Main Menu

टर्कीद्वारा रसियाली क्षेप्यास्त्र खरिद गर्ने

turkey-purchasing-missiles-russiaभदौ २८, इस्तानवुल (टर्की)  । टर्कीले रसियासँग क्षेप्यास्त्र खरिदका लागि महत्वपूर्ण सम्झौता गरेको छ ।
अङ्काराकोे सैन्य फौजका निम्ति रसियाली एस ४०० नामक विमानहरूमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने सम्झौतामा हस्ताक्षर गरेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताए । सम्झौतालाई विवादास्पद भनी संयुक्त राज्य अमेरिका लगायतका विश्वका कतिपय मुलुकले आलोचना गरेका छन् ।
सम्झौताका लागि टर्कीले करिब २.५ अर्ब डलर रकम जम्मा गराइसकेको पनि राष्ट्रपति एर्दोगानले बताए ।
एस ४०० क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ २ वटा क्षेप्यास्त्र प्रहार गर्दै ८० वटा निशानामा एकैपटक हान्न सक्ने रसियाले बताएको छ ।
पश्चिमा देशहरुको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रमध्ये टर्कीसँग दोस्रो ठूलो सैन्य फौज रहेको छ ।
पछिल्लो समय टर्कीको अमेरिकासँग सम्बन्ध विग्रिएपछि रसियासँग निकट बन्दै आएको छ । 

(Visited 94 times, 1 visits today)

टिप्पणी

comments