Main Menu

Wednesday, September 27th, 2017

 

ऐन र नियमावली परिष्कृत गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

असोज ११, काठमाडौँ स्वास्थ्य मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ र सोसम्बन्धी नियमावली २०६९’ लाई परिष्कृत गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज सार्वजनिक गरेको विज्ञप्तिमा यस्तो निर्णय गरिएको जनाइएको छ । नेपाल चिकित्सक संघले मन्त्री परिषद्को निर्णय फिर्ता लिन माग राखी थालेको आन्दोलनले नियमित स्वास्थ्य सेवा अवरुद्ध भएकोले जनतालाई स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई भएको अवस्थाप्रति मन्त्रालय चिन्तित भएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षाको प्रत्याभुती हुने वातावरण निर्माण गर्ने पनि सरकारकै जिम्मेवारी भएको उल्लेख गर्दै स्वास्थ्यमन्त्री पोखरेलले ऐन तथा नियमावली परिष्कृत गर्ने समिति पनि गठन भइसकेको जानकारी दिए । समितिमापूरा पढ्नुहोस्


घर फर्किंदा सीमामा आइनपुग्दै लुटिन्छन् नेपाली

असोज ११, भीमदत्तनगर गतवर्ष दशैँका लागि भारतको राजधानी दिल्लीबाट घर फर्किरहेका चितवन गितानगरका नीरबहादुर थापा पश्चिमी नाका गड्डाचौकीमा आफूसित भएको नगद र सामान लुटिएर अर्धचेत अवस्थामा नेपाल प्रहरीको सम्पर्कमा आइपुगे । उनीसित भएको रु. ६७ हजार नगद, मोबाइल र साथमा रहेका लत्ताकपडा भारतमै लुटिएको थियो । कुरो गतवर्ष दशैँंमा घर फर्किन लागेका नीरबहादुरको मात्रै होइन । उनीजस्तै सयौँ नेपाली मजदुर गड्डाचौकी सिमानाका आइनपुग्दै लुटिइसकेका हु्छन् । कुनै दशैँं पर्व विशेषभन्दा पनि रोजगारीका लागि भारतका विभिन्न स्थानमा जाने नेपाली चाडपर्वका बेला घर फर्किनेबेलामा हरेकवर्ष लुटिएका धेरै घटना भए पनि न्यूनीकरणको ठोस् पहल सरकारी तवरबाट भएको छैन । सोमबार मात्रै उत्तराखण्डको किच्चामापूरा पढ्नुहोस्


लाहानमा पनि बन्ने भयो चक्रपथ, २ महिनाभित्र प्रतिवेदन

  असोज ११, लहान लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनी साहले पुरानो र जिल्लाकै ठूलो नगरपालिकाका रुपमा रहेको लहान नगर क्षेत्रमा चक्रपथ निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्मचारीलाई मंगलबार साँझ निर्देशन दिँदै प्रमुख साहले लहान नगरपालिकाको ग्रामीण क्षेत्रका जनतालाई समेत नगरको अनुभूति हुनेगरी दुई महिनाभित्र चक्रपथ (रिंगरोड) निर्माणका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिए । गरिब, दलित महिलालाई प्रसूति भत्ता उपलब्ध गराउन, प्रत्येक वडामा सरसफाइको व्यवस्था द्रूतगतिमा गर्न, विजयादशमीको शुभकामना कार्यक्रमको आयोजना गर्ने लगायतका पाँचबुँदे निर्देशन दिँदै प्रमुख साहले सबै पक्षसँग सहमति, सहकार्य गरी लहान नगरपालिकालाई २ नं प्रदेशकै नमूना नगरपालिकाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेपूरा पढ्नुहोस्


भरतपुरको वाणिज्य बैंकबाट ७ दिनमा ३ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

  असोज ११, चितवन नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत ७ दिनमा करिब रु. ३ अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ । असोज १ गतेबाट बैंकिङ कारोबार भएका ७ दिनमा सो रकम वितरण गरिएको हो । बैंकका प्रबन्धक हेमराज मरहठ्ठाका अनुसार नोटको अभाव नभएकाले मागे जति रकम वितरण गरिएको बताए । गत वर्षहरुमा दशैँको बेला नोटको अभाव हुनेगर्दथ्यो । नोटकोषको जिम्मेवारी भएकाले जिल्लामा रहेका सबै बैंक तथा वित्तीय संस्थाले यसै शाखाबाट नोट लैजाने गर्दछन् । मरहठ्ठाका अनुसार जिल्लाका अधिकांश सरकारी र गैरसरकारी कार्यालयका खाता यसै बैंकमा भएकाले उनीहरुमार्फत पनि ठूलो मात्रामा रकमपूरा पढ्नुहोस्


१३४ स्थानीय तहको मतपरिणाम आयो, २ को बाँकी

  असोज ११, काठमाडौँ यही असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आज दिउँसो १ बजेसम्म १३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)बाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगञ्ज महानगरपालिका र राजविराज नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । वीरगञ्ज महानगरपालिकाका ३२ वडामध्ये ३० वटा वडाको मत परिणाम सार्वजनिक भएको र बाँकी दुई वडामध्ये वडा नं १७ को मतगणना सम्पन्न भई घोषणा हुने क्रममा रहेको तथा वडा नं १६ को अन्तिम मतपरिणाम आज बेलुकासम्म प्राप्त हुने अपेक्षा गरिएको आयोगका प्रवक्ता नवराज ढकाललेपूरा पढ्नुहोस्


कीर्तिपुरको लायकु क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गरिने

असोज ११, काठमाडौँ कीर्तिपुर नगरपालिकाले स्थानीय लायकुस्थित दरबार क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने भएको छ । दरबार क्षेत्र तथा त्यसवरपर क्षेत्रका सम्पदालाई संरक्षण गरी त्यसलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न लागिएको हो । शिवदेव तेस्रोले बस्ती बसालेको कीर्तिपुरको ऐतिहासिक बस्तीमा पर्यटन विकास गरी स्थानीयवासीको आयआर्जन बढाउने उद्देश्य राखिएको छ । अहिले त्यस क्षेत्रमा अस्तव्यस्त बस्ती विकास भएकाले पनि त्यहाँको महत्वमा ह्रास आएको छ । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौँ उपत्यकामा विजय प्राप्त गरेपछि सो दरबारको केही भाग भत्काइएको र केहीमा संरक्षण नपुगेर भत्केको थियो । दरबार क्षेत्रका विभिन्न मन्दिर तथा सम्पदा भूकम्पपछि जीर्णोद्धार भएकाले अहिले मर्मत कार्य भइरहेको छपूरा पढ्नुहोस्