Main Menu

Friday, September 15th, 2017

 

नैकाप गोल्ड कप

खुशी खुशीको सहज जित, महालक्ष्मी युथ क्लब र लकश साकोस पनि दोस्रो चरणमा

भदौ ३०, काठमाडौँ (चन्द्रागिरी ) । नेकाप गोल्डकपको पाचौँ दिन आज पहिलो चरणका ३ खेलहरु भए । ती खेलहरुमा महालक्ष्मी युथ क्लब, लकश साकोस र खुशी खुशी साकोस ल्याकटो विजयी भए । महालक्ष्मी युथ क्लब, बलम्बु र भीमसेन युथ क्लब, बलम्बु बिच आज बिहान ८ बजे भएको पहिलो खेलमा निर्धारित समयसम्म कुनै पनि टिमको तर्फबिट गोल नभएपछि पेनाल्टी शूटआउटमा महालक्ष्मी युथ क्लबले भीमसेन युथ क्लब माथि ३-१ को बिजय निकाल्यो । महालक्ष्मी युथका गोलकीप्पर सबिन महर्जन खेलका म्यान अफ द म्याच घोषित भए । दिनको १ बजेको दोस्रो खेलमा तार्केश्वोर युथ क्लब, स्युचाटारलाई ३-० गोल अन्तरले पराजित गर्दै लकश साकोस, बल्खु दोश्रो चरण प्रवेशपूरा पढ्नुहोस्


पत्रकार महासंघको इतिहास बङ्ग्याउन खोजियो – नेवाः पत्रकार राष्ट्रिय दबू

भदौ ३०, काठमाडौँ । सरकारले नेपाल पत्रकार महासंघको इतिहास बङ्ग्याउन खोजेको नेवाः पत्रकार राष्ट्रिय दबूले आरोप लगाएको छ । २००८ सालमा स्थापित नेपाल पत्रकार महासंघको २०१२ सालमा भएको पुनःगठनपछि मात्र अध्यक्ष भएका बितेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सदस्य मानी सरकारले उनको नाममा राष्ट्रिय आमसञ्चार प्रतिष्ठान स्थापना गर्न लागेकोमा दबूले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘(कृष्णप्रसाद भट्टराई)को नाममा प्रतिष्ठान स्थापना गर्न लागेको समाचारप्रति नेवाः पत्रकार राष्ट्रिय दबू गम्भीर असहमति प्रकट गदैछौँ । ‘यसरी असहमति प्रकट गर्दा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, राजनीतिमा आदर्श र निष्ठाका पर्यायका रुपमा रहनुभएका सम्मानित नेता स्वर्गीय भट्टराईको अपमान गर्न खाजिएको पटक्कै होइनपूरा पढ्नुहोस्


पनौतीमा स्वाइनफ्लुबाट एकको मृत्यु

swine-flu-kills-one-kavre

  भदौ ३०, धुलिखेल । स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा आज एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. अर्जुन सापकोटाका अनुसार स्वाइनफ्लुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो । ‘केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै बिरामी भएर अस्पताल भर्ना भएको’ डा. अर्जुन सापकोटोले बताए । चाँदनी नेवाको मृत्यु भएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले भने मृतकको घर नजिकका समुदायमा आवश्यक सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन गरेको कार्यालयका प्रमुख डाक्टर अर्जुन सापकोटाले जानकारी दिए । “हामीले थप संक्रमण फैलिन नदिनकापूरा पढ्नुहोस्


एमालेकै कारण संविधान संशोधन भएन : प्रधानमन्त्री

भदौ ३०, कलैया । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताएका छन् । बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवाले एमाले पार्टीले मुलुकमा विखण्डन ल्याउन खोजेको कुरा मधेसका जनताले बुझिसकेको बताउँदै मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गरे । पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन सक्दैन्, उनले भने – “ एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्नुपर्दछ ।” सभापति देउवालेपूरा पढ्नुहोस्


लण्डनको एक सबवेमा विस्फोटन, आतंककारी हमला भएको प्रहरीको ठहर

भदौ ३०, लण्डन । लण्डनको पार्सन्स ग्रीन स्टेसनमा रहेको एक यात्रुबाहक सबवे ट्रेन (ट्युब)मा आज बिहान विस्फोटन भएको छ । स्थानीय समयअनुसार बिहान ८ः२० बजे भएको सो विस्फोटनमा परी केही मानिसहरु सामान्य घाइते भएको बिबिसीले जनाएको छ । ट्युबभित्र एउटा सुपरमार्केट झोलाभित्रको एउटा बाल्टिनमा रहेको विस्फोटक पदार्थ पड्केपछि ट्युबमा आगो लागेको स्कटल्याण्ड यार्ड (लण्डनको महानगरी प्रहरी सेवा)ले जनाएको छ । घाइते १८ जनालाई अस्पताल लगिएको पनि प्रहरीले जनाएको छ । महानगरीय प्रहरीका अनुसार के कारणले उक्त विस्फोटन भएको र कसले विस्फोटन गराएको भन्ने कुरा स्पष्ट भइसकेको छैन । तर सो घटना आतंक फैलाउने मनसायले गराइएको प्रहरीको ठहर छ । घटनापछि प्रधानमन्त्रीपूरा पढ्नुहोस्


महिलाको आर्थिक सशक्तीकरण आवश्यक छ : राष्ट्रपति

भदौ ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नीति निर्माण तहमा समान सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिएकी छिन् । पत्रकार मञ्जु कार्कीद्वारा निर्माण गरिएको ‘नेपाली महिलाको संघर्ष र सफलता’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले महिला अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरिन् । राष्ट्रपति भण्डारीले छोरा र छोरीबीच कत्ति पनि विभेद नगरी समान शिक्षा र व्यवहार गर्नसमेत अपिल गरिन् । विभिन्न चरणमा भएका संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि प्राप्तिका लागि महिलाले संयुक्तरूपमा संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका लागि भएका ऐन/कानूनको कार्यान्वयनसँगै नयाँ कानून निर्माण गरीपूरा पढ्नुहोस्


शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु

भदौ ३०, काठमाडौँ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको पहिलो बैठकले ती प्राथमिकता तय गरेको हो । यही भदौ १९ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ संविधान अनुकूल प्रारम्भिक बाल विकास शिक्षादेखि उच्चशिक्षासम्मको नीति, निर्धारण गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय आयोग गठन गरेको थियो । आयोगका विज्ञ सदस्यहरु डा. सुरेशराज शर्मा, डा. तीर्थराजपूरा पढ्नुहोस्


८० रुपैयाँ विद्युत् महसुल तिर्न २ हजार खर्च

congress-leader-aryal-construct-20-houses

भदौ ३०, आठराई (तेह्रथुम) । जिल्लाको पूर्वी क्षेत्रका २ गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ । रु. ८० विद्युत् महसुल बुझाउन उपभोक्ताको रु. २ हजार खर्च हुने गरेको उनीहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ । पायक पर्ने स्थानमा विद्युत् महसुल संकलन केन्द्र स्थापना नहुँदा यहाँका उपभोक्ता मारमा परेका छन् । आठराई र फेदापका उपभोक्ता विद्युत् महसुल बुझाउन सदरमुकाम म्याङ्लुङ बजारमा एक दिनको पैदल यात्रापछि पुग्छन् । म्याङ्लुङ बजारबाट छ किमीको दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र जिरिखिम्तीमा पुगी महसुल बुझाउने गरेका छन् । यस क्षेत्रका उपभोक्तालाईपूरा पढ्नुहोस्


पोखरालाई खेलकुदको शहरको रुपमा विकास गरिने : सचिव दाहाल

भदौ ३०, पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताका छन् । सहारा क्लब पोखराको १९ औँं वार्षिकोत्सव तथा १० औँं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले खेलकुद शहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबको रुपमा विकास हुने विश्वास व्यक्त गरे । सचिव दाहालले निजी क्षेत्रसँग हातेमालो गर्दै खेलकूद क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेकोे बताउँदै पोखरा रंगशालामा १ वर्ष भित्रमा आधुनिक खालको स्टेडियम र डोमसेट कभर्डहल निर्माण गरिने धारणा व्यक्त गरे । सो अवसरमा क्लबद्वारा सञ्चालित सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट पत्रकार सुरज श्रेष्ठलाई सम्मान गरियो ।पूरा पढ्नुहोस्


प्राधिकरणमा पिपिएका लागि जलविद्युत् आयोजनाको चाङ

भदौ ३०, काठमाडौँ । निजी क्षेत्रका ऊर्जा उत्पादकले करिब ६ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए)का लागि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएका छन् । गत आर्थिक वर्षदेखि हालसम्म आवेदन दिइएका ती आयोजनाका बारेमा प्राधिकरणले भने कुनै निर्णय गरेको छैन । ती सबैजसो आयोजना नदी प्रवाहमा आधारित आयोजना हुन् । वर्षाको समयमा बढी विद्युत् उत्पादन गर्ने तर हिउँद लागेपछि कूल जडित क्षमताको ३० प्रतिशतको हाराहारीमा मात्रै उत्पादन गर्न सक्ने सामथ्र्य राख्ने ती आयोजनाको विद्युत् खरिद सम्झौता गर्ने कि नगर्ने भन्ने बारेमा प्राधिकरणले हालसम्म कुनै निर्णय गर्न सकेको छैन । सरकारले जलाशय, अर्धजलाशय र नदी प्रवाहमा आधारित आयोजना भनी ३पूरा पढ्नुहोस्