Main Menu

Monday, September 4th, 2017

 

मिलापत्रमै सकिन्छन् छुवाछूतका घटना – अध्ययन

  भदौ १९, काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूतका घटना मिलापत्रमै सीमित हुने अध्य्यनले देखाएको छ । समता फाउण्डेशनले छुवाछूत ऐन जारी भएको पाँच वर्षका अवधिमा ऐनको कार्यान्वयनको गहन समीक्षा गर्न सुनसरी, सप्तरी, बारा, दैलेख, कैलाली, इलाम, मकवानपुर, उदयपुर, बर्दिया र बैतडी जिल्लामा गरेको अध्ययनमा यस्तो तथ्य देखिएको जनाइएको छ । समता फाउण्डेशन, जागरण मिडिया सेन्टरलगायत संघसंस्थाद्वारा यहाँ आज आयोजित ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐनको प्रभावकारी कार्यान्वयनका लागि महिला नेतृत्वको भूमिका’ विषयको अन्तरक्रियामा उक्त अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको थियो । अध्ययनअनुसार जातीय भेदभाव तथा छुवाछूतका घटना मिलापत्रमै सीमित गर्ने, छुवाछूतसम्बन्धी जाहेरी लिन प्रहरीले आनाकानी गर्ने र अपराधलाई ढाकछोपपूरा पढ्नुहोस्


माओवादीले मात्रै सबैलाई मिलाएर लान सक्छ – अध्यक्ष दाहाल

country-unified-prachanda

  भदौ १९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, पहाड र तराईलाई केन्द्रित गर्न सक्ने शक्ति आफ्नो पार्टी मात्रै भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता शिवपूजन यादवसहितका सयौँ नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले ‘नेपालमा अन्धराष्ट्रवादको नाममा अतिवाद हाबी भएकाले’ त्यसलाई खारेज गरेर मुलुकलाई एकीकृत गर्न सक्ने क्षमता र तागत माओवादी केन्द्रसँग मात्रै भएको धारणा राखे । मुलुकलाई एकताबद्ध बनाउने विचार र तागत माओवादी केन्द्रसँग मात्रै भएको जिकिर गर्दै उनले अन्धराष्ट्रवादका नाममा मुलुकलाई विखण्डन गर्ने र अराजकता मच्चाउनेलाई नेपाली जनताले चिन्ने बताए । मुलुकको ‘जीवनरेखा’का रुपमा रहेकोपूरा पढ्नुहोस्


फोरम नेपालका अधिकांश स्थानमा उम्मेदवारको टुङ्गो

भदौ १९, गौशाला । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल महोत्तरीले अधिकांश स्थानमा उम्मेदवारको टुङ्गो लगाएको छ । महोत्तरी जिल्लामा १५ स्थानीय तह छन् । तीमध्ये ११ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाइएको सो पार्टीका जिल्ला अध्यक्ष रामनरेश रायले जानकारी दिए । उनका अनुसार गौशाला नगरपालिकाको प्रमुखमा रामकुमारी महतो र उपप्रमुखमा रमेशकुमार यादव, रामगोपालपुर नगरपालिकाको प्रमुखमा अशोककुमार यादव र उपप्रमुखमा अकबरी बेगम, मटिहानी नगरपालिकाको प्रमुखमा रामानन्द यादव र उपप्रमुखमा फूलोदेवी मुखियाको नाम टुङ्गो लगाइएको छ । त्यस्तै भङ्गहा नगरपालिकाको प्रमुखमा मिथलेशकुमार यादव र उपप्रमुखमा छठिया खातुन, बलवा नगरपालिकाको प्रमुखमा नागेन्द्रप्रसाद यादव र उपप्रमुखमा सीमादेवीपूरा पढ्नुहोस्


दरबारमार्गका ब्राण्डेड पसलमा सिलबन्दी, २ हजारका सामान २६ हजारमा बिक्री

  भदौ १९, काठमाडौँ । आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसलमा आज सिलबन्दी गरेको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएपछि ती पसल सिलबन्दी गरिएको हो । दरबारमार्गका स्टोरवन, ब्रेन्टली, पुमा र नाइकी पसल सिलबन्दी गरिएको हो । ती पसलमा बिल बीजक नभएको, बढी मूल्य लिएको र वास्तविक मूल्यमा अत्यधिक वृद्धि गरी दशैँ छुट गरिएको भेटिएकाले सिलबन्दी गरिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए । नाइकीले रु. ४ हजार ७०० खरिद बिलको जुत्ता रु. २६ हजार ९९० मा बिक्री गरेको र रु. २ हजार ६०० को सामान रु. २६ हजारमा बिक्री गरेकोपूरा पढ्नुहोस्


प्राधिकरणको टोलफ्री नम्बर सञ्चालनमा, मोबाइल एप पनि आयो

  भदौ १९, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ ११५१ नम्बरको टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री महेन्द्रबहाहुर शाहीले उक्त टोलफ्री नम्बरको उद्घाटन गरे । ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले निःशुल्क ११५१ टेलिफोन नम्बर सञ्चालनमा ल्याएको हो । प्राधिकरणका कर्मचारीले दुःख दिए, गुनासो सम्बोधन गरेनन् वा कुनै सेवा लिँदा घुस मागे भने पैसा नलाग्ने सो नम्बरमा फोन गर्न सकिने मन्त्री शाहीले जानकारी दिए । महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगरे नोलाइट शाखामा फोन नउठाउनेलाई उपभोक्ताले सिधै गुनासो गर्न सक्नेपूरा पढ्नुहोस्


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बाटो खुला, विधेयक पारित

विष्णु नेपाल भदौ १९, काठमाडौँ । बहुप्रतिक्षित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी अलगअलग विधेयकलाई व्यवस्थापिका–संसद्ले पारित गरेको छ । ती विधेयक पारित भएसँगै निर्वाचन आयोगलाई प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न बाटो खुला भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अगामी मंसिर १० र २१ गते हुँदैछ । निर्वाचन आयोगले छिटोभन्दा छिटो ती कानूनको माग सरकारसित गर्दै आएको थियो । व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठकले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनसम्बन्धी छुट्टाछुट्टै विधेयक पारित गरेको थियो । गृहमन्त्री जनार्दन शर्माले ती विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सदनसमक्ष प्रस्तुत गरेका थिए । विधेयकमा के छ त ? प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयकमा समानुपातिकतर्फ ३पूरा पढ्नुहोस्


लोकसेवाको फारामको दस्तुर बुझाउन पनि अब लाइन बस्नु नपर्ने

भदौ १९, काठमाडौँ । लोकसेवा आयोगमा अब दरखास्त फारामको दस्तुर बुझाउन लाइन लाग्नु नपर्ने भएको छ । यसै आर्थिक वर्षदेखि बैंकिङ प्रणालीबाट परीक्षार्थीको दरखास्त फारामको दस्तुर लिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । आयोगले ग्लोवल आइएमई बैंकमार्फत् अनलाइन फाराम भरेका परीक्षार्थीको रकम लिने भएको हो । परीक्षार्थीले अनलाइनबाट फाराम भरेपछि मास्टर कोड लिएर बैंकबाट दस्तुर बुझाउन सक्ने छन् । अनलाइनमा फाराम भरे पनि आयोगमा दस्तुर बुझाउन परीक्षार्थीले लाइन नै लाग्नुपर्ने अवस्था थियो । सुवेदीले उपत्यका बाहिरबाट फाराम भर्ने परीक्षार्थीका लागि भने बैंकबाट दस्तुर बुझ्ने व्यवस्था नगरिएको बताए । आयोगले ग्लोबल बैंकका काठमाडौँ रहेका १३ वटा शाखाबाट रकमपूरा पढ्नुहोस्


थलीमा बालुवा तस्करी तीव्र

thali-illegal-sand-smuggling-continue

  भदौ १९, काठमाडौँ । वर्षामा नदीबाट बालुवा निकाल्न रोकिए पनि कागेश्वरी मनोहरा नगरपालिकास्थित वाग्मती नदी किनारबाट दिउँसो बालुवा निकाली राति ट्रकका ट्रक चोरी तस्करी भइरहेको छ । नगरपालिकाको वडा नं ४ थलीस्थित वाग्मती नदी किनारमा बालुवाको थुप्रो देख्न सकिन्छ । यहाँ बिहानैदेखि एक दर्जन कामदार नदीमै पसेर बालुवा निकालिरहेका भेटिन्छन् । नदीसँग जोडिएको सार्वजनिक जग्गामा रहेको बालुवाको ढिस्कोबाट पनि बालुवा निकालिएको छ । स्थानीय श्याम सिम्खडा महानगरीय प्रहरी प्रभाग थलीले बालुवा झिक्ने समूहसँग मिलेमतो गरी नदी र सार्वजनिक जग्गाबाट बालुवा निकाली चोरी तस्करी भइरहेको बताउँछन् । प्रहरी प्रभाग थलीका प्रहरी हवल्दार विनेश कार्की भने बालुवा झिकेको सूचना पाएर समात्नपूरा पढ्नुहोस्


सिजन सुरु भएसँगै भरिन थाले होटल, ७५ प्रतिशत बुकिङ

  भदौ १९, काठमाडौँ । पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ हुन थालेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए । होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा ९ लाखभन्दा बढी पर्यटक भित्रने अवस्था रहेको हानका महासचिव विनायक शाहले बताए, जुन अहिलेसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी सन् २०१२ मा ८ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । यसमा पनिपूरा पढ्नुहोस्


भन्सार छलीका सामान वरामद

भदौ १९, काठमाडौँ । महानगरीय अपराध महाशाखाको टोलीले अवैध मोवाइल तथा लत्ताकपडासहित आज तीनजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौँ उपत्यकाभित्र केही व्यक्तिहरु भन्सार छली अवैधरुपमा मोवाइल तथा लत्ताकपडा चोरी पैठारी गरी भारतबाट काठमाडौँ ल्याएको अवस्थामा स्वयम्भुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही घर भएका बसका चालक बलबहादुर दवाडी, काठमाडौँका जितेन्द्र डंगोल र दोलखाका सहचालक पासाङ लामा रहेका छन् । महाशाखाले पक्राउ परेकासँग विभिन्न कम्पनीका मोबाइल १३४ थान, कुर्ता टप्स एक हजार ६१३, फ्रक ३७, कटन पेन्ट १०१, लेहेन्गा १९, सारी १८, कुर्ता सुरुवाल ३७ र प्यारालाल सुरुवाल १२ थान बरामद गरेको छ ।