Main Menu

बिरामी वृद्धवृद्धाको सहयोगार्थ चित्रकला प्रदर्शन

art-exhibition-oldage-people-treatmentभदौ २८, काठमाडौँ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएका वृद्धवृद्धाको सहयोगार्थ एकल चित्रकला प्रदर्शन गरिएको छ ।

अस्पतालमा भर्ना भएका ७५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सोही अस्पतालकी नर्स एवं कलाकार रचना मास्केले कोर्नुभएको चित्रकला आजदेखि प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दे नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ज्येष्ठ नागरिक देशका गहना भएकाले उनिहरुको सहयोगका लागि लोककीर्ति ज्येष्ठ नागरिक कोषले मास्केको चित्रकला प्रदर्शनमा राखेर पवित्र काम गरेको बताए ।

पूर्व उपप्रधानमन्त्री सिंहले बिरामी भएर उपचारको समस्यामा परेको ज्येष्ठ नागरिकका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । नेता सिंहले समाजलाई परिवर्तन ल्याउनका लागि राजनीतिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै राजनीतिलाई सकारात्मक दृष्टिकोणले हेर्न आग्रह गरे ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा. जगदिशप्रसाद अग्रवालले वृद्धवृद्धाको उपचारका लागि चित्रकला बेचेर सहयोग गर्न लागेको भन्दै उक्त कामको उच्च प्रशंशा गरे । उनले ज्येष्ठ नागरिकको उपचारका लागि अस्पतालले छुट्टै वार्ड बनाउने कुरामा सम्बन्धित पक्षसँग छलफल गरिरहेको स्पष्ट पारे ।
लोककीर्ति ज्येष्ठ नागरिक कोषका अध्यक्ष ओम मास्केले ज्येष्ठ नागरिकको उपचारका लागि राज्यले बेवास्था गरेको आरोप लगाए ।

आगामी भदौ ३० गतेसम्म चल्ने प्रदर्शनीमा मास्केले कोर्नुभएका ३२ चित्र प्रदर्शनमा राखिएका छन् ।

(Visited 164 times, 1 visits today)

टिप्पणी

comments