Main Menu

Saturday, September 16th, 2017

 

मुलुकभर गर्मी ह्वात्तै बढ्यो, कारण यस्तो

भदौ ३१, काठमाडौँ । मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ । आकासमा बादल सक्रिय नहुँदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण राजधानी काठमाडौँसहित देशभरको तापक्रम वृद्धि भएको छ । खासगरी पूर्वी तथा मध्य तराई क्षेत्रमा दुई दिनदेखि तातो बढेका कारण सर्वसाधारणलाई कठिनाइ भएको छ । ती स्थानबाट असाध्यै तातो भएको जिज्ञासा सर्वसाधारणले मौसम पूर्वानुमान महाशाखासँग गरेका छन् । मनसुन कमजोर भएसँगै बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा आउन नसकेका कारण गर्मी बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । “वर्षा गराउने जलबास्पयुक्त हावा कमजोर रुपमा आएकाले मनसुनी गतिविधि बढ्न सकेकोपूरा पढ्नुहोस्


नगरपालिकाभरि नै छैन प्रहरीचौकी

  भदौ ३१, दैलेख । दैलेखका विभिन्न ११ वटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रासैनी नगरपालिकामा प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ । स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीचौकी आवश्यक भएको उक्त स्थानमा अहिले स्थानीय निकायको मुख्य केन्द्र बनेपछि झनै आवश्कता खड्किएको छ । यसअघि माथिल्लो कर्णाली आयोजनाको सुरक्षाको लागि पालेतडामा रहेको प्रहरी चौकीले सुरक्षा हेर्ने गरेको थियो । पालेतडाबाट सदरमुकामसम्म पुग्न ४ घण्टा लाग्छ । अहिले नगरपालिका निर्माण भएको स्थानको मुख्य केन्द्र भन्दा निकै टाढा अपायक पर्ने स्थानमा प्रहरीचौकी रहेकोले समस्या भएको दैलेख प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रमुख सरोज पौड्यालले चामुण्डा बिन्द्रासैनी नगरपालिकाको लागि इलाका प्रहरीचौकी माग गरेर पठाएकोपूरा पढ्नुहोस्


राष्ट्रियता सुदृढीकरणका लागि एमाले नै चाहिन्छ – नेता खनाल

  भदौ ३१, काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा राष्ट्रियता सुदृढीकरणका लागि आफ्नो पार्टीको नेतृत्व आवश्यक रहेको बताएका छन् । ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्चले दशैँ, दीपावली, नेपाल संवत, छठ पर्वको उपलक्ष्यमा आज आयोजित शुभकामना कार्यक्रममा उनले भने, “एमालेले अवलम्बन गरेको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिका आधारमा भारतसँग भएका असमान सन्धि खारेज गरी नयाँ सम्झौताका लागि पुनरावलोकन गर्न जोड दिइएको छ ।” नेता खनालले दशैँ कुनै एक जाति विशेषको मात्र नभएर सम्पूर्ण नेपालीले मनाउने राष्ट्र पर्व भएको बताउँदै देशमा मनाइने विभिन्न संस्कृतिले मुलुकलाई एकताबद्ध गर्न ठूलो सहयोग पुगेको धारणा व्यक्त गरे । पार्टीका सचिव योगेश भट्टराईले मुलुकमा कायम रहेकोपूरा पढ्नुहोस्


निर्वाचनको सम्पूर्ण तयारी पूरा – निर्वाचन आयोग

  भदौ ३१, काठमाडौँ । निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । तेस्रो चरणमा प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । उक्त निर्वाचनका लागि ती जिल्लामा ३ हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ । प्रदेश नं २पूरा पढ्नुहोस्


५ वर्षमा ३६ अर्ब लगानी गर्दै जलविद्युत् लगानी कम्पनी

रमेश लम्साल भदौ ३१, काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ । कम्पनीले आगामी ५ वर्ष रु ३६ अर्ब आक्रमक रुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्यसमेत प्रक्षेपण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले कम्पनीले आगामी ५ वर्षका लागि व्यावसायिक योजना तयार पारी ३ हजार २३८ मेगावाट क्षमताका आयोजना निर्माणमा उक्त परिमाणको रकम लगानी गर्ने योजना अगाडि सारेको बताए । कम्पनीको व्यावसायिक योजना सञ्चालक समितिले अनुमोदन गरिसकेको छ । सञ्चालकपूरा पढ्नुहोस्


माओवादी गिरेको आफ्नै अहंकारले – अध्यक्ष दाहाल

  भदौ ३१, रुकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी रहेको माओवादी केन्द्र आफ्नै अहंकारले तेश्रो बनेको बताएका छन् । पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको रुकुमकोटमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने, “जनयुद्धमा जनताकाबीचमा हामी थियौँ । उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौँ । शान्ति प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताका बीचमा जानुपर्ने हो, त्योअनुरुप जान सकिएन । फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणाम आएन । तर पनि हाम्रो ऐजेण्डा जितेको छ ।” “आफूहरुले चलाएको जनसत्ताको वैधानिक रुप नै अहिलेको स्थानीय सरकार भएको छ, कसैले माने पनि नमाने अहिलेको स्थानीय तह हिजोका जनसत्ता नैपूरा पढ्नुहोस्


सप्तरीका सीमा नाका ७२ घण्टाका लागि बन्द

congress-leader-aryal-construct-20-houses

  भदौ ३१, राजविराज । तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सप्तरी जिल्लास्थित नेपाल–भारत सीमा आजबाट ७२ घण्टाका लागि बन्द गरिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि असोज २ गते सोमबारसम्म ७२ घण्टाका लागि सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ । निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त दुरुस्त र सुदृढीकरण समेत बनाइएको उनले आज जानकारी दिए । जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका १८ वटै स्थानीयपूरा पढ्नुहोस्


सन्दर्भ : संविधान दिवस

संविधान कार्यान्वयनसँगै महिला र दलित समुदाय उत्साही

भदौ ३१,  काठमाडौँ । मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पुगेको छ । लामो समयको जनताको ब्यग्र प्रतीक्षापछि जारी भएको संविधानले महिला, आदिवासी जनजाति, दलित, पिछडा वर्गलगायत सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गरेको छ । यो दुई वर्षमा संविधानमा लिपिबद्ध भएका अधिकार कार्यान्वयनले गति लिएको छ । संविधानमा व्यवस्था भएअनुसार नै मुलुकले पहिलो महिला राष्ट्रपति र पहिलो महिला सभामुख पाएको छ । सरकारमा महिलाको सहभागिता बढेको छ । संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनमा महिला, दलित तथा अन्य उत्पीडित समुदायबाट पनि महानगरपालिका प्रमुख, नगरपालिका प्रमुख, गाउँपालिकाको अध्यक्ष, वडाध्यक्ष र सदस्य बनेका छन् । त्यसैगरी अंशमा महिलाकोपूरा पढ्नुहोस्


भोट खसाल्न धमाधम मतदाता घर लाग्दै

local-election-voting-confusion

भदौ ३१,  विराटनगर । विराटनगरमा बस्दै आइरहेका सप्तरी, सिरहा र धनुषा जिल्ला स्थायी बासिन्दा मतदान गर्न आ–आफ्ना पुर्ख्यौली घर फर्कन थालेका छन् । प्रदेश नं–२ मा असोज २ गते अर्थात् सोमबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न जानेमा विराटनगरमा घर बनाएर बस्दै आइरहेका परिवार, कर्मचारी, विद्यार्थीलगायत छन् । सप्तरी, सिरहा र धनुषा जिल्लाका करिब दुई हजार परिवार विराटनगरमा घर बनाएर बस्ने गरेको, ठूलो संख्यामा विद्यार्थी विभिन्न शिक्षण संस्थामा अध्ययन गरिरहेका छन् भने कतिपय सरकारी कर्मचारीका साथै विभिन्न उद्योग लगायतका कार्यरत छन् । दुई दशकको अन्तरालपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफूले मन पराएका उम्मेदवारलाई मतदान गर्न पुग्नुपर्ने हनुमानगर– कंकालिनीपूरा पढ्नुहोस्


उत्तर कोरिया आफ्नो पारमाणविक लक्ष्यमा पुग्नेछ–किम जोङ उन

भदौ ३१ । उत्तर कोरियाली राज्य मिडियाका अनुसार नेता किम जोङ उनले मुलुकको पारमाणविक लक्ष्यमा पुगेरै छाड्ने शपथ लिएका छन् । नेता उनको भनाइलाई उदृढ गर्दै केसिएनए समाचार संस्थाले ‘अमेरिकी सैनिक बलसँग बराबरीको स्थान हासिल गर्नु नै उनको उद्देश्य रहेको’ जनाएको छ । उत्तर कोरियाले जापानमाथिको आकाशमा पछिल्लो छेप्यास्त्र परीक्षण गरेको लगतै नेता किम जोङ उनको सो प्रतिक्रिया आएको छ । त्यस परीक्षणलाई उत्तर कोरियाले मुलुकको सबभन्दा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण भनी ब्याख्या गरेको छ । यस गतिविधिले दुई दिनअघि मात्र उत्तर कोरियाबिरुद्ध संयुक्त राष्ट्र संघले लगाएको नयाँ प्रतिबन्धको पछाडि एक भएका विश्वका शक्ति राष्ट्रहरुलाई बिभाजित गरेको छ । केसिएनएपूरा पढ्नुहोस्