Main Menu

Sunday, September 3rd, 2017

 

प्राधिकरणले घरायसी प्रयोजनका लागि जडान भएको सौर्य उर्जा खरिद गर्ने

भदौ १८, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सौर्य प्रणालीबाट उत्पादन भएको ५०० वाट क्षमताभन्दा माथिको विद्युत् खरिद (नेट मिटरिङ) गर्ने भएको छ । राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्यायोजना, २०७२ लाई कार्यान्वयन गर्ने लक्ष्यका साथ प्राधिकरणले त्यस्तो नीति लिएको हो । प्राधिकरणले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि जडान भएका सौर्य प्रणालीबाट विद्युत् खरिद गर्ने र त्यस्तो विद्युत् ‘नेट मिटरिङ’ गर्ने तयारी गरेको हो । उपभोक्तालाई आवश्यक परेको समयमा विद्युत् उपलब्ध गराउँदै आएको प्राधिकरणले दिउँसोको समयमा भने सौर्य प्रणालीबाट उत्पादित विद्युत् खरिद गर्ने निर्णय गरिसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । ऊर्जा संकटकालसम्बन्धी कार्ययोजनाकोपूरा पढ्नुहोस्


स्वास्थ्यमन्त्री पोखरेल अस्पतालबाट डिस्चार्ज

भदौ १८, काठमाडौँ । विगत एक सातादेखि उपचाररत स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई वीर अस्पतालबाट आज डिस्चार्ज गरिएको छ । स्वास्थ्य लाभ भएपछि आज दिउँसो १ बजेतिर उनी डिस्चार्ज भएको स्वकीय सचिव सुदर्शन पराजुलीले एक विज्ञप्तिमार्फत् बताएका छन् । ८ दिनको अस्पताल बसाइपछि मन्त्री पोखरेललाई आज डिस्चार्ज गरिएको हो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य हुने क्रममा रहेको विज्ञप्तिमा उल्लेख छ । मन्त्री पोखरेलको उपचारमा अहोरात्र खटिएका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई स्वकीय सचिव पराजुलीले धन्यवाद व्यक्त गरेका छन् । विज्ञप्तिमा वीर अस्पतालका निर्देशक प्रा. डा. भूपेन्द्र बस्नेत, डा. सुरेन्द्रलाल श्रेष्ठलगायत अस्पताल व्यवस्थापन पक्ष, प्रशासन तथा सम्पूर्ण कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गरिएको छ ।पूरा पढ्नुहोस्


इलामले नदेखेको, झापाले नहेरेको ‘बहुवन’

  भदौ १८, इलाम । ‘इलामले नदेखेको, झापाले नहेरेको’ । यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्षाैंदेखि भन्दै आएको एउटा वास्तविक समस्या हो । झापा सीमावर्ती इरौंटार बहुवनका बासिन्दाले जहिले आफ्नो गाउँको परिचय दिँदा यो उक्ति भन्न छुटाउँदैनन् । फलफूल, नगदेबालीसहित अन्न भण्डारको रूपमा रहेको यो क्षेत्रमा हालसम्म सरकारी निकायले किसानको पक्षमा ठोस् कदम नचालेकाले स्थानीयवासीले यस्तो आक्रोश पोख्ने गरेका हुन् । बहुवन बस्तीको मुख्य आयआर्जनको माध्यम नै कृषि र पशुपालन हो । चुरे क्षेत्रमा पर्ने उर्भरा यहाँको जमिनमा फलफूलको खेती व्यापक हुन्छ तर परम्परागत ढंगले मात्रै हुँदैआएको खेतीका कारण किसानलेपूरा पढ्नुहोस्


अन्तर्वार्ता

म सामुहिक नेतृत्वमा विश्वास गर्छु– रञ्जित तामाङ [अन्तरवार्ता]

(रञ्जित तामाङ भर्खरै सम्पन्न अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय अध्यक्ष हुन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट यस बिद्यार्थी संगठनको भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलन नेतृत्वका लागि निर्वाचनका कारणले चर्चाको विषय बन्यो । अखिल क्रान्तिकारीको इतिहासमा पहिलो पटक लोकप्रिय निर्वाचन मार्फत् केन्द्रीय नेतृत्व चयन गरियो । रञ्जित तामाङ त्यही पहिलो निर्वाचनबाट निर्वाचित केन्द्रीय अध्यक्ष बनेका हुन् । २०३९ माघ १९ गते झापाको तोपगाछीमा जन्मेका बिद्यार्थी नेता तामाङ २०५५ सालमा अखिल क्रान्तिकारीमा प्रवेश गरेका हुन् । उनले आफू जन्मेको तोपगाछिस्थित अनुरत्न माविबाट २०५६ सालमा एसएलसि उत्तीर्ण गरेका थिए । अखिल क्रान्तिकारीमा लागेपछि २०५८ देखि ६० सालसम्म मुलुकमा तत्कालीनपूरा पढ्नुहोस्


युवाको सक्रियतामा २५ वर्षपछि महाकाली नाच हुँदै

रमेश गिरी भदौ १८, भक्तपुर । युवाको सक्रियतामा मध्यपुरथिमिमा २५ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ । हरेक वर्ष सञ्चालन हुँदै आएको सो नाच अार्थिक अभावका कारण २५ वर्षदेखि सञ्चालन हुन सकेको थिएन । मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा सम्मिलित युवा मिलन केन्द्रको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि नाच सञ्चालनमा ल्याइने भएको हो । केन्द्रका अध्यक्ष सूर्यमान श्रेष्ठले २५ वर्षअघि सो नाच गाईजात्राको भोलिपल्टदेखि टोलटोलमा नचाइने भए पनि यस वर्ष भने इन्द्रजात्राको भोलिपल्टदेखि मात्रै सञ्चालनमा आउने बताए । “गाईजात्राको भोलिपल्ट मध्यपुरथिमिमा भैरव नाच र सलःचा प्याखँ प्रदर्शन गरिएकाले महाकाली नाचलाई इन्द्रजात्राको भोलिपल्ट पूर्णिमादेखि चारपूरा पढ्नुहोस्


उत्तर कोरियाको छैठौँ आणविक परीक्षण, परीक्षणपछि ५.६ म्याग्निच्युडको भूकम्प

भदौ १८, काठमाडौँ । उत्तर कोरियाले आज केही समयअघि छैठौँ आणविक परीक्षण गर्दा ५.६ म्याग्निच्युडको भूकम्प गएको दक्षिण कोरियाका अदिकारीहरुले जनाएको बिबिसिले जनाएको छ । आफूले आइसीबीएम–रेडी हाइड्रोजन बमको परीक्षणको तयारी गरिरहेको जानकारी दिएको केही घण्टामा स्थानीय समयअनुसार करिब १२:३४ तिर उत्तर कोरियाली क्षेत्रमा भूकम्प गएको दक्षिण कोरियाले जनाएको छ । चिनियाँ भूकम्प प्रशासनले भने उक्त भूकम्प ६.३ म्याग्निच्युडको भएको बताएको छ । सोही प्रशासनले पहिलो भूकम्प गएको केही समयपछि गएको अर्को भूकम्प ४.६ म्याग्निच्युडको मापन गरिएको जनाएको छ । चिनियाँ भूकम्प प्रशासनका अनुसार दोस्रो भूकम्पको केन्द्रबिन्दु जमिनमुनि शून्य किलोमिटरको दूरीमा थियो; यानिकि, भूकम्प जमिनको सतहबाटै उत्पन्न भएको थियो ।पूरा पढ्नुहोस्


राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा

  भदौ १८, भीमदत्तनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र ) बाहेकका अन्य राष्ट्रवादी शक्तिसित निर्वाचनमा सहकार्य हुने जानकारी दिए । सरकारले सुरुआतमा एउटै मितिमा दुबै निर्वाचनको मिति घोषणा गरे पनि लगत्तै मंसिरमा दुई मितिमा प्रदेश र प्रनितिधिसभाको निर्वाचन घोषणा गरिएकामा शंका व्यक्त गर्दै नेता थापाले भने, “यसले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ ।” उनले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोगपूरा पढ्नुहोस्


फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम

  भदौ १८, फलेवास (पर्वत) । फलेवास नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि अंग्रेजी माध्यममा पढाइ शुरु गरिने भएको छ । नगरभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले आगामी शैक्षिकसत्रदेखि अंग्रेजी माध्यममा पढाइ शुरु गर्ने तयारी भएको हो । उक्त नगरपालिका भित्र ६२ वटा सामुदायिक विद्यालय छन् । शुरुमा सबै विद्यालयको प्राथमिक तहबाट अंग्रेजी माध्यममा पढाइ शुरु गर्ने र विस्तारै माध्यमिक तहसम्म विस्तार गरिने नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए । पछिल्लो समय गुणस्तरीय शिक्षाका लागि भन्दै गाउँबाट बसाइँसराइ गर्ने र निजी विद्यालयतर्फ सर्वसाधारणको आकर्षण बढ्दै जान थालेपछि नगरपालिकाले उक्त अभियान थालेको हो । नेपाली रपूरा पढ्नुहोस्


सुरु भएको दुई महिनामै मेलम्ची नगरबस बन्द

आदित्य दाहाल भदौ १८, मेलम्ची । मेलम्ची नगरपालिकाले सञ्चालन गरेको नगरबस दुई महिनामा नै बन्द भएको छ । नगरपालिका प्रमुखसहितको टोलीले नगरको ४ केन्द्रमा चारवटानगरबस चलाउन असार ७ गते नगरबस शुरु गरेको भए पनि अहिले नगरबस सञ्चालन हुन सकेको छैन । सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्रमा रहेको एकमात्र मेलम्ची नगरपालिकामा नगरबस नचलेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । मेलम्ची बसपार्कबाट शिखरपुर, तिपेनी, भोटेचौर, सिपाघाट र तालामाराङसम्म सञ्चालनमा ल्याइएको नगरबस अहिले नगर र गाउँमा पुग्न छोडेको छ । मेलम्चीबाट शिखरपुर हुँदै नवलपुरसम्म पुग्ने अहिले कुनै पनि नगरबस सञ्चालन नआउनुका साथै नियमित चल्ने रुटको बससमेत सञ्चालन हुन नसक्दा हजारौँ सर्वसाधारण पैदल हिँड्न बाध्य छन्पूरा पढ्नुहोस्


जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने !

  भदौ १८, बाजुरा । बडीमालिका नगरपालिकाका सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्रमुख कविता बुढा (विष्ट)ले बताइन् । उनले नगरपालिकाभित्रका छोराछोरी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बोर्डिङमा पढाउने गरेको र सर्वसाधारणका छोराछोरी सरकारी विद्यालयमा पढ्ने भएकाले शिक्षामा एकरुपता ल्याउनका लागि बैठकबाट निर्णय गरिएको बुढा (विष्ट)ले जानकारी दिइन् । विभिन्न उपसमितिमार्फत आएका सुझाव र निर्णयलाई कार्यसमितिमा प्रस्तुत गर्दै नगरवासीको हितमा निर्णय गरिएको विष्टको भनाइपूरा पढ्नुहोस्