Main Menu

Friday, September 8th, 2017

 

इर्मा आँधीले अमेरिकामा ठूलो विनाश गर्नसक्ने चेतावनी

भदौ २३, फ्लोरिडा । इर्मा आँधीले अमेरिकामा ‘ठूलो विनाश गर्नसक्ने’ र ‘अविश्वसनीय रुपमा खतरनाक’ हुने अमेरिकाको फेडरल इमर्जेन्सी मेनेज्मेन्ट एजेन्सी (फेमा) ले चेतावनी दिएको छ । अमेरिकी अधिकारीहरु अहिले इर्मा आँधीको लागि विपद व्यवस्थापनको तयारी गरिरहेको छ । यो आँधी शनिबार बेलुकासम्म (स्थानीय समयअनुसार शनिबार बिहानसम्म) फ्लोरिडामा पस्ने अनुमान छ । आज एक पत्रकार सम्मेलनमा बोल्दै फेमाका प्रबन्धक ब्रक लङले १ लाख मानिसहरुलाई स्थानान्तरण गरिनुपर्ने र फ्लोरिडा राज्यका केही क्षेत्रहरुमा केही दिनसम्म विद्युत आपूर्ति बन्द हुने चेतावनी दिएका छन् । वाशिङ्टन अवस्थित फेमा हेडक्वार्टरमा बोल्दै लङले आँधीको सम्भावित मार्गमा रहेका वासिन्दाहरुलाई ‘अहिले नै घरबाट निस्कन’ सुझाव दिएका छन् । लङकापूरा पढ्नुहोस्


के भइरहेको छ म्यान्मारमा ? को हुन् रोहिन्ज्या ?

आकाश महर्जन म्यान्मारमा रोहिन्ज्या समुदायका मुस्लिम नागरिकहरुविरुद्ध चलेको साम्प्रदायिक हिँसाका कारण ती समुदायका दशौँ हजार मानिसहरु छिमेकी देश बंगलादेशमा शरणार्थीका रुपमा छिर्न बाध्य भएका छन् । गत अगस्ट २५ मा रोहिन्ज्या समुदायको एक विद्रोही समूहको आक्रमणमा परी ९ प्रहरीको मृत्यु भएपछि म्यानमारको दक्षिणपश्चिमी प्रदेश रखाइनमा भड्किएको हिँसाका कारण रहिन्ज्या समुदायका दशौँ हजार मानिसहरु बंगलादेश पस्न बाध्य भएका हुन् । को हुन् रोहिन्ज्या ? म्यान्मारमा विशेष गरी दक्षिणपश्चिमी प्रदेश रखाइनमा बसोबास गर्ने रोहिन्ज्या समुदाय विश्वकै सबैभन्दा उत्पीडित समुदाय मानिन्छ । ११ लाखको संख्यामा रहेका रोहिन्ज्या समुदायका मानिसहरु दशकौँदेखि मूलत: बौद्ध धर्मावलम्बीहरु बसोबास गर्ने म्यान्मारमा उत्पीडन सहँदै आइरहेका छन् । बिगतमा रोहिन्ज्यापूरा पढ्नुहोस्


सप्तरीमा छ हजार सुरक्षाकर्मी परिचालन

भदौ २३, राजविराज । प्रदेश नं. २ मा अगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण र धाँधलीरहित बनाउनका लागि सप्तरीमा करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार निर्वाचन अवधिभर जिल्लाभरिमा ४ हजारभन्दा बढी जनपथ प्रहरी परिचालन गरिएको बताइएको छ । त्यस्तै २ हजारभन्दा बढी सशस्त्र प्रहरी निर्वाचनमा खटाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादवले जानकारी दिए । प्रत्येक मतदान केन्द्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ७/७ जना सशस्त्र प्रहरीलाई खटाइएको छ भने गाउँपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा ५/५ जना सशस्त्र प्रहरीलाई खटाइएको प्रहरी उपरीक्षक यादवले बताए ।पूरा पढ्नुहोस्


बाँदरले मकै सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा

भदौ २३पाल्पा । बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन् । वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्षेत्रमा बाँदरको बाहुल्यता बढेको होे । बाँदरलाई पहिले बन्दुकले हानेर मार्ने गरेपनि पनि अहिले मार्न पाइँदैन, प्रशस्त कुकुर पनि नभएकाले बाँदरको संख्या बढेको र बस्तीमा प्रवेश गरी अन्नबालीमा क्षति गर्न थालेको स्थानीय बासिन्दा बताउँछन् । वर्षभरि खाने अन्नबाली नष्ट गरेपछि राहतका लागि निवेदन बोकेर गाउँपालिकाको कार्यालयमा आएको छहराकी रमा खत्रीले बताइन् । पहिला अन्नबाली क्षति कम गरे पनि अहिलेपूरा पढ्नुहोस्


एसीसी यु १९ मा भाग लिन नेपाली युवा क्रिकेट टोली मलेसियातर्फ

भदौ २३, काठमाडौँ । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीहरुलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, सिंगापुर र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङ्कङ, चीन र म्यानमार छन् । नेपालले आफ्नो पहिलो खेल २६ गते सोमबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसपछि नेपालले दोस्रो खेल भदौ २८ मा भुटानको सामना गर्नेछ भने तेस्रो खेल भदौ २९ गते सिंगापुरसँगपूरा पढ्नुहोस्


सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै

भदौ २३, काठमाडौँ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका पशुपति मुरारकाले, नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ पहिलो चरणमा २.५ मेगावाट विद्युत् उत्पादन गरिने र दोस्रो चरणमा थप १.५ मेगावाट विद्युत् उत्पादन गरिने कुरा बताए । ४ मेगावाट विद्युत् उत्पादन गर्न उद्योगमा थप रु. ८० करोड लगानी गरिने मुरारकाले जानकारी दिए । सुधारिएको स्टिम इन्जिन प्रणालीबाट विद्युत् उत्पादनपूरा पढ्नुहोस्


लोपोन्मुख पाटेबाघको संख्या बढ्न थाल्यो

भदौ २३, वीरगञ्ज । लोपोन्मुख अवस्थामा रहेको पाटेबाघको संख्या सन् २०२२ सम्म दोब्बर पुर्याउने नेपाल सरकारको लक्ष्यअनुरुप पर्सा राष्ट्रिय निकुञ्ज आधाभारमा पाटेबाघको संख्या २५० पुर्याइने भएको छ । सो निकुञ्जमा विगतमा बाघको गणना गर्दा सन् २००७ र २००८ मा २२ वटा पाटेबाघ रहेकोमा अहिले सो बाघको संख्या दोब्बर हुनुसक्ने अनुमान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले  बताए । निकुञ्जभित्र सन् २०१३ मा ७ वटा वयस्क पाटेबाघ रहेकोमा अहिले विभिन्न समयमा गरिएको अनुगमनअनुसार सो बाघको संख्या साढे दुई गुणाले बढेको हुनसक्ने अनुमान गरिएको छ । प्रत्येक ५ वर्षमा बाघको गणना हुने भएकाले सो निकुञ्जमा सन् २००७ मा ४ वटा, सन्पूरा पढ्नुहोस्


३ महिनापछि जुफाल विमानस्थल सञ्चालनमा

भदौ २३, डोल्पा (दुनै) । डोल्पामा यातायातको एकमात्र विकल्पको रुपमा रहेको जुफाल विमानस्थलमा आजदेखि हवाई सेवा सुचारु भएको छ । स्तरोन्नतिका लागि झण्डै ३ महिनादेखि बन्द गरिएको जुफाल विमानस्थलमा ९० प्रतिशत कालोपत्रे गर्ने काम सम्पन्न भएपछि हवाई सेवा सुचारु गरिएको हो । हवाई बन्द भएपछि प्राकृतिक नाकाबन्दीको अवस्था खेपिरहेको डोल्पालीको समस्या र नजिकिँदो महान चाड दसैँको अवसरमा दैनिक उपभोग्य सामग्री ढुवानीका साथै आवतजावतमा हुने समस्यालाई मध्यनजर राख्दै बाँकी १० प्रतिशत काम जहाज चल्दै गर्दा समय व्यवस्थापन गर्ने सर्तमा विमानस्थल सुचारु गरिएको आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिए । विमानस्थलको जम्मा ५६० मिटर कालोपत्रेमध्ये धावन मार्गको ५५ मिटर र पार्किङको कामपूरा पढ्नुहोस्


पाँच प्रमुख कोरिया जाँर्दै

भदौं २३, पोखरा । दक्षिण कोरियाको डेजन सिटीमा हुन गइरहेको एशिया प्यासिफिक सम्मेलनमा भाग लिन पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीसहित ५ नगर प्रमुख त्यसतर्फ प्रस्थान गरेका छन्  । जिसीसहित काठमाडौँ, धरान, धुलिखेल र नवलपरासीका प्रमुख र अन्य गरी १० जना सम्मेलनमा जाने प्रमुख जिसीका प्रेस सहयोगी लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । सम्मेलनमा करिब २० देशका सयभन्दा बढी प्रमुखबीच एक आपसमा छलफल तथा अन्तक्र्रिया हुनेछ । उनिहरु भदौ २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 


मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प

  भदौ २३, मेक्सिको सिटी । मेक्सिकोमा बिहीबार अबेररातितिर शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ । भूकम्प ८ म्याग्निच्युडको मापन गरिएको पनि बताइएको छ । मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भए पनि उक्त भूकम्प निकै शक्तिशाली भएकोले राजधानीसम्म पनि कम्पन महसुश गरिएको बताइएको छ । उक्त भूकम्पपछि सुनामीको पनि चेतावानी दिइएको छ । शुक्रबार बिहानतिर सुनामीको पनि खतरा रहेको जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ । उक्त भूकम्पको केन्द्रबिन्दू सहरबाट टाढा रहेको छ । चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट उक्त भूकम्पको केन्द्रबिन्दु करिब १२० किलोमीटर दक्षिणतर्फ रहेको बताइएको छ । प्रारम्भिक सूचना अनुसारपूरा पढ्नुहोस्