Main Menu

Wednesday, September 13th, 2017

 

काठमाडौँमा पाकिस्तानी प्रदर्शनी शुरु [फोटो फिचर]

  भदौ २८, काठमाडौँ । पाकिस्तानमा निर्मित विभिन्न सामग्री (मेड इन पाकिस्तान)को आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ । नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने ध्येयले आयोजित सो प्रदर्शनीमा विशेषगरी छालाका सामग्री, हस्तकलालगायतका सामग्री छन् । यहाँस्थित पाकिस्तानी राजदूतावासले विगत केही वर्षदेखि यस किसिमका मेलाको संयोजन गर्दै आएको छ । नेपाल–पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पाकिस्तान दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापन सदस्य देश हो । अर्काेतर्फ यी नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय बितिसक्दा पनि व्यापारका क्षेत्रमा खासै ठूलो हिस्सा ओगट्न सकेका छैनन् ।पूरा पढ्नुहोस्


प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १ करोड दुई लाख सहयोग

भदौ २८, काठमाडौँ । दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड २ लाख ५७ हजार ८७१ सहयोग गरेको छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गरे । उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई हस्तान्तरण गरे । उपप्रधानमन्त्री महराले कोरिया साउथ–इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गरे । उनले कम्पनीले सुरु गरेको माथिललो त्रिशूली– १ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिए । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिशूली–१ (२१६ मेवा)पूरा पढ्नुहोस्


तेस्रो तहको निर्वाचनका लागि मतदाता उत्साहित

khairhani-vote-counting-19-hrs-later

शीतलप्रसाद महतो भदौ २८, जनकपुर । यतिखेर प्रदेश नं २ का ८ जिल्ला स्थानीय तहको निर्वाचनमा होमिएका छन् । तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन प्रदेश नं २ का मतदातामा उत्साहको वातावरण देखिएको हो । नेपालको संविधान, २०७२ अनुसार २०७४ माघभित्र स्थानीय, प्रादेशिक तथा सङ्घको निर्वाचन सम्पन्न गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यलाई मूर्तरूप दिने दायित्व राज्यसमक्ष छ । उक्त दायित्व निर्वाह गर्न निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भइसकेको जनाएको छ भने यसका लागि सुरक्षा संयन्त्रले सुरक्षा प्रबन्ध मिलाइरहेको छ । संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएकाले निर्वाचनमार्फत अधिकारसम्पन्न ती तहको काम चालु गराउन सकेपूरा पढ्नुहोस्


मुलुकलाई समृद्धको दिशातिर अगाडि बढाउनुपर्छ : मन्त्री बस्नेत

भदौ २८,  धुलिखेल  । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकले प्राप्त गरेको संघीय गणतन्त्रात्मक समावेशी संविधानको जगमा टेकेर देशलाई समृद्धतर्फ अगाडि बढाउनुपर्ने बताएका छन् । बनेपा ब्वाइज क्लबले आयोजना गरेको बनेपा महोत्सवको उद्घाटन गर्दै मन्त्री बस्नेतले अहिलेको संविधानलाई कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तहको २ चरणको निर्वाचन सम्पन्न भएको उल्लेख गरे । पहिलो र दोस्रो चरणमा भाग नलिएका राजनीतिक दल पनि भाग लिन थालेकामा उनले खुशी व्यक्त गरे । मन्त्री बस्नेतले भने, “सबै दल निर्वाचनमा सहभागी भइसकेकाले अब राजनीतिक एजेण्डाको रुपमा हामीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सिध्याएर मुलुकलाई समृद्धतिर लैजानु पर्नेछ ।” उनले सरकारमा राजनीतिक संक्रमणको कुरा गरेर देशलाई अल्मलाएरपूरा पढ्नुहोस्


टर्कीद्वारा रसियाली क्षेप्यास्त्र खरिद गर्ने

भदौ २८, इस्तानवुल (टर्की)  । टर्कीले रसियासँग क्षेप्यास्त्र खरिदका लागि महत्वपूर्ण सम्झौता गरेको छ । अङ्काराकोे सैन्य फौजका निम्ति रसियाली एस ४०० नामक विमानहरूमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने सम्झौतामा हस्ताक्षर गरेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताए । सम्झौतालाई विवादास्पद भनी संयुक्त राज्य अमेरिका लगायतका विश्वका कतिपय मुलुकले आलोचना गरेका छन् । सम्झौताका लागि टर्कीले करिब २.५ अर्ब डलर रकम जम्मा गराइसकेको पनि राष्ट्रपति एर्दोगानले बताए । एस ४०० क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ २ वटा क्षेप्यास्त्र प्रहार गर्दै ८० वटा निशानामा एकैपटक हान्न सक्ने रसियाले बताएको छ । पश्चिमा देशहरुको सैन्यपूरा पढ्नुहोस्


बिरामी वृद्धवृद्धाको सहयोगार्थ चित्रकला प्रदर्शन

भदौ २८, काठमाडौँ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएका वृद्धवृद्धाको सहयोगार्थ एकल चित्रकला प्रदर्शन गरिएको छ । अस्पतालमा भर्ना भएका ७५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सोही अस्पतालकी नर्स एवं कलाकार रचना मास्केले कोर्नुभएको चित्रकला आजदेखि प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीको उद्घाटन गर्दे नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ज्येष्ठ नागरिक देशका गहना भएकाले उनिहरुको सहयोगका लागि लोककीर्ति ज्येष्ठ नागरिक कोषले मास्केको चित्रकला प्रदर्शनमा राखेर पवित्र काम गरेको बताए । पूर्व उपप्रधानमन्त्री सिंहले बिरामी भएर उपचारको समस्यामा परेको ज्येष्ठ नागरिकका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । नेता सिंहले समाजलाई परिवर्तन ल्याउनका लागि राजनीतिक क्षेत्रकोपूरा पढ्नुहोस्


चाँडो बाढीप्रभावित क्षेत्रमा घर बनाउने गरी योजना बनाउन गृहमन्त्रीको निर्देशन

भदौ २८, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा बोल्दै मन्त्री शर्माले उक्त निर्देशन दिएका हुन् । “तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा ६ महिनामा बाढी प्रभावितलाई पुनःस्थापना गर्ने गरी योजना बनाउनुहोस्,”–मन्त्री शर्माले भने । उनले बाढीका कारण विस्थापितहरुको तथ्यांक तयार गर्न निर्देशन दिँदै अर्को वर्षामा बाढी आउँदा आवश्यक उद्धार सामग्री अहिले नै किन्नुपर्ने बताए । मन्त्री शर्माको निर्देशनपछि केन्द्रीय दैवीप्रकोप उद्धार समितिले स्याउला, खरलगायतका सामग्रीले छाएको घरको छानोलाई जस्ताले छाउनका लागिपूरा पढ्नुहोस्


समृृद्ध मधेश बनाउने आफ्नो एजेण्डा : संयोजक डा. भट्टराई

local-election-stage-2-budget

भदौ २८, लहान । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् । तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुग्नु भएका संयोजक डा. भट्टराईले आज आयोजित सभालाई सम्बोधन गर्नुहुँदै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताए । मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उनको भनाइ थियो । ‘हामी जे बोल्छाैँ, त्यही गार्छाैँ, उनले भने– “हामी काँग्रेस, एमालेका नेता जस्तो बोल्ने एउटा, गर्ने अर्काे होइनौँ, जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ ।” मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचकापूरा पढ्नुहोस्


भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

भदौ २८, काठमाडौँ  । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० रन मात्र बनायो । ५१ रनको विजयी लक्ष्य नेपालले ८.३ ओभरमा प्राप्त गर्यो । नेपालका लागि आसिफ शेखले अविजित २३ रन, सन्दिप सुनारले २१ तथा अनिल साहले अविजित ४ रन बनाए । बलिङतर्फ भुटानका छिरिङ पेन्जोरले १ विकेट लिए । भुटानलाई ५० रनमा समेटने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले ५ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै २३ रन दिए । सन्दिप लामिछानेलेपूरा पढ्नुहोस्


एड्स संक्रमित घट्दै

भदौ २८, भद्रपुर । झापामा प्छिल्लो समयमा एचआइभी(एड्स) संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ । ३ वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३/७४ असार मसान्तसम्मको एक वर्षमा ३ संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ । मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार सेवाकै कारण संक्रमितबाट मृत्यु हुनेको संख्या घट्दै जान लागेको क्लबका परियोजना प्रमुख गोविन्द पौड्यालले जानकारी दिए । खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानमा जाने र नेपाल फर्किने गर्दा संक्रमित झापामा बढ्ने गरे पनि पछिल्लो समयमा भने सो संख्या घट्दै गएको पौडेलको भनाइ छ ।पूरा पढ्नुहोस्