Main Menu

Monday, September 18th, 2017

 

चीनसँग जोडिएका १३ नाका खोल्न प्रस्ताव गरिने

  असोज २, काठमाडौँ नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष यस्तो प्रस्ताव गरेका हुन् । नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी भएको उनले जानकारी गराए । वि.सं. २०५१ मा भएको दुई देश बीचको सडक यातायात सम्झौताका विषयमा वार्ता गर्न चीनको सरकारी प्रतिनिधिमण्डल आजै नेपाल आउने मन्त्रालयले जनाएको छ । यससम्बन्धी वार्ता गत वर्ष चीनको ल्हासामा भएको थियो । बुधबार मन्त्रालयका अधिकारी र चिनियाँ अधिकारीबीच वार्ता गरीपूरा पढ्नुहोस्


काठमाडौँमा १० वर्षभित्र विद्युतीय सवारी साधन चलाउने संकल्प प्रस्ताव

rolpa-delhi-bus-starts

  असोज २, काठमाडौँ नेपाली काँग्रेसका नेता तथा सांसद गगनकुमार थापाले काठमाडौँ उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका–संसद्मा आज दर्ता गरेका छन् । प्रस्तावमा सांसद रामेश्वर फुयाँल, दीपकप्रसाद कुइँकेल, कौशर शाह र कान्ता भट्टराईले समर्थन गरेका छन् । उपत्यकाको वायुप्रदूषणको प्रमुख कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रतिस्थापन गरी विद्युतीय सवारी साधनको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । संकल्प कार्यान्वयनका लागि कार्यतालिकासहितको कार्ययोजना बनाउन र नीतिगत, व्यवस्थापकीय, वित्तीय र संरचनागत व्यवस्था गरी कार्यन्वयन गर्नका लागि सरकारलाई निर्देशन दिन पनि प्रस्ताव गरिएको छ । विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक प्रोत्साहनका लागि निश्चित अनुदानकोपूरा पढ्नुहोस्


स्थानीय निर्वाचन उत्साहजनक रुपमा सम्पन्न, प्रमद्वारा धन्यवाद ज्ञापन

  असोज २, काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेका हुन् । नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी ३ तहको संघीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम जनताले दैनिक रूपमा देख्ने र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन गत वैशाख ३१ र असार १४ गते सम्पन्न भइसकेका छन् । प्रधानमन्त्री देउवाले तेस्रो चरणको निर्वाचन आज असोज २ गते प्रदेश नं २ अन्तर्गत ८पूरा पढ्नुहोस्


रोहिन्ज्याबारे राष्ट्रिय एकता आवश्यक – म्यान्माली सैनिक प्रमुख

असोज २, यांगुन म्यानमारका सैनिक प्रमुखले हालैका दिनमा देश छोडेर भागेको यहाँको मुस्लिम समुदाय, रोहिन्ज्याका बारेमा राष्ट्रिय रुपमा एकजुट हुन आग्रह गरेका छन् । रोहिन्ज्याहरुमाथि सैनिकले ज्यादती गरेको भन्ने आरोपपछि पहिलो पटक म्यानमारका सेनाको यस्तो प्रतिक्रिया आएको हो । “म्यानमारको सेनाले रोहिन्ज्या जातिका नागरिकमाथि ज्यादती गरेको, जसका कारण उनीहरु भाग्नु परेको भन्ने आरोप आएकोले यस विषयमा हामी स्पष्ट हुन चाहन्छौँ,” सैनिक प्रमुखले आइतबार भने । उनले त्यस प्रकारको ज्यादती नभएको दाबी गरे । उनले गएको २५ अगष्टमा रोहिन्ज्या जातिको जातीय विद्रोही लडाकूहरुले म्यानमारका दर्जनौँ प्रहरी चौकीमा सशस्त्र हमला गरेकोले सेनाले ती आक्रमणकारीमाथि कारबाही मात्र सुरु गरेको हो । म्यानमारको सेनाले उनीहरुमाथिपूरा पढ्नुहोस्


‘विदेशमा सिकेको सीपबाट रोजगारी सिर्जना गर्ने रणनीति बनाउनुपर्छ’

congress-leader-aryal-construct-20-houses

असोज २, काठमाडौँ वैदेशिक रोजगारीबाट फर्किएका कामदार तथा उनीहरुले आर्जन गरेको सीपको आधारमा क्षेत्रगत प्राथमिकता र रोजगारी सिर्जनाको रणनीति राज्यले बनाउनुपर्नेमा एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । सोलिडारिटी सेन्टरले ‘जस्टजब’ नेटवर्कसँगको सहकार्यमा आज सार्वजनिक गरेको ‘नयाँ नेपालको परिकल्पना : श्रम आप्रवासन र पुनःनिर्माण सापेक्ष रोजगारी सिर्जना’ प्रतिवेदनमा वैदेशिक रोजगारीबाट फर्किएकाको श्रम बजार अनुभव र सीपलाई आर्थिक वृिद्ध र रोजगारीको अवसरहरुको प्रवर्द्धन गर्ने उद्देश्यसहितका कार्यक्रम राष्ट्रिय रणनीतिमा समावेश गरिनुपर्ने उल्लेख छ । ग्रिगोरी र्याण्डोल्फ र प्राची अग्रवालले संयुक्त रुपमा तयार पारेको पतिवेदनमा विदेशमा सिकेको सीपलाई स्वेदशमा प्रमाणिकरण कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै भारतलगायत मुलुकले कामदारले रोजगारिको सिलसिलामा सिकेको सीपलाई मान्यता दिने कार्यक्रमपूरा पढ्नुहोस्


प्रमुख ४ पर्यटकीय शहर हवाई मार्गले जोडिएसँगै पर्यटनमा सहज

नारायण अधिकारी असोज २, चितवन   देशका प्रमुख ४ पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा शहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्काे शहरमा सिधा हवाई सेवा थिएन । अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई सेवा शुरु भएको छ । बुद्ध एयरले यी तीन शहर हवाई यातायातमार्फत् जोडेको हो । यससँगै छोटो समयका लागि नेपाल आउने विदेशी पर्यटक लाभान्वित हुने भएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे नारायणगढ–मुग्लिन सडक बिग्रिएको अवस्थामा पोखरासँग हवाई यातायातले जोडिँदा निकैपूरा पढ्नुहोस्


नेपालको सफल शान्ति प्रक्रियाको बारे विश्वलाई भन्छौँ – उपप्रम महरा

  असोज २, काठमाडौँ उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामार्फत नेपालको शान्ति प्रक्रियाको अवस्थाका बारेमा विश्व समुदायलाई स्पष्ट पारिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा महासभामा भाग लिन यही असोज ३ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने सिलसिलामा आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वले बुझ्ने गरी नेपालको शान्ति प्रक्रिया सफलरुपमा टुंगिएको जानकारी गराइने बताए । प्रधानमन्त्री देउवा राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नेछन् । प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्नेछन् । “केही पश्चिमा मुलुकले नेपालको शान्ति प्रक्रियाको संक्रमणकालीन न्यायकोपूरा पढ्नुहोस्


कर्मचारीको पदपूर्ति अहिलेलाई लोक सेवाले गर्ने

असोज २, काठमाडौँ सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज राज्य व्यवस्था समितिको बैठकमा कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी उपसमिति प्रतिवेदन पेश गर्दै प्रदेश लोकसेवा गठन नहुँदासम्म लोक सेवाबाट नै प्रदेश र स्थानीय तहका कर्मचारी पदपूर्ति गर्ने व्यवस्था गर्न थालिएको उपसमितिका संयोजक रेखा शर्माले जानकारी दिइन् । संविधानमा प्रदेश लोक सेवा आयोग प्रदेशसभाको निर्वाचनपछि मात्र हुने व्यवस्था गरिएको छ । उनले प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदको पदपूर्ति आयोगले गर्ने बताइन् । विधेयकमा सम्भव भएसम्म पतिपत्नीलाई एउटै संघ,पूरा पढ्नुहोस्


निर्वाचन अब कसैले रोक्न सक्दैन – मन्त्री थापा

असोज २, पोखरा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताएका छन् । पोखरा–लेखनाथ नगर होटल रेष्टुरेन्ट तथा बार एशोसिएशन ( सिटी रेवान) पोखराले प्रदर्शनी केन्द्रमा आजदेखि सञ्चालन गरेको छैठौँं सिटी रेवान महोत्सव तथा खाद्य मेलाको उद्घाटन गर्दै यी दुई निर्वाचन सम्बन्धी कानून बनाएर निर्वाचन आयोगलाई दिइसकिएकाले निर्वाचन सुनिश्चित जस्तै भएको धारणा राखे । मन्त्री थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि राष्ट्रपति, उप–राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुने भएकोले कानून मन्त्रालयले यिनीहरुको निर्वाचन सम्बन्धी कानून बनाउनेतिर ध्यान दिएको बताए ।  कार्यक्रममापूरा पढ्नुहोस्


गोरखामा भेटिए हजारका नक्कली नोट

असोज २, गोरखा सदरमुकामका विभिन्न पसलमा हजार रुपैयाँका नक्कली नोट फेला पर्न थालेका छन् । रु. १ हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । “नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको बताउँदै गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रोकाले भने । नयाँ बजारस्थित ओमशंकर स्टोरमा आइतबार नक्कली नोट फेला परेको थियो । नयाँबजारकै जनमुखी सहकारीमा पनि रु. १ हजारकै नक्कली नोट फेला परेको हो । नक्कली नोटको बिगबिगी बढेपछि व्यापारी र जनतालाई चनाखो रहन, नोट राम्रोसँग हेरेरपूरा पढ्नुहोस्