Main Menu

पत्रकार महासंघको इतिहास बङ्ग्याउन खोजियो – नेवाः पत्रकार राष्ट्रिय दबू

gov-try-bend-press-federation-historyभदौ ३०, काठमाडौँ । सरकारले नेपाल पत्रकार महासंघको इतिहास बङ्ग्याउन खोजेको नेवाः पत्रकार राष्ट्रिय दबूले आरोप लगाएको छ ।

२००८ सालमा स्थापित नेपाल पत्रकार महासंघको २०१२ सालमा भएको पुनःगठनपछि मात्र अध्यक्ष भएका बितेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सदस्य मानी सरकारले उनको नाममा राष्ट्रिय आमसञ्चार प्रतिष्ठान स्थापना गर्न लागेकोमा दबूले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘(कृष्णप्रसाद भट्टराई)को नाममा प्रतिष्ठान स्थापना गर्न लागेको समाचारप्रति नेवाः पत्रकार राष्ट्रिय दबू गम्भीर असहमति प्रकट गदैछौँ ।

‘यसरी असहमति प्रकट गर्दा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, राजनीतिमा आदर्श र निष्ठाका पर्यायका रुपमा रहनुभएका सम्मानित नेता स्वर्गीय भट्टराईको अपमान गर्न खाजिएको पटक्कै होइन ।’

यद्यपि, इतिहासको तथ्य बङ्ग्याएर भट्टराईको वास्तविक रुपमा सम्मान नहुने विज्ञप्तिमा उल्लेख छ ।

दबूले सरकारको यो निणर्यले नेपाल पत्रकार महासंघको इतिहास बङ्गिने भएकोले यसलाई तत्काल सच्याउन माग गरेको छ । साथै, पत्रकार महासंघको संस्थापकको विवादित विषय नटुंग्याई दबूको मागविरुद्ध प्रतिष्ठान गठन गरिए दबू संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

(Visited 133 times, 1 visits today)

टिप्पणी

comments