Main Menu

Wednesday, September 20th, 2017

 

वेस्ट काठमाडौँ र लकश साकोस नैकाप गोल्डकपको अन्तिम ८ मा प्रबेश

असोज ४, चन्द्रागिरी काठमाडौँ नैकाप गोल्ड कपको दोस्रो चरणको अन्तिम खेलहरु आज भए । आजको पहिलो खेलमा वेस्ट काठमाडौँ एफ. सी नैकापले महालक्ष्मी युथ क्लब,बलम्बु माथि ३-० को सहज जित निकाल्दै क्वाटरफाइनल यात्रा निस्चित गरेको छ । वेस्ट काठमाडौँ को तर्फ बाट बिक्रम लामा ,लक्ष्मन गुरुङ र सुरज नगरकोटीले १/१ गोल गरेका थिए । वेस्ट काठमाडौँका बिक्रम लामा म्यान एफ द म्याच घोषित भए ।  दोश्रो खेलमा लकश साकोस,बल्खुले इन्द्रायणी तरुण क्लब धादिंग माथि ५-० को आश्चर्यजनक जित निकाल्यो । इन्द्रायणी तरुण क्लब धादिंगका गोलकीप्पर किरण तुलाधर दोहोरो पहेलो कार्ड खादै बाहिरिनु इन्द्रायणीको लागि घातक साबित भयो र सोहि मौका को सहि सदुपयोग गर्दै लकश साकोसले  ५-० ले खेल आफ्नोपूरा पढ्नुहोस्


लहानमा मतगणनामा किचलो, फेरि अवरुद्ध

असोज ४, लहान लहान नगरपालिकाको मतगणना दोस्रोपटक पुनः अवरुद्ध भएको छ । लहान नगरपालिका–५ को मत परिणाम घोषणा हुनै लाग्दा पुनः मतगणना गर्नुपर्ने अडान नेपाली काँग्रेसका प्रतिनिधिले लिएपछि मतगणना कार्य पुनः अवरुद्ध भएको हो । काँग्रेस पुनः मतगणना गर्नुपर्ने र नेकपा एमाले मत परिणाम घोषणा गर्नुपर्ने अडानमा कायमै रहेपछि दिउँसो ३ः०० बजेदेखि मतगणना रोकिएको दलका प्रतिनिधिले बताएका छन् । विवाद भएपछि एमालेले आफ्ना प्रतिनिधि फिर्ता बोलाएको छ । विवादका कारण लहान नगरपालिकाको मतगणना कार्य दोस्रो पटक रोकिएको छ । यसअघि मंगलबार लहान नगरपालिका ३ नं. वडाको मतगणनाप्रति असन्तुष्टि जनाउँदै पुनः मतगणना गर्नुपर्ने माग संघीय समाजवादी फोरमले अघि सारेपछि मतगणना अवरुद्धपूरा पढ्नुहोस्


सुन प्रकरणमा थप ५ पक्राउ

  असोज ४, काठमाडौँ महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप ५ जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी वटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसल खार्नी वटुकै नन्दकुमार मर्गलेलाई सोमबार पक्राउ गरेको हो । महाशाखाका प्रमुख दिवेश लोहनीले आज पत्रकार सम्मेलनमा बडूसँग रु. १० लाख ८२ हजार नेपाली रुपैयाँ, ८ हजार भारतीय रुपैयाँ र १ हजार १०० अमेरिकी डलर, अग्रवालसँग रु. १३ लाख नेपाली रुपैयाँ र शाक्यसँग रु. १ करोडपूरा पढ्नुहोस्


ट्रम्पको सम्बोधनको चौतर्फी विरोध

असोज ४, न्यु योर्क । संयुक्त राष्ट्रसंघको साधारण सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो सम्बोधन नै विवादास्पद बनेको छ । मंगलबार न्यू योर्कमा राष्ट्रसंघको सभालाई सम्बोधन गर्ने क्रममा केही राष्ट्रहरुलाई एक्ल्याएर ट्रम्प आक्रामक रुपमा प्रस्तुत भएको आरोप लगाउँदै उनको चौतर्फी विरोध भइरहेको छ । राष्ट्रपति ट्रम्पले सम्बोधनमा ‘दुष्ट साम्रज्यहरुको सानो समूह’ मा इरानलाई संलग्न गरेको र उत्तर कोरियालाई ‘पूर्ण रुपमा ध्वस्त पार्ने’ चेतावनी दिएकोमा विभिन्न राष्ट्रका अन्य सहभागीहरुले आलोचना गरेका हुन् । इरानका विदेशमन्त्रीले ‘ट्रम्पको द्वेशपूर्ण सम्बोधन मध्ययुगको लागि मात्र सुहाउँछ, एक्काइसौँ शताब्दीको राष्ट्रसंघमा होइन’ भने । उत्तर कोरियाले भने ट्रम्पको चेतावनीको कुनै प्रतिक्रिया दिएको छैन । ट्रम्पले सम्बोधनमा ‘आ–आफ्नोपूरा पढ्नुहोस्


मेक्सिकोको भूकम्पमा मृत्यु हुने २४८ पुगे

असोज ४, मेक्सिको सिटी मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ । मृत्यु हुनेमा प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना बालबालिका पनि परेका छन् । उनीहरु अध्ययनरत विद्यालयको भवन भत्किएको अधिकारीहरुले जनाएका छन् । भकम्पपछि उद्वारकार्य जारी छ । कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।


विद्यालय भवनका लागि प्रवासीबाट रु.९ लाख

असोज ४, बेनी म्याग्दी बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले रु. ९ लाख ३७ हजार सहयोग गरेका छन् । जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहेका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो । विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका संयोजक क्षेत्रीलाई उद्घृत गर्दै जयन्ती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले जानकारी दिए । करिब रु. ३ करोड लागत लाग्ने निर्माणाधीन विद्यालय भवनका लागि जिल्ला शिक्षा कार्यालय, म्याग्दीले रु. १९ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । जिल्ला शिक्षाले उपलव्ध गराएको रकमबाहेकपूरा पढ्नुहोस्


बाँदरझुला वस्ती स्थानान्तरण गर्नुपर्छ : मन्त्री पाण्डे

असोज ४, चितवन वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज अतिक्रमण गरी बसेको बाँदरझुला बस्तीलाई तत्काल स्थानान्तरण गर्नुपर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्जको ४५ आैँ वार्षिकोत्सव तथा कार्यालय भवन उद्घाटन कार्यक्रमलाई आज निकुञ्जको मुख्यालय कसरामा सम्बोधन गर्दै मन्त्री पाण्डेले वन्यजन्तु र मानवबीचको द्वन्द्व धेरै भएकाले उक्त बस्ती तत्काल हटाउनुपर्नेमा जोड दिए । यसअघि आफू भूमिसुधार मन्त्री हुँदा बस्ती स्थानान्तरणको प्रक्रिया अगाडि बढाएको भन्दै उनले त्यहाँका बासिन्दालाई उचित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए । बाँदरझुलामा निकुञ्जको ५३९ हेक्टर जमिन अतिक्रमण गरी ५५० घरधुरी बसोवास गर्दैआएका छन् । उनले निकुञ्ज हुँदै माडी जाने बाटोलाई सहज बनाउन पनि निर्देशन दिए ।पूरा पढ्नुहोस्


स्वास्थ्य चौकीमा सिटामोल र आइरन चक्कीको अभाव

असोज ४, रुकुम पश्चिम रुकुमको आठविसकोट नगरपालिका–२ स्यालाखदीकी २४ वर्षीया रमला बोहरा १ महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि रत्तो हात घर फर्कन बाध्य भए । सोही गाउँकी विरमी बुढाको २ साताअघि ५ वर्षकी छोरी बिरामी भएपछि स्वास्थ्यचौकी ल्याउँदा ती बालिकाको न उपचार भयो न त औषधि नै दिइयो । यस्तै समस्या यहाँ थुप्रैले व्यहोरी सकेका छन् । विगत २ महिनादेखि यहाँको स्वास्थ्यचौकीमा सिटामोल र आइरन चक्कीजस्ता सामान्य औषधि समेत छैन । दैनिक आउने गाउँका बिरामीले स्वास्थ्यचौकीबाट रत्तो हात फर्कन बाध्य हुनुपरेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले जनाएका छन् । अन्य गाउँका स्वास्थ्यपूरा पढ्नुहोस्


अण्डाको मूल्य घट्यो, प्रतिक्रेट रु. २७०

  असोज ४, चितवन  चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ । नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट (३० वटा) ठूलो अण्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य रु. ३३० कायम गरिएको छ । मध्यम आकारको अण्डाको खरिद मूल्य प्रतिक्रेट रु. २७० कायम गरिएको सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिए । खरिद मूल्यमा रु. ५ बढी लिएर बिक्री गर्ने चलन छ । उपभोक्ताले अण्डालाई बढी नै मूल्य तिरे पनि किसानले केही महिनायता निरन्तर कम मूल्य पाउँदै आएका थिए । अध्यक्ष केसीका अनुसार चार महिनाअघि ठूलो अण्डाको खरिद मूल्य प्रतिक्रेट रु ३६० सम्म थियो भनेपूरा पढ्नुहोस्


महाकाली नदी नियन्त्रणका लागि चालीस करोड खर्च गरिने

असोज ४, दार्चुला महाकाली नदी किनारमा तटबन्धअन्तर्गतको ६ वटा प्याकेज निर्माण अन्तिम चरणमा पुगेको छ । तटबन्ध निर्माण ३ महिना भित्र सम्पन्न हुने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिए । पहिलो चरणमा ठेक्का सम्झौता भएका प्याकेज नं १, २, ३, ४, ५ र ६ मा ९० देखि ९८ प्रतिशत तटबन्ध निर्माण भइसकेको छ । यस्तै, प्याकेज नं ७, ८, १० र ११ मा चालु आव २०७४/७५ भित्र तटबन्ध निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको देवकोटाले बताए । चालु आवमा ३ वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । कोर क्षेत्रको १३ नं प्याकेज तथा अन्य क्षेत्रको १४ रपूरा पढ्नुहोस्