Main Menu

Tuesday, September 12th, 2017

 

नैकाप गोल्ड कपमा दिपशिखाको फराकिलो जित

भदौ २७, काठमाडौँ (चन्द्रागिरी ) । नैकाप गोल्ड कपको आज दिस्रो दिन ३ खेल भएका छन् । बिहान ८ बजे भएको कार्की युथ क्लब, नैकाप र समाज सुधार क्लब, चेकपोष्ट बीचको खेलमा कार्की युथ क्लब १-० गोल अन्तरले विजयी भयो । बिनय मान सिङको १ गोल नै निर्णायक बनेको खेलमा कार्की युथ क्लबका प्रबिन कार्की म्यान अफ द म्याच बने । दिपशिखा युवा समुह, पुरानो नैकाप र नैकाप युवा क्लब बीच भएको दिस्रो खेलमा दिपशिखाले ५-१ को फराकिलो जित हासिल गर्यो । दिपशिखाको तर्फबाट निरन्जन बस्नेतले २ गोल गरे भने सुरज मगर, इश्वर आचार्य र बिजय गुरुङले  १-१ गोल गरे । नैकाप युवा क्लबको तर्फबाट एक मात्र सान्त्वना गोल अनिउजेनपूरा पढ्नुहोस्


आयल निगम जग्गा खरिद प्रकरण

दोषीलाई कारबाही गरिन्छ – मन्त्री मण्डल

  भदौ २७, काठमाडौँ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताएका छन् । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले संसदीय समितिले गरेको अनुसन्धान र सिफारिसका आधारमा उक्त घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रस्ताव लगिने जानकारी दिए । मुलुकमा कालाबजारी गरी उपभोक्ता ठगी गर्ने उद्योगी तथा व्यवसायीको अनुसन्धान भइरहेको बताउँदै उनले भने, “केही दिनभित्र काला बजार गरिरहेका ठूला उद्योगीलाई पक्राउ गरिने छ । प्रधानमन्त्रीले भने पनि गलत कार्य गर्नेलाई छोड्ने छैन ।” काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले चाडबाडको समयमा अनुगमन प्रभावकारी ढङ्गले गरिने बताउँदै चलनभन्दा बढीपूरा पढ्नुहोस्


पर्याय बन्दै थारु सँस्कृति र पर्यटन

भदौ २७, चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवन आउने जोकोही पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्जसँगै रमाउने थारु संस्कृति पर्यटककै कारण जगेर्ना पनि हुँदै गएको छ । पर्यटकलाई लक्षित गरी थारु समुदायले आफ्नो संस्कृति झल्कने नाचगान, भेषभूषा र खानपान प्रदर्शन गर्ने गरेका छन् । थारु संस्कृति र पर्यटन एकअर्काका पर्याय बन्दै आएका छन् । कहिलेकाहीँ थारु अग्रजहरू प्रश्न गर्ने गर्दछन् “थारु संस्कृति नदेखाउने हो भने यहाँको पर्यटन व्यवसायी यतिधेरै माथि पुग्दैनथ्यो होला ।” पर्यटन व्यवसायीहरू भन्छन् “पर्यटन क्षेत्रमा थारु संस्कृति नआएको भए यसको संरक्षण यति धेरै हुँदैनथ्यो होला ।” क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष गिरिधारी चौधरी थारु संस्कृतिले यहाँको पर्यटनलाईपूरा पढ्नुहोस्


क्रान्तिकारीले विद्यार्थीको गुनासो सम्बोधन गर्न हेल्पडेक्स

  भदौ २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारीले) विद्यार्थीको गुनासा सम्बोधन गर्न ‘हेल्प डेक्स’ संचालनमा ल्याएको छ । उपत्यका बाहिरबाट आएका विद्यार्थीलाई शैक्षिक समस्या समाधान गर्ने अभिप्रायले हेल्प डेक्स स्थापना गरिएको क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले जानकारी दिए । हेल्प डेक्समा विद्यार्थीले फोनमार्फत आफ्ना गुनासा राख्नेछन् र ती गुनासोलाई क्रान्तिकारीका उपमहासचिव निलम एनसी र सचिव डिवि साउदले सम्बोधन गर्नेछन् । क्रान्तिकारीको केन्द्रीय कार्यालयमा हेल्प डेक्स सञ्चालन गरिएको छ । ०१–४२४३१०८ नं मा फोन गरी विद्यार्थीले आफूलाई पढाइको बारेमा परेको गुनासो राख्न सक्नेछन् । विद्यार्थीले कुन विषय कहाँ, के पढ्ने, कति खर्च लाग्छ, छात्रवृत्ति कसरी प्राप्त गर्ने जस्ता गुनासोकोपूरा पढ्नुहोस्


सिलवालको रिट खारेजपछि टुङ्गियो प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवाद

कालिका खड्का भदौ २७, काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी महानिरिक्षक बढुवासम्बन्धी विवादमा चार वर्षको कार्यसम्पादन मूल्यांकनअनुसार प्रहरी महानिरीक्षक प्रकाश अर्याल नै अगाडि भएको फैसला गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको बृहद् पूर्ण इजलासले आज सो फैसला गरेको हो । प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले प्रहरी नायब महानिरीक्षकमा बढुवा गर्दा आफूलाई अन्याय भएको भन्दै दायर गरेको रिट निवेदनमाथिको बृहत छलफल र सुनुवाइपछि आज उक्त फैसला आएको हो । आर्थिक वर्ष २०६९/०७०, २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ को लोक सेवा आयोग समेतबाट प्राप्त सक्कल कार्यसम्पादन मूल्यांकन फारामकोपूरा पढ्नुहोस्


क्रान्तिकारी शक्तिबीच एकताको विकल्प छैन– अध्यक्ष दाहाल

भदौ २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प नभएको बताएका छन् । संघीय समाजवादी फोरम, नेपाल कम्युनिस्ट पार्टी, नेपाल माओवादी पार्टी आबद्ध पार्टीका नेता तथा कार्यकर्तालाई आज यहाँ आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउँदै उनले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने हो भने परिवर्तनकामी शक्तिबीच एकता अपरिहार्य रहेको बताए । “माओवादी आन्दोलन कमजोर हुँदा समावेशी, समानुपातिक प्रतिनिधित्व, महिला दलित, मधेसी, आदिवासी, जनजातिको माग र मुद्दा कमजोर हुने हो कि भन्ने चिन्ता सबैतिर व्याप्त छ । सोही कारण पनि परिवर्तनकारी सबै शक्ति मिल्नुको विकल्प छैन,” अध्यक्ष प्रचण्डले भने । मोहन वैद्य,पूरा पढ्नुहोस्


डिआइजी सिलवालको रिट सर्वोच्चद्वारा खारेज

  भदौ २७, काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले दायर गरेको रिट निवेदन खारेज गरको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी सिलवालको रिट आज खारेज गरेको हो । सरकारले ४ वर्षका लागि प्रहरी महानिरीक्षकमा नियुक्त प्रकाश अर्यालको नियुक्ति कानुनसम्मत देखिएकाले सिलवालको रिट अगाडि बढाउन आवश्यक नभएको समेत सर्वोच्चले ठहर गरेको छ । प्रधानन्यायाधीश पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह रावत र पुरुषोत्तम भण्डारीको बृहद् पूर्ण इजलासले सो फैसला गरको हो ।


उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षलाई स्पष्टीकरण पेश गर्न निर्देशन

local-elections-ballot-paper-voter-list

भदौ २७, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । उपसभामुख यादवलाई सप्तरीमा निर्वाचनको प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेको सन्दर्भमा आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । स्पष्टीकरणमा भनिएको छ, “व्यवस्थापिका–संसद्को उपसभामुख पदमा आसिन व्यक्तिले यसरी आचारसंहिता विपरीत चुनाव प्रचारप्रसार गरेबापत यहाँलाई कारबाही हुनु पर्ने हो होइन ? २४ घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।” त्यस्तै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाईपूरा पढ्नुहोस्


पदमार्ग निर्माणमा अनियमितता भएको स्थानीयको आरोप

भदौ २७, बाबियाचौर (म्याग्दी) । धौलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्गको पूर्वाधार निर्माणसम्बन्धी योजनामा अनियमितता भएको स्थानीय बासिन्दाको गुनासो छ । मिलेमतोमा पदमार्ग निर्माणका क्रममा लागत अनुमानभन्दा कम परिमाणको काम गरेको र श्रमिकलाई ज्याला समेत नदिएको गुनासो बढेको हो । उपभोक्ता समिति र सम्बद्ध कार्यालयका कर्मचारीले बगरा गाउँ हुँदै दाप्चादेखि दोभान खण्डसम्मको घोडेटो पदमार्ग निर्माणका लागि पोखरास्थित पर्यटन कार्यालयको रु. ५ लाख अनुदानमा सञ्चालित सो योजनामा बढी खर्च देखाएर बजेट दुरुपयोग भएको बगरा गाउँकाबासीको भनाइ छ । स्थानीय बासिन्दाले २ हजार ३०० मिटर पदमार्ग निर्माण हुनुपर्नेमा ३०० मिटरको हाराहारीमा मात्र पदमार्ग बनाएर सबै बजेट भुक्तानी लिएको उपभोक्ता समितिले कामपूरा पढ्नुहोस्


नेपाल र भुटान बुधबार भिड्ने

  भदौ २७, काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बुधबार भुटानको सामना गर्नेछ । मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गर्दै जित हासिल गरेको थियो । त्यस्तै भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पनि नेपालले पहिलो खेलमा जस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपालका मुख्य प्रशिक्षक विनोद दासले बताए । “प्रत्येक खेलाडीले २० रनभन्दा माथि बनाउपर्नेछ । त्यसपछि २-३ खेलाडीले अर्धशतक र शतक प्रहार गर्ने कोसिस गर्नुपर्छ”, प्रशिक्षक दास भन्छन् । उनले पहिलो खेलमा खेलाडीले त्यो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै उक्तपूरा पढ्नुहोस्