Main Menu

Saturday, September 2nd, 2017

 

चक्रपथ वरपर सञ्चालन भएका घरटहरा हटाउने कार्य शुरु

  भदौ १७, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ । महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर रहेका पाँचवटा घरटहरा हटाएको हो । साथै चक्रपथ क्षेत्रलाई व्यवस्थित बनाउन बाटोमा ट्राफिक संकेत राख्ने काम, बिजुलीका पोल सार्ने, अनावश्यक पार्किङस्थल हटाउनेलगायतका काम गरेको छ । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बाटोको किनारामा रहेका पसल तथा अव्यवस्थित पार्किङले सवारी आगागमनमा समस्या परेको भन्दै उक्त अभियान सुरु गरिएको जानकारी दिए । उनले यो अभियान पहिलोचरणमा महाराजगञ्ज चोकदेखि कलंकीसम्म सञ्चालन गरिने र विस्तारै अन्य ठाउँमा पनि लैजाने बताए । गत हप्तादेखिपूरा पढ्नुहोस्


आचारसंहिता हो कि संकटकाल ? – मन्त्री बलायर

  भदौ १७, डोटी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले निर्वाचन सम्बन्धी आचारसंहिता संकटकालको शैलीमा ल्याइएको विचार व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “निर्वाचन आयोगले सरकारसँग कुनै समन्वय नै नगरी संकटकालको शैलीमा आचारसंहिता ल्याएकोमा सरकार अचम्मित छ ।” तेस्रोचरणको स्थानीय तह निर्वाचनको आचारसंहिता कायम रहेकै बेला आएको यो आचारसंहितालाई ‘आचारसंहितामाथि आचारसंहिता ल्याइएको’ उनको टिप्पणी थियो । मंसिर १० गते हुने निर्वाचनका लागि अहिल्यै आचारसंहिता आवश्यक नरहेको उनको भनाइ थियो । “यो वर्ष निर्वाचन नै निर्वाचनको वर्ष हो । निर्वाचनलाई हेरेर विकासलाई पूर्ण अवरुद्ध पार्न मिल्दैन्,” मन्त्री बलायरलेपूरा पढ्नुहोस्


आचारसंहिता पालना नगर्नेलाई आयोगले ‘ठाउँको ठाउँ कारबाही गर्ने’

  भदौ १७, काठमाडौँ । आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचारप्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोचना र आरोप खेपिरहेको आयोगले आगामी निर्वाचनमा भने आचारसंहिता उलंघन गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्ने अठोट व्यक्त गरेको हो । स्थानीय तह निर्वाचन प्रचारप्रसार गर्ने क्रममा वीरगञ्जमा भएको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीत चुनाव चिन्हअंकित टोपी लगाएको भनी पूर्वप्रधानमन्त्री माधव नेपालसँग स्पष्टिकरण सोधिसकेको आयोगले अब कसैलाई पनि नछोड्ने चेतावनी दिएको छ ।पूरा पढ्नुहोस्


निर्वाचनको लागि सडक मर्मत गर्न लागिपर्यो सेना

  भदौ १७, गौशाला । स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ । साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन बढी नदीमा आएको बाढीले महोत्तरीको सडक बगाएको तथा तोडफोड गरी सवारीसाधन चल्न नसक्ने बनाएको बेला स्थानीय तहको निर्वाचन प्रभावित हुनसक्ने देखिएपछि नेपाली सेना शुक्रबारदेखि यहाँका सडकको मर्मत सम्भारमा जुटेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–९ परिकौलीस्थित नेपाली सेनाको फस्ट रैफल गणका चारवटा छुट्टाछुट्टै टोलीले जिल्लाको बाढीबाट क्षतिग्रस्त भएका १० वटा सडकको मर्मतसम्भारको कार्य शुरु गरेको गणपति कृष्ण खड्का क्षेत्रीले बताए । सेनाले जिल्लाको मरुवाही–हलखोरी–मनरा–साँढा, बखरी–अनकार–चकवा, रौजा–अध्यानपुर, सोनमा–वीरेन्द्रबजार–लक्ष्मिनियाँ, लेऊरी–बनौटा,पूरा पढ्नुहोस्


बल्खू खोला सफाइ अभियान शुरु

भदौ १७, काठमाण्डौं । काठमाण्डौंको पश्चिमी भेकको मूल नदी बल्खू खोला (इन्द्रमती नदी) र यस वरपरको क्षेत्रलाई स्वच्छ बनाउने हेतुसहित वृहत सफाइ आन्दोलन आज विहानबाट शुरु भएको छ । कलंकी मालपोत कार्यालय अगाडिको विन्दुबाट शुरु गरी ढुंगाअड्डा, खड्कुलेको पूलसम्म आज सयौँजनाको सहभागितामा बल्खू खोलाका दुवै किनारामा फालिएका फोहर हटाइएको छ । सफाइ अभियानमा स्थानीय जनताहरु, नेपाली सेना, सशस्त्र प्रहरी, काठमाण्डौं महानगरपालिका, स्थानीय स्कूल तथा कलेजहरु र विभिन्न सामाजिक तथा व्यवसायिक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । हरेक महिनाको एक दिन आयोजना गरिने र पहिलो चरणमा ५० दिनको हुने यो अभियानको शुरुवात बागमती सफाइ कार्यका अभियन्ता किशोर थापाले सहभागीहरुलाई गराइएको सपथ ग्रहणबाटपूरा पढ्नुहोस्


भक्तपुरमा कर्मचारी समायोजन धमाधम

congress-leader-aryal-construct-20-houses

  भदौ १७, भक्तपुर । भक्तपुरमा धमाधम कर्मचारी समायोजन शुरु भएको छ । जिल्लामा रहेका विभिन्न कार्यालयका कर्मचारी समायोजनका क्रममा जिल्लाका ३ नगरपालिकामा हाजिर भइरहेकाछन् । मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा कर्मचारी समायोजन भइरहेको प्रजिअ द्रोण पोखरेलले जानकारी दिए । जिल्ला शिक्षा, महिला विकास, कृषि विकास, पशुसेवा, जनस्वास्थ्य कार्यालयलगायत जिल्लाका सरकारी कार्यालयका कर्मचारी समायोजन गरी नगरपालिकाहरुमा पठाइएको छ । कर्मचारी नगरपालिकाहरुमा हाजिर भइसकेका छन् । केही कर्मचारी नगरपालिकामा हाजिर गरेर सम्बन्धित कार्यालयमा पुराना काम सम्पन्न गर्न कार्यालयमै आउने गरेका छन् । यता भक्तपुर नगरपालिकाले भने समायोजन भएर गएका कर्मचारीलाई हाजिर गराएको छैन । महिला विकास, कृषि विकास कार्यालयलगायत कार्यालयबाट समायोजनमापूरा पढ्नुहोस्


क्रान्तिकारीका अध्यक्षमा तामाङ निर्वाचित

भदौ १७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी भएका छन् । यस्तै महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वाचित भएको निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार महिला उपमहासचिवसहित ९८ जना निर्विरोध निर्वाचित भएका थिए । बाँकीको निर्वाचन गरिएको होपूरा पढ्नुहोस्