुपले विकट र अन्य सूचकांकका हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्षेत्रमा भने अघि देखिँदै आएको छ । स्वास्थ्यमा कार्यसम्पादन मूल्यांकनका आधारमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा उत्कृष्ट जिल्लाको नाम सार्वजनिक गर्दा सुदूरपश्चिमका ४ जिल्ला उत्कृष्ट १० भित्र परेका छन् । आर्थिक वर्ष २०७३/७४ मा उत्कृष्ट स्वास्थ्य सेवा दिने दोस्रो नम्बरमा सुदूरपश्चिमकै अछाम परेको छ । ८८ दशमलव ३९ अंक लिएर अछाम दोस्रो बनेको हो । यस्तै, दार्चुला पाँचौँ स्थानमा छपूरा पढ्नुहोस्


एकगाग्री पानी लिन अझैपनि दैनिक चारघण्टा पैदल

असोज १०, रामपुर, पाल्पा रामपुर नगरपालिका–१० मनभागा क्षेत्रका स्थानीयवासीलाई १ गाग्री पानी लिन दैनिक ४ घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ । यहाँका स्थानियवासीले वर्षौंदेखि यो समस्या भोग्दै आएपनि समस्याले भने अझसम्म पार पाउन सकेको छैन । गाउँदेखि तल रहेको किर्लोखोलाबाट गाग्रीमा पानी बोकेर माथि गाउँमा लैजान निकै समस्या छ । उनीहरुलाई पिउने पानीमात्र होइन लुगा धुने, नुहाउने, गाईभैँसीलाई खुवाउने पानीका लागि पनि किर्लोखोलामै धाउनुपर्छ । गाउँ नजिकै पानीको मुहान नहुँदा स्थानीयवासीले पानीका लागि निकै कष्टकर जीवन बिताउँदै आएका छन् । झण्डै ५० घरधुरी रहेको मनभागा क्षेत्रमा मगर समुदायको बढी बाहुल्य रहेको छ । पानी बोकेर रातदिन जीवन गुजारा गर्न निकैपूरा पढ्नुहोस्


जितेर पनि हारेकी मर्केल – अब के छ विकल्प ?

जर्मनीका चान्स्लर एङ्गेला मर्केल पुनः अर्को कार्यकालका लागि निर्वाचित भएकी छन् । यद्यपि यो जीत उनको लागि अघिल्ला जीतहरुजस्तो ‘स्वादिलो’ भने भएन । मर्केलको क्रिश्चियन डेमोक्रेट (सिडियु) र क्रिश्चियन सोशल युनियन (सिएसयु) बीचको गठबन्धनको ७० वर्ष यताको यो सबभन्दा खराब परिणाम हो । तर, यो गठबन्धन संसद्मा भने सबैभन्दा ठूलो पार्टी नै रहनेछ । सिडियु–सिएसयुसित सरकार निर्माणको लागि हाल गठबन्धनमा रहेको सोशल डेमोक्रेटिक (एसपिडि) ले भने निर्वाचनमा बेहोरेको ऐतिहासिक हारपछि सरकारमा सहभागी नहुने र प्रतिपक्षमै रहने निर्णय गरिसकेको छ । यस्तो स्थितिमा मर्केललाई सरकार बनाउन कठिन हुने विश्लेषकहरु बताउँछन् । परम्परागत रुपमा शक्तिशाली यी दुई पार्टीहरुको निर्वाचनमा निराशाजनक नतिजा आउँदापूरा पढ्नुहोस्


अब एक्लै निर्वाचन जित्छौँ – अध्यक्ष प्रचण्ड

  असोज १०, चितवन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै निर्वाचन लडेर जित्ने कोसिसमा रहेको पनि बताए । “एक्लै निर्वाचन जित्न सक्नुहुन्छ ?” भन्ने प्रश्नमा दाहालले भने, “सम्भावना छ भन्ने विश्वासमा छु ।” सो क्षेत्रमा माओवादी तेस्रो शक्ति रहेको छ । यद्यपि, चुनावी तालमेलका विषयमा अन्य दलहरुसँगको छलफल पनि जारी रहेको उनले बताए । दाहालले भने, “तालमेलको छलफल सबै दलसँग चलेको छ । टुंगो लागेको छैन ।” नेपाली काँग्रेस र नेकपापूरा पढ्नुहोस्


५ वर्षभित्र सबैको घर र रोजगार हुन्छ – नेता गौतम

  असोज १०, दाङ नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अबको पाँच वर्षभित्र सबै नेपालीको घर हुने, बेरोजगारले रोजगार पाउने वातावरण निर्माण गर्न एमाले अघि बढेको बताएका छन् । नेकपा (एमाले) दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आधारभूत सेवा सबै जनतामा पुग्ने बताएका हुन् । “पाँच वर्षभित्र आधारभूत सेवाबाट नागरिक विमुख हुने छैन,” उनले भने, “कसैलाई विभेद र अन्याय गरिँदैन ।” त्यस्तै, अबको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने पनि बताएका छन् । राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको भन्दै लोकतन्त्रको रक्षा एमालेले मात्र गर्न सक्ने उनले दाबी गरे । काँग्रेसले बोकेको लोकतन्त्र नक्कली भएको उनको आरोप थियो । उनलेपूरा पढ्नुहोस्


काठमाडौँको फोहोर अबदेखि सिसडोलमा नफालिने

  असोज १०, काठमाडौँ काठमाडौँ महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने बताएको छ । नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दै आएकाले अब वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन लागिएको कामपाका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् । उनका अनुसार वनचरीमा फोहर संकलन गर्दा स्थानीय बासिन्दालाई कुनै असर गर्दैन । त्यसैले उक्त स्थानको अवलोकनसमेत कामपाले गरिसकेको छ ।  केही समयअघि सिसडोलका स्थानीय बासिन्दाले कामपाको फोहर लैजाने गाडीका ड्राइभरलाई कुटपिट गरेपछि झण्डै एक महिनादेखि कामपाको फोहर उठ्न सकेको छैन । आजभन्दा करिब १३ वर्षअघि २ वर्षका लागि सिसडोलका स्थानीयवासीसँग कामपाले फोहरपूरा पढ्नुहोस्