Main Menu

Saturday, September 23rd, 2017

 

१ सय ९ स्थानीय तहको मतपरिणाम सार्वजनिक, काँग्रेस निकै अगाडि

  असोज ७, काठमाडौँ असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १०९ वटा स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज अपराह्न ४ बजे प्राप्त विवरण अनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३३, संघीय समाजवादी फोरम नेपाल २०, नेकपा (माओवादी केन्द्र) १९, राष्ट्रिय जनता पार्टी नेपाल १८, नेकपा (एमाले) १३, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति नेपालका १ उम्मेदवार विजयी भएका छन् । यसैगरी, अहिलेसम्म १ हजार १०५ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको आयोगकापूरा पढ्नुहोस्


यस्तो हुनेछ मंसिरमा हुने निर्वाचनको समानुपातिकतर्फको मतपत्र

  असोज ७, काठमाडौँ निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि प्रयोग हुने समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत गरेको छ । आयोगको शुक्रबार बसेको बैठकको निर्णयअनुसार मतपत्रको एउटै सिटको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्धारण गरिएका राजनीतिक दलका चुनाव चिन्ह रहनेछन् । सोही सिटको तल्लो भागमा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरूका निर्वाचन चिन्हहरू रहने आयोगले व्यवस्था गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ । मतपत्रको ढाँचा स्वीकृत गर्दा मतदातालाई मतदान गर्न सजिलो हुने र निर्धारित समयमा छपाइलगायतको व्यवस्थापन गर्न सरल होस् भन्ने पक्षलाई विचार गरी आयोगले मतदातामैत्री मतपत्रको ढाँचा स्वीकृत गरेकोपूरा पढ्नुहोस्


प्रलेसको ६५ औं वार्षिकोत्सव समारोह

बहस : पुरस्कार लिनुहुन्छ ! लिनुहुन्न !

गत असोज ५ गते विहीवार आयोजित प्रगतिशील लेखक संघ (प्रलेस) को ६५ औं वार्षिकोत्सव समारोहको मुख्य कार्यक्रम ‘पुरस्कार र सम्मानको संस्कृति’ बारेमा बहस छलफल रह्यो । प्रगतिशीलहरुले पुरस्कार र सम्मान थाप्न हुन्छ या हुन्न भन्ने विषयमा तर्क वितर्क भयो । प्रगतिशील सांस्कृतिक चिन्तकको आइकोन बनाएका समालोचक चैतन्य (मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादीका अध्यक्ष) को प्रमुख आतिथ्यमा संचालित उक्त बहस छलफल कार्यक्रममा ‘पुरस्कार र सम्मानको संस्कृति’ विषयमा साहित्यकार डा.अमर गिरीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । लिखित अवधारणा पत्रलाई छोट्याई मौखिक रुपमा उक्त समारोहमा प्रस्तुत गरिएको थियो । डा. गिरीको अवधारणा पत्रमाथि प्रा. गोबिन्द आचार्य, कवि एवं नेपालपूरा पढ्नुहोस्


पुरस्कारको प्रचलन पुँजीवादी युग सँगसँगै प्रारम्भ भएको हो

छलफलबाट पुरस्कार एक राजनीति हो भन्ने कुरालाई पुष्टि गरेको छ । राजनीति चाहिँ जुनसुकै पनि हुन सक्छ । अवधारणा पत्रको निष्कर्ष पनि त्यही नै हो । नेपाली समाजमा श्रमिकहरुको बिरुद्धमा शासन गर्नेहरुले फैलाउन खोजिएको एउटा गोलचक्र हो भन्ने कुरा आज भण्डाफोर भएको छ । पुरस्कार र पुरस्कारको अवधारणाको सुरुवात शोषक वर्गले गरेको हो । नेपाल भनेर बाग्मति उपत्यकालाई मात्र बुझ्दा लिच्छवि कालदेखि यो सुरुवात भयो भन्ने हो । नेपाल भनेको बाग्मति उपत्यका मात्र होइन । लिच्छविभन्दा धेरै पहिलेदेखि बाहुनहरुको सभामा अन्तरक्रिया छलफल गर्ने र जसले राम्रो गर्छ त्यसलाई पुरस्कृत गर्ने परम्परा धेरै पहिलेदेखि सुरु भइसकेको थियो । नेपालमा विविध क्षेत्रमापूरा पढ्नुहोस्


पुरस्कार वर्गीय हुन्छ भन्नेमा मेरो समर्थन छ

म अर्कै स्कुलिङको मान्छे हुँ । मलाई मातृकाजीले हार्दिकतासाथ बोलाउनुभयो । म आएँ । नेपाली कम्युनिस्टहरुमा वामपन्थीहरुमा फराकिलोपनको विकास हुँदैछ भन्ने यो एउटा प्रमाण हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एउटा संस्थाले सम्मान गर्ने निर्णय गर्यो । उहाँले स्विकार्नु पनि भयो । पछि प्रलेसका साथीहरुको ठूलो दबाव गयो होला अथवा सल्लाह र सुझाव गए होलान्, उहाँले त्यो सम्मान ग्रहण नगर्ने निर्णय लिनुभयो । यही सन्दर्भबाट नै प्रलेस पुरस्कांर र सम्मान संस्कृतिलाई लिई आजको यो कार्यक्रम गर्ने निष्कर्षमा पुगेको हो भन्ने मलाई लाग्दछ । अमर गिरीले प्रस्तुत गर्नुभएको अवधारणा पत्र सूत्रात्मक र सैद्धान्तिक छ । उहाँले पुरस्कार र सम्मानका कुराहरु वर्गीयपूरा पढ्नुहोस्


अवधारणा पत्र : पुरस्कार र सम्मानको संस्कृति

पुरस्कार र सम्मानको बारेमा सामान्य रुपमा छलफल गर्दा कस्ताकस्ता पुरस्कारहरु स्थापित छन्, तिनीहरुका उद्देश्यहरु के रहेका छन् र प्रगतिशील लेखक संघबाट कस्ता पुरस्कारलाई ग्रहण गर्न हुन्छ या हुँदैन भन्ने बारे बिचार विमर्श गर्न सकिन्छ । तर, पुरस्कार र सम्मानका कार्यक्रमहरु संस्कृतिकै रुपमा रहेकाले त्यस संस्कृतिका बारेमा अवधारणा नै बनाउनु उपयुक्त हुन्छ । अहिले प्रगतिशील साहित्यिक तथा सांस्कृतिक आन्दोलनमा बाहिरी र भित्री दुबै तर्फबाट बैचारिक आक्रमण भइरहेको हुुँदा यो चुनौतिपूर्ण अवस्थामा छ । त्यसैले पनि पुरस्कार र सम्मान संस्कृतिबारे हामीले एउटा निश्चित अवधारणा बनाउनु जरुरी छ । यस सम्बन्धमा हामीभित्र पनि निश्चितै रुपमा केही कमजोरीहरु छन् । ती कमजोरीहरुलाई हामीले सच्याउनपूरा पढ्नुहोस्