Main Menu

Sunday, September 24th, 2017

 

मत परिणामले आत्तिएका छैनौँ – अध्यक्ष ओली

  असोज ८, काठमाडौँ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको प्रदेश नं २ को मत मरिणामबाट आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् । नेकपा (एमाले) ३ नं प्रदेश सम्पर्क संगठन कमिटीले आज पार्टी कार्यालयमा आयोजित स्मारिका विमोचन कार्यक्रममा उनले २ नं प्रदेशमा मत परिणाम कम आउँदैमा आत्तिनुपर्ने अवस्था नभएको स्पष्ट पारे । सो स्मारिकामा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ५०औैँ वर्ष अर्थात् स्वर्ण जयन्ती पैदल यात्रा–२०५५ (मदननगर, बल्खु–भँगेरी, रामेछाप) बारेका सामग्रीहरु समेटिएका छन् । अध्यक्ष ओलीले निर्वाचनका बेलामा २ नं प्रदेशमा प्रतिकूल अवस्थामा पनि त्यति मत प्राप्त गरेको र आगामी निर्वाचनमा राम्रो मत प्राप्त हुने विश्वास व्यक्त गरे ।पूरा पढ्नुहोस्


दश वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुन्छ – अध्यक्ष प्रचण्ड

  असोज ८, कोहलपुर, बाँके नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी दश वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने बताएका छन् । आज कोहलपुरमा आयोजित माओवादी घटकबीचको ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भइसकेको र केही दशकभित्रै नेपालमा साम्यवाद स्थापित गर्ने कार्यदिशाअनुसार माओवादी अगाडि बढिरहेको दाबी गरे । कार्यक्रममा उनले शान्ति प्रक्रियायता विभिन्न अभ्यासका लागि माओवादी घटक विपरीत ध्रुवमा विभाजित भएपनि पछिल्लो समय केन्द्रीकृत हुने क्रम बढेको भन्दै खुशी व्यक्त गरे । पार्टी टुटफुट भएकै कारण जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गइरहेको अवस्थामा सबै माओवादी घटक एकै ठाउँमा ध्रुवीकरण हुनुकोपूरा पढ्नुहोस्


‘बढी भाडा लिए कडा कारवाही’

असोज ८, काठमाडौँ दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले दशैँ मान्न हिँडेका यात्रुसँग नराम्रो व्यवहार गर्ने यातायात व्यवसायी, सवारीका चालक र परिचालकलाई पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कानूनी कारवाहीको दायरमा ल्याइने बताए । “यातायात व्यवस्था विभागले यातायात व्यवसायी र सरोकार भएका सबै निकायसँग बैठक गरी दशैँका लागि गत भदौ २२ गतेदेखि सार्वजनिक यातायातको टिकट खुला गर्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राखी टिकट खोलेनन् । टिकट खोलाउन पनि मन्त्रालयले नै बैठक राखेरपूरा पढ्नुहोस्


यसै वर्ष पूरा हुने भयो महाशीला चक्रपथ निर्माण

congress-leader-aryal-construct-20-houses

असोज ८, फलेवास, पर्वत पर्वत जिल्लाको महाशीला गाउँपालिकामा चक्रपथ निर्माण कार्य शुरु भएको छ । महाशीला गाउँपालिकाका सबै वडामा बाह्रैमास यातायातको सुविधा पुर्याउने उद्देश्यले चक्रपथ निर्माण शुरु गरिएको हो । गाउँपालिकाअन्तर्गतका साविकका ६ वटै गाविसलाई जोड्ने गरी चक्रपथ निर्माण कार्य थालिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए । उनका अनुसार यो वर्ष नै उक्त चक्रपथ निर्माण कार्य पूरा गर्ने लक्ष्य छ । ७ मिटर चौडाइ हुने उक्त सडकको बाटो खोल्न यस वर्ष रु. १ करोड ५० लाख विनियोजन गरिएको छ । महाशीला चक्रपथ फलामखानीको घण्टेबाट शुरु गरेर घन्तरी–लुुंखु–होश्राङदी–अर्घौदी–बालाकोट–नियाल्नी–बान्द्रे–सिम्ले हुँदै पुनः घण्टेमा लगेर जोडिने भएको छ । ग्रामीण क्षेत्रमा रहेको उक्तपूरा पढ्नुहोस्


महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

असोज ८, गौशाला महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले ७ स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार नेकपा (माओवादी केन्द्र) ४ स्थानसहित दोस्रो, नेपाली काँग्रेस ३ स्थानसहित तेस्रो भएका छन् । संघीय समाजवादी फोरम नेपालले पनि १ स्थानमा जीत हासिल गरेको छ । राजपाबाट जलेश्वर नगरपालिकामा रामशंकर मिश्र ५ हजार १८०, मटिहानी नगरपालिकामा हरिप्रसाद मण्डल ३ हजार ४०३, महोत्तरी गाउँपालिकामा सुनिल राय २ हजार ७५१, भंगहा नगरपालिकामा संजीवकुमार साह ४ हजार ४७८, एकडारा गाउँपालिकामा रामछविला साह २ हजार ३१८,पूरा पढ्नुहोस्


मेलम्ची पानी उपत्यकामा ६ महिनापछि

असोज ८, चौतारा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १.७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै ६ महिना पर्खनुपर्ने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ खन्ने काम आगामी डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ खन्ने काम सम्पन्न भए पनि त्यहाँभित्र ढलान गर्न थप ३ महिना समय लाग्ने भएकाले राजधानीवासीलाई पानी वितरण गर्ने काम वि.सं. २०७५ वैशाखमा मात्र सम्भव हुने मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिए । हाल ४ ठाउँबाट दैनिक सरदर १६ मिटर सुरुङ खन्ने काम भइरहेको छ । सुरुङको काम हालसम्म ९४ प्रतिशत सम्पन्न भएको छ । सिन्धुपूरा पढ्नुहोस्


पोखरा जाने बसभित्रै अब खाजा, खाना र ट्वाइलेट

असोज ८, काठमाडौँ राजधानी काठमाडौँदेखि प्रमुख पर्यटकीय शहर पोखरासम्म जोड्ने अत्याधुनिक सुविधा सम्पन्न दुई वटा पर्यटकीय बस सञ्चालनमा ल्याइएका छन् । यातायातका साधनमा लामो समयदेखि लगानी गर्दै आएको जगदम्बा ट्राभल्स (प्रा.) लि. ले अत्याधुनिक सुविधासहितको सुपर डिलक्स बस शुक्रबार पोखरा र शनिबार काठमाडौँबाट सञ्चालनमा ल्याएको हो । नेकपा (एमाले) कास्कीका सांसद एवं व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारी जगदम्बा ट्राभल्सले भित्र्याएको यस्तो बसले नेपालको मान प्रतिष्ठा बढेको बताउँछन् । “पूर्वाधारका अभावका बीच पनि व्यवसायीले नेपालको यातायात क्षेत्रमा ठूलो लगानी गर्नुभएको छ । यस्तो लगानीले यातायात क्षेत्रको सुुधारका लागि अरुलाई थप चुनौती थपिदिएको छ”– सभापति अधिकारी भन्छन् । यातायात सञ्चालनमा देखिएकापूरा पढ्नुहोस्


अमेरिकी युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमानामा

असोज ८,  वासिङ्टन : अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमानामा पर्ने आकासमा उडाइएको छ । बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका बताइएको छ । तनावमा रहेको कोरियाली आकासमा अमेरिकी युद्धक विमानको आगमनले अमेरिका र उत्तर कोरियाबीचको तनावमा थप वृद्धि हुने देखिएको छ । अमेरिका र उत्तर कोरियाली नेताहरूबीच विगत केही दिनयता वाकयुद्ध चलिरहेका बेला अमेरिकी युद्धक विमान उत्तर कोरियाली सीमा क्षेत्रमा यति नजीकबाट उडेको यो पछिल्ला केही दशक यता पहिलो घटना भएको बताइएको छ । उत्तर कोरियाले विगत केही महिनायता गरेका निरन्तरका आणविक परीक्षणपछि अमेरिका लगायतका मुलुकहरूलपूरा पढ्नुहोस्


कतै आणविक युद्धको तयारी त होइन ?

ट्रम्प र किमबीचको जुहारी

असोज ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्र संघको साधारण सभामा आफ्नो मन्तव्यमा उत्तर कोरियाविरुद्ध कडा रुपमा प्रस्तुत भएपछि त्यसको प्रतिकारस्वरुप उत्तर कोरियाली राष्ट्रपति किम जोङ–उन पहिलोपटक अन्तर्राष्ट्रिय रुपमा बोले । ट्रम्पले सभामा किमलाई ‘रकेट मानव’को नाममा सम्बोधन गरेपछि किमले पनि उत्तर कोरियाली सञ्चारमार्फत् ट्रम्पलाई ‘पागल’ भने । तर यी दुई नेताहरुबीच सन् २०१७ मा यो नै पहिलो जुहारी थिएन र सायद हुँदैन पनि । सन् २०१७ मा उत्तर कोरियाले ६ ओटा आणविक परीक्षणहरु गर्यो । उत्तर कोरिया आणविक परीक्षणहरुमा अलि आक्रामक रुपमा अगाडि बढेपछि सुरु भएको जुहारी अहिले उत्कर्षमा छ र यो विश्वको लागि सुखद समाचार पक्कै होइनपूरा पढ्नुहोस्


नवौँ संशोधनले कसैलाई अन्शियाय भएको छैन – शिक्षा राज्यमन्त्री

  असोज ८, चितवन शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षा ऐन नवौं संशोधनले शिक्षकको अनुमतिपत्र लिएर बसेका जल्दाबल्दा युवाका लागि ढोका खोलेको बताएका छन् । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ऐनले कसैलाई अन्याय नगरेको जिकिर गर्दै दक्षता नभएकाहरु परीक्षाबाट छाँटिने स्पष्ट गरे । “परीक्षामा ४० नम्बर नल्याए गोल्डेन हेनसेकमार्फत अस्थायी शिक्षक बाहिरिन्छन्, लामो समय सेवा गरेपछि स्थायीले पेन्सन पाउने भए पनि अस्थायीलाई गोल्डेन ह्यान्डसेक दिइनेछ ।” उनले भने । नेपालमा २६ हजारको हाराहारीमा अस्थायी शिक्षक छन् । स्थायी हुँदा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत नयाँले अवसर पाउने उनले बताए । करिब १९ हजार नयाँले अवसर पाउने उनको भनाइ थियोपूरा पढ्नुहोस्