Main Menu

नैकाप गोल्ड कप

खुशी खुशीको सहज जित, महालक्ष्मी युथ क्लब र लकश साकोस पनि दोस्रो चरणमा

viewers-increasing-naikap-gold-cupभदौ ३०, काठमाडौँ (चन्द्रागिरी ) । नेकाप गोल्डकपको पाचौँ दिन आज पहिलो चरणका ३ खेलहरु भए । ती खेलहरुमा महालक्ष्मी युथ क्लब, लकश साकोस र खुशी खुशी साकोस ल्याकटो विजयी भए ।

महालक्ष्मी युथ क्लब, बलम्बु र भीमसेन युथ क्लब, बलम्बु बिच आज बिहान ८ बजे भएको पहिलो खेलमा निर्धारित समयसम्म कुनै पनि टिमको तर्फबिट गोल नभएपछि पेनाल्टी शूटआउटमा महालक्ष्मी युथ क्लबले भीमसेन युथ क्लब माथि ३-१ को बिजय निकाल्यो । महालक्ष्मी युथका गोलकीप्पर सबिन महर्जन खेलका म्यान अफ द म्याच घोषित भए ।

दिनको १ बजेको दोस्रो खेलमा तार्केश्वोर युथ क्लब, स्युचाटारलाई ३-० गोल अन्तरले पराजित गर्दै लकश साकोस, बल्खु दोश्रो चरण प्रवेश गर्न सफल भयो । सुजन महर्जन, बिशाल तामाङ र अजय थापाले गरेको १-१ गोलले समग्रमा लकश साकोसले ३-० को नतिजा निकाल्यो । गोलकर्ता बिशाल तामाङ खेलको म्यान अफ द म्याच बने । 

viewers-increasing-naikap-gold-cupअन्तिम खेलमा खुशी खुशी साकोस ल्याकटो, मातातिर्थले एस के इन्टर प्राइजेज, मातातिर्थ माथि ५-० को सहज जित निकाल्यो । खुशी खुशी साकोसका सन्दीप कोइलीले ह्याट्रिक र प्रकाश ए.डी. र सबिन बि. के ले १-१ गोल गरे । ह्याट्रिककर्ता सन्दीप खेलका म्यान अफ द म्याच भए ।

पहिलो चरणका अन्तिम खेलहरु भोलि शनिबार हुदैँछन् । बिहान ८:०० बजे कलंकी युनाईटेड र भलुभैरब गुणकेशरी क्लब, खड्का गाउँका बीच, दिउँसो १ बजे वेस्ट काठमाडौँ नैकाप र रिचा सह शिक्ष सदन बीच र प्रथम चरणको अन्तिम खेल स्वयम्भुनाथ साकोस र इन्द्रायणी तरुण क्लब धादिंग बीच  हुनेछ ।

(Visited 292 times, 1 visits today)

टिप्पणी

comments