Main Menu

बबरमहलमा ‘एन ओडेसी अफ आर्ट’

मंसिर ४, काठमाडौँ

an-odyssey-of-art-exhibition-babar-mahalस्पेक्ट्रम कला संस्थाको आयोजनामा गत शनिबारदेखि नेपाल कला परिषद्, बबरमहलमा ‘एन ओडेसी अफ आर्ट’ कला प्रदर्शनी सुरु भएको छ ।

बुधबारसम्म चल्ने सो कला प्रदर्शनीमा १४ जना कलाकारहरुको झण्डै १ सयवटा कलाकृतिहरु प्रदर्शित छन् । कलाकारहरुमा अनामिका गौतम, विष्णु चौधरी, दल बहादुर राई, दिपक महर्जन, दिपक थामी, ईन्द्र खत्री, ईन्द्र श्रेष्ठ, इशान परियार, ज्योति प्रकाश, किशोर कनौजिया, महेश आचार्य, नम्रता सिंह, राम कृष्ण थापा र सबिता डंगोल छन् ।

‘ओझेलमा परेका कला, कलाकार तथा ऐतिहासिक स्थानहरुलाई उजागर गर्दै लानु हाम्रो लक्ष्य हो,’ स्पेक्ट्रमका अध्यक्ष ईन्द्र श्रेष्ठ भन्छन्, ‘त्यसैले यस संस्थाले राजधानीमा मात्र केन्द्रित नभई विभिन्न जिल्ला तथा गाउँहरुमा स्थानीय कलाकारहरुसँग सहकार्य गरी कार्यक्रमहरु गर्दै आएको छ ।’

पछिल्लोपटक पोखराको शान्ति बाटिकामा ‘अनेकतामा एकता’ शिर्षकमा पोखराका स्थानीय तथा संस्थाका कलाकाहरुको सहभागितामा स्पेक्टन्मले एक कला कार्यशाला गरेको थियो । त्यस्तै, सिन्धुपाल्चोकमा ‘आर्ट फर नेश्नालिटी’ शिर्षकमा प्रत्येक्ष संगीतमा कला कार्यशाला आयोजना गरिएको थियो । यी दुई कार्यशालाहरुमा सिर्जित कलाकृतिहरु पनि ‘एन ओडेसी अफ आर्ट’मा समावेश रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कला प्रदर्शनीमा नेपालमै पहिलोपटक अष्ट्रिचको अण्डामा कोरिएका कलाकृतिहरु पनि प्रदर्शित थिए ।

गत शनिबार उद्घाटन गरिएको कार्यक्रममा वरिष्ठ कलाकार शशी विक्रम शाहलाई सम्मान गरिएको थियो ।

(Visited 283 times, 1 visits today)

टिप्पणी

comments