Main Menu

Friday, September 1st, 2017

 

स्वास्थ्य मन्त्रालयबाट स्थानीय तहलाई अधिकार हस्तान्तरण सुरु

देशैभरका प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति विघटन

भदौ १६, काठमाडौं । नयाँ नेपालको संविधानले स्थानीय तहलाई स्वास्थ्य, शिक्षा, विकास निर्माण, कानुन निर्माण, न्याय सेवालगायत सरकारले गर्ने थुप्रै कार्य स्थानीय सरकारको हैसियतमा गर्ने गरी अधिकार प्रदान गरेको छ । अहिले दुई चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भई ६ वटा प्रदेशमा स्थानीय तह निर्माण भइसकेको छ । यसैबीच संविधान अनुसार स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयले आफ्नो क्षेत्राधिकार भित्रको कार्यकारी अधिकार हस्तान्तरण गर्ने काम सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार गत भदौ ९ गते मन्त्रालयले निर्णय गरी देशैभरका सार्वजनिक प्राथमिक स्वास्थ्य केन्द्रहरु, मातहतका आयुर्वेदिक औषधालयहरु, स्वास्थ्य चौकी तथा उप-स्वास्थ्य चौकीहरुका विद्यमान व्यवस्थापन समितिहरु खारेज गरी ती सबै सार्वजनिक स्वास्थ्यपूरा पढ्नुहोस्


सेजन अध्यक्षमा आचार्य निर्वाचित

  भदौ १६, काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज(सेजन)का अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन् । यहाँ आज सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मोदनाथ ढकालले १०६ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी रामराजा श्रेष्ठले ८८ मत प्राप्त गरे । महासचिवमा भीमप्रसाद गौतमले १०६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी जनार्दन बरालले ७० र अर्का उम्मेदवार अनुजराज ढुंगेलले ४९ मत प्राप्त गरे । सचिव सुजन ओलीले १३० मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नवीन अर्याललेपूरा पढ्नुहोस्


युवा संघको बैठक स्थगित

  भदौ १६, काठमाडौँ । नेकपा (एमाले) निकट युवा संघ नेपालको केन्द्रीय समितिको बैठक स्थगन भएको छ । आजदेखि शुरु हुने भनिएको बैठक प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको संघका अध्यक्ष राजीव पहारीले जानकारी दिए । आजदेखि दुई दिनसम्म नवौँ महाधिवेशनको तयारीका लागि संघले केन्द्रीय कमिटी बैठकको आयोजना गरेको थियो । बैठकले विधान संशोधन, महाधिवेशन आयोजक समिति बनाउनेजस्ता महत्वपूर्ण निर्णय गर्ने बताइएको थियो । महाधिवेशन आगामी असोज २२ देखि २४ सम्मका लागि तय गरिएको छ । हरेक ३-३ वर्षमा हुने संघको महाधिवेशन २०६९ फागुनमा भएको आठौँ महाविधेशनपछि हुन सकेको छैन । वि.सं. २०७१ मा निर्वाचितपूरा पढ्नुहोस्


आचारसंहिता पालनामा कडा नीति अपनाइनेछ – प्रमुख निर्वाचन आयुक्त यादव

  भदौ १६, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता पालनामा कडा नीति अवलम्बन गर्ने बताएका छन् । स्थानीय तहको आगामी असोज २ गते हुने निर्वाचनमा अनुगमनमा खटिने सरकारका सचिव एवं सहसचिवका लागि आयोजना गरिएको अभिमुखीकरणमा उनले आचारसंहिता पालनाविरुद्धको विषयमा शुन्य सहनशीलताको नीति अपनाइने बताए । “उम्मेदवारबीच जसरी पनि निर्वाचन जित्ने मनसाय हुन्छ । अहिले राहतका नाममा आचारसंहिता उल्लंघनको घटना भइरहेका छन् । समन्वयको अभावले हुने कमीकमजोरीलाई हटाउनेतर्फ अनुगमनकर्ताले विशेष भूमिका निर्वाह गर्नुपर्छ” – डा यादवले भने । आयुक्त सुधीरकुमार शाहले आयोग निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन तथा पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्ध रहेको बताए ।पूरा पढ्नुहोस्


धनगढी विमानस्थलबाट उडान थपिँदा राहत

  भदौ १६, धनगढी । सडक यातायातबाट काठमाडौंसम्मको यात्रा गर्न सास्ती खेपिरहेका यस क्षेत्रका उपभोक्ताले धनगढी विमानस्थलवाट एकपछि अर्को गर्दै हवाई सेवा थपिन थालेपछि राहत महसुस गरेका छन् । धनगढी विमानस्थलवाट अहिलेसम्म दैनिक नेपाल एयर लायन्सले १, निजी क्षेत्रको बुद्ध एयरले २ र श्रीएयर लायन्सले १ उडान भर्दै आएकामा आजदेखि निजी क्षेत्रकै सौर्य एयरलाइन्सले काठमाडौँ–धनगढी नियमित उडान सुरु गरेको छ । सडक यातायातमार्फत काठमाडौँलगायत पूर्वी क्षेत्रमा पुग्न ७ नं प्रदेश सुदूरपश्चिमका उपभोक्ताले निकै सास्ती खेप्नुपरेको अवस्थामा हवाई कम्पनीले एकपछि अर्को उडान थालेपछि यात्रा सहज बनेको सौर्य एयर लायन्सबाट काठमाडौं उडेका कैलालीका धर्मराज भट्टले बताए । आजदेखि निजी वायु सेवा कम्पनीपूरा पढ्नुहोस्


‘प्राध्यापक कुनै वैचारिक संगठनमा देखिन हुँदैन’

professors-should-not-involve-in-intellectual-organization

  भदौ १६, काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले विश्वविद्यालयअन्तर्गत क्रियाशील प्राध्यापक कुनै पनि वैचारिक संगठनमा देखिन नहुने बताएका छन् । त्रिवि, पाटन संयुक्त क्याम्पसको ६४ औँ वार्षिकोत्सवमा मन्त्री प्रधानले विश्वविद्यालयमा दलीय भागबण्डाका आधारमा गरिने नियुक्तिका कारण उनीहरु विभक्त हुन बाध्य रहेको बताउँदै त्यस किसिमले गरिने नियुक्तिलाई अन्त्य गरी ज्येष्ठता र योग्यतालाई आधार बनाउनुपर्नेमा जोड दिए । प्राध्यापकलाई प्राध्यापन क्षेत्रमा काम गर्दा तटस्थ भई सबै पक्षको साझा भएर अनुसन्धानमा लाग्नुपर्ने सुझाव पनि उनले दिए । अर्थराज्यमन्त्री उदयशम्शेर राणाले क्याम्पसको भौतिक संरचना तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । सांसद मदनबहादुर अमात्यले भ्रष्टाचारीलाई राजनीतिमा ल्याउनका लागि संसद्मा केही नेतालेपूरा पढ्नुहोस्


प्राधिकरणका कर्मचारीले दुःख दिए यति नम्बरमा फोन गर्नुस्

  रमेश लम्साल भदौ १६, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन । महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगर्ने प्रवृत्ति कायमै छ । त्यस्तो व्यवहार गर्नेलाई कारबाही नभएको अनुभव धेरैसँग छ । तर अबको केही दिनपछि तपार्इंको गुनासो सम्बोधन नगर्ने र नोलाइट शाखामा फोन नउठाउनेलाई उपभोक्ताले सीधै गुनासो गर्ने र कारबाहीको दायरामा ल्याउने संयन्त्र सञ्चालनमा आउने भएको छ । ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले निःशुल्क ११५१ टेलिफोन नम्बरपूरा पढ्नुहोस्


प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्छ – नेपाल

state-central-election-single-phase-needed

भदौ १६, चितवन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्ने बताएका छन् ।  नेपाल दूरसञ्चार कर्मचारी संघको आठौँ केन्द्रीय परिषद्को आज पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उनले एकै चरणमा निर्वाचन हुँदा सबैलाई सहज हुने भए पनि सरकारले मंसिरमा चरणबद्ध निर्वाचन गरेर जनता झुक्काउने काम गरेको दोषारोपण गरे । समय-समयमा मिति सार्दै जाँदा निर्वाचन नहुने खतरा बढ्ने बताउँदै उनले सरकार निर्वाचन गराउनभन्दा पनि कर्मचारी भर्ना, सरुवा, बढुवामा लागेको आरोप लगाए ।  पर्यटक भित्र्याएर मुलुक समृद्ध बनाउनका लागि वार्षिक १ करोड पर्यटक भित्र्याउने तयारीमा लाग्न सरकारलाई आग्रह गरे । नेपाल टेलिकमका कर्मचारीलाई राजनीति छाडेर गुणस्तरीयपूरा पढ्नुहोस्


दशैँका लागि भदौ २२ गतेदेखि टिकट खुला

  भदौ १६, काठमाडौँ । यातायात व्यवसायीले दशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् । सरकारको पहलमा यातायात व्यवस्था विभाग मीनभवनमा विभागका कर्मचारी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभोक्तावादी र यातायात व्यवसायीबीच आज बसेको बैठकले काठमाडौँबाट चल्ने लामो तथा मझौला दूरीको बसको टिकट खुला गर्ने निर्णय गरेको हो । लामो समयदेखि यातायात व्यवसायीले बसमा यात्रुको सामान राख्न छतको व्यवस्था हुनुपर्ने भन्दै टिकट खुलाउनेबारेमा अटेर गरे पनि विभागले मन्त्रिपरिषद्बाट छत राख्ने निर्णयका लागि पहल गर्ने आश्वासन दिएपछि व्यवसायी टिकट खुलाउनेबारे सकारात्मक देखिएका हुन् । विभागका महानिर्देशक रुपनारायण भट्टराईले व्यवसायीकोपूरा पढ्नुहोस्


बुटवल उपमहानगरपालिकाको बजेट १ अर्ब ६३ करोड

  भदौ १६, बुटवल । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले प्रदेश नम्बर ५ लाई विभाजन गर्ने प्रयास असफल बनाएजस्तै बुटवललाई प्रदेशको राजधानी हुन रोक्न खोज्ने प्रयासलाई पनि असफल बनाइने बताएका छन् । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले बुटवल उपमहानगरको बजेट तथा कार्यक्रम नगरका जनताको भावनाअनुकूल आएको बताए । उनले बुटवलका जनताको स्वस्थ्य, शिक्षा, खानेपानी विकासका पूर्वाधारलगायत बुटवलको सबैभन्दा समस्याको रुपमा रहेको अव्यवस्थित बसोबासको समस्या समाधानमा केन्द्रित भएको बताउँदै अब यसको पूर्णतया कार्यान्वयनमा जनप्रतिनिधिको ध्यान जानु जरुरी भएको बताए । गत साउन ३२ गतेबाट सुरु भइ भदौ ११ गतेपूरा पढ्नुहोस्