Main Menu

Wednesday, September 6th, 2017

 

१८,२०० को उम्मेदवारी दर्ता भएको प्रारम्भिक तथ्याङ्क

  भदौ २१, काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला, दलितलगायत उम्मेदवारले उत्साहपूर्वक मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । साँझ ६ः३० बजेम्म तेस्रो चरणमा निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमा १८ हजार २०० को उम्मेदवारी परेको विवरण आयोगमा प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिए । मनोनयन दर्ताको विवरण आउने क्रम जारी नै रहेकाले यकिन संख्या आउन बाँकी छ । बिहान १० बजेदेखिपूरा पढ्नुहोस्


विवादमा नेपाल आइडल, भोट नगन्न अदालतको आदेश

  भदौ २१, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार २३ गते दुवै पक्षलाई छलफलको लागि बोलाइएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेलगायतले चारै प्रतिस्पर्थीमध्ये कसैलाई आउट नगरी पुनः भोटिङ गर्ने निर्णय खारेज गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । आयोजकले अर्को साताको आइडलको प्रस्तुतिमा आउने भोटसँगै पछिल्लो भोट जोडेर आउट हुने जानकारी गराएको थियो ।पूरा पढ्नुहोस्


निजामती सेवा पुरस्कारको घोषणा, सर्वोत्कृष्टमा कसैको नाम परेन

  भदौ २१, काठमाडौँ । चौधौँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गरिएको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेका अनुसार उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई यस वर्ष निजामती सेवा पुरस्कार दिइने छ । उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्न गरिनेछ । रु. २ लाख राशी भएको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ भने यस वर्षको कसैलाई पनि नदिइने उनले बताए । सर्वोत्कृष्टका लागि नाम आए पनि उपयुक्त नठानिएकाले नदिइएको उनको भनाइ छ । मन्त्रिपरिषद् बैठकले सोमबार गरेको निर्णय अनुसार आज मन्त्रालयले नाम सार्वजनिक गरेको हो । रु. १ लाखपूरा पढ्नुहोस्


चाडपर्वलाई लक्षित गरी महानगरीय प्रहरीले ‘यात्रु सहायता कक्ष’ सञ्चालन गर्ने

  भदौ २१, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । सरकारले दशैँमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौँ उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् । उपत्यकाको नागढुङ्गा, कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल र बल्खुमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएका छन् । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुको सहजताका लागि ट्राफिक प्रहरी,पूरा पढ्नुहोस्


बढ्दैछ ई-लाइब्रेरीको लोकप्रियता, सामुदायिक विद्यालयमा पनि राख्न जोड

शरद शर्मा भदौ २१, काठमाडौँ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ । बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्प्युटर, ल्यापटप र मोबाइल) को प्रयोगबाट पुस्तकलाई पढ्न सकिने प्रणालीलाई नै विद्युतीय पुस्तकालय भनिन्छ । एउटा सफ्टवेरको माध्यमबाट कम्प्युटरमा पुस्तकलाई डिजिटलाइज गरेर राख्ने गरिन्छ । ती डिजिटाइज भर्सनका पुस्तकलाई कम्प्युटरमा राखिएका विद्युतीय पुस्तकालयमा गएर पढ्न सकिन्छ । कम्प्युटरमा आफैँ कुन किताब पढ्न खोजेको हो त्यो किताबको नाम टाइप गरेर पुस्तक खोजेर पढ्ने व्यवस्था विद्युतीय पुस्तकालयमा रहेको हुन्छ ।पूरा पढ्नुहोस्


उपप्रधानमन्त्री महरा बेइजिङ प्रस्थान

mahara-adb-meeting-yokohama

  भदौ २१, काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको ६ दिवसीय औपचारिक भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा उक्त मन्त्रालयका वरिष्ठ अधिकारीका साथै नेपालका लागि चीनका राजदूत यु होङले बिदाइ गरे । प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख गणेश ढकाल, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललगायत छन् । प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुबै देशका परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली राजदूतावासका उच्च अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमाणका क्रममा उपप्रधानमन्त्री महराले चिनियाँपूरा पढ्नुहोस्


भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी

  भदौ २१, बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी हुने गरेको छ । मिटर जडान नगरी विद्युत् उपभोग गर्नु नै हुकिङ हो । जिल्लाको दाप्चा, कटुञ्जे, तीनघरे, रोहीणी, उग्रचण्डीनालाको घिमिरे गाँउ, मण्डनदेउपुर क्षेत्रमा टहरामा बस्नेले विद्युत् प्राधिकरणको अनुमति नलिई विद्युत् उपभोग गरेको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिए ।  विद्युत् चोरी बढेपछि पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको र उनीहरुले पनि विद्युत् चोरी हुन नदिन प्रतिबद्धता व्यक्त गरेको जनाउँदै वितरण केन्द्र प्रमुख यादवले पुनः निर्माण प्राधिकरणलाई समेत जानकारी दिइएको बताए । “चेतनाको कमीले कानुनी अपराध गरेको देखियो,” उनले भने । आर्थिक वर्ष २०७३/७४पूरा पढ्नुहोस्


उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहपूर्ण

khairhani-vote-counting-19-hrs-later

  भदौ २१, काठमाडौ । स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार ती जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फाराम लैजाने र मनोनयन दर्ता गराउने कार्य भइरहेको छ । बिहान १० बजेदेखि ८ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका कार्यकता तथा उम्मेदवारको सहयोगी र समर्थकको बाक्लो उपस्थितिमा उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्णरुपमापूरा पढ्नुहोस्


गाई काटेर मासु बेचेको आरोपमा पक्राउ

congress-leader-aryal-construct-20-houses

भदौ २१, नवलपरासी । नवलपरासीमा गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको आरोपमा घटनाको ४ दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । विकले पालेको ३ वर्षको गाई गाउँकै केसी विकले सामुदायिक वनमा काटेर गाउँलेलाई बेचेको प्रहरीको भनाइ छ । स्थानीय थुम्कीदेवी सामुदायिक वनमा गत शनिबार लुकाएर काटेको गाई गाउँलेलाई भाग लगाएर बेचेको उनीहरुमाथि आरोप छ । यसबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि बुद्ध र केशवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ । गाई काटेको जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । अधिवक्ता हरिनारायणपूरा पढ्नुहोस्


विद्यालयको चर्पी प्रयोगविहीन भएपछि विद्यार्थी झाडी पस्न बाध्य

ललित सिंह भदौ २१, बझाङ । विद्यार्थीलाई प्रयोग गर्नका लागि जिल्ला शिक्षा कार्यालयले दिएका लाखौँका तीनवटा चर्पी यहाँको एक विद्यालयमा प्रयोगविहीन हुँदा विद्यार्थी झाडी र खोला किनारामा दिसापिसाब गर्न बाध्य भएका छन् । शिक्षा कार्यालयद्वारा विद्यालयमा छात्रछात्रालाई प्रयोग गर्न दिएका तीनवटा चर्पीका पाँचकोठा प्रयोगविहीन भएपछि दुर्गा माध्यमिक विद्यालय, सैनपसेलाका छात्रछात्रा खोला किनारा र झाडीमा दिसापिसाब गर्न थालेका हुन् । विद्यालयमा चारवटा चर्पी छन्, एक शिक्षकले प्रयोग गर्ने गरेका छन्, विद्यार्थीलाई प्रवेश निषेध गरिएको छ भने तीनवटा चर्पी दिसापिसाबले भरिनुका साथै ढोकामा काँडेझार उम्रेर प्रयोगमा नआएको एक वर्ष भयो । विद्यालयमा दिसापिसाब लाग्यो भने दगुर्दै खोला किनार र झाडीमा जानुपर्ने बाध्यतापूरा पढ्नुहोस्