Main Menu

Saturday, September 30th, 2017

 

अमेरिकाले कर्मचारी फिर्ता गर्ने निर्णय हतार हुनसक्छ— क्युबा

असोज १४,  वासिङ्टन   संयुक्त राज्य अमेरिकाले क्युबाको आफ्नो दूताबासबाट कूटनीतिक सेवाका करिब ६० प्रतिशत कर्मचारी फिर्ता गर्न गरेको भनिएको निर्णय निकै हतारमा आएको क्युबाले जनाएको छ । क्युबाली विदेश मन्त्रालयका अमेरिका डेस्कका महानिर्देशक जोसेफिना विदालले भनिन्— यो निर्णय अत्यन्तै हतारमा आएको छ । यसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा पनि असर पार्नसक्छ । अमेरिका र क्युबा शतीयुद्धकालीन समयदेखि नै सत्रुता भएका देश हुन् । क्युबा र अमेरिकाबीच करिब पाँच दशक लामो समयदेखि कूटनीतिक बैमनस्यता थियो । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको विशेष पहलमा यी दुई देशबीच सन् २०१५ मा कूटनीतिक सम्बन्धमा पुनः सुधार भएको थियो । सोही बर्ष नै क्युबामापूरा पढ्नुहोस्


अवरुद्ध सिद्धबाबा सडकखण्ड चौध घण्टापछि सञ्चालन

असोज १४,  रामपुर (पाल्पा) । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा पहिरो झरेपछि अवरुद्ध सडक १४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । शुक्रबार राति सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको सडक आज दिउँसोबाट सञ्चालनमा आएको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले जानकारी दिए । सडक अवरुद्ध हुँदा सयौँ यात्रु र सवारी साधन अलपत्र अवस्थामा रहेका थिए । सडक सञ्चालन भएपछि यात्रु आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् । अहिले यहाँ गाडीको चाप बढ्दो छ । गएरातिदेखि अविरल वर्षाका कारण सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । ठूलो प्रयासपछि सडक सञ्चालनमा ल्याउन सकिएको प्रहरीले जनाएको छ । रासस


कथा

सलिम

मलाई एउटा कथा लेख्नु थियो । मैले कथाको शीर्षक पनि सोचिसकेको थिएँ–सलिम । सलिम मेरो बाल्यकालेको साथी–मुसलमान । उसको बाबु एकलैनी बजार जाने गल्लीको मुखैनेर बसेर जुत्ता सिउँथ्यो । पालिस गथ्र्यो । मोची भन्थे सबै उसलाई । असलम नाम थियो क्यार उसको । हाम्रो घरअगाडि नै सडकको पूर्वपट्टि मुसलमानहरुको स–सानो बस्ती थियो । मुसलमान बस्तीमा पक्की घर एउटा पनि थिएन । सबै घर कच्ची । माटाको परखाल र फुसको छानो । सबै एउटा वा दुईटा कोठाका घर । असलम तिनै घरहरुमध्ये कुनैमा बस्थ्यो । ♦ मलाई केटाकेटीमा माछा मार्न असाध्य मन पथ्र्यो । स्कूलबाट फर्किनासाथ आफ्नो घरपछाडि लुकाइराखेको ‘कटिया’ लिन्थेंपूरा पढ्नुहोस्


जीवन–सृष्टि अजैविकबाट भएको पुष्टि गर्ने

प्रयोगशालामा आविष्कार गरिएको सृष्टि कालको जीवकोष !

जीवन–सृष्टि कसरी र केबाट भयो भन्ने सवालबारे हजारौं वर्षपहिले मानव चिन्तनको विकास भएदेखि नै बिभिन्न बिचारहरु निर्माण हुँदै आए । सुरुको मानव ज्ञान र चेतनाले जीवनको सिर्जना बनिबनाउ रुपले भएको भन्नेसम्म सोच्न भ्याए । (अहिले प्राकृतिक विज्ञानले जीवन सुरुमा सोचिएजस्तो बनिबनाउ रुपमा होइन, बरु सुरुमा सूक्ष्म एक कोषीय जीवको रुपमा सृष्टि भई उद्विकासको प्रकृयाबाट लाखौं, करोडौं र अरबौं वर्षको अन्तरालमा सुस्तसुस्त एक कोषीयबाट बहुकोषीय हुँदै सरल जीवहरुबाट क्रमशः जटिल जीवहरु विकसित भई पछिल्लो समयसम्ममा उच्च विकसित मानव जातिको विकास भएको हो भन्ने कुराको पुष्टि गरिसकेको छ ।) बनिबनाउ रुपमा जीवन–सृष्टि हुनका लागि त कुनै ठूलै र अस्वभाविक शक्तिको आवश्यक तपूरा पढ्नुहोस्


सहमतिपछि चिकित्सकको हडताल स्थगित

असोज १४, काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा शुक्रबार नेपाल चिकित्सक सङ्घ र सरकारी पक्षबीच भएको वार्तामा चारबुँदे सहमतिसँगै चिकित्सकले अस्पतालमा जारी राखेको हडताल अन्त्य गरेका छन् । उपचारमा चिकित्सकको लापरबाही भई बिरामीको मृत्यु भएमा चिकिसकबाट क्षतिपूर्ति भराउने सम्बन्धी कानून ल्याउन लागेको भन्दै सङ्घको आह्वानमा यही असोज २ गतेको मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका सम्बन्धमा बनेको ऐन २०६६ मा परिमार्जनबारे छलफल हुँदा आफूहरुको पेशागत सुरक्षामा खतरा आउने भन्दै देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सेवा बन्द हडताल गरिएको थियो । अब सहमतिमै ऐन र नियमावली संशोधन हुनेछ । सहमतिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको जिम्मेवारी, कार्यदक्षता र सो अनुरुपको पारिश्रमिक तथा सुविधालाई समयानुकूलपूरा पढ्नुहोस्