Main Menu

Thursday, September 21st, 2017

 

डिफेन्डिङ च्याम्पियन किसिपिडी क्वाटरफाइनलबाटै बाहिरियो

मिलन केसी असोज ५, काठमाडौँ नैकाप गोल्डकपको डिफेन्डिङ च्यामपियन वेस्टर्न युनाइटेड, किसिपिडी  यस वर्षको संस्करणमा क्वाटरफाइनलबाटै बाहिरिएको छ ।  नैकापमा आज भएको खेलमा ढुंगेअड्डा युनेस्कोसित ७-२ को भारी अन्तरले पराजित हुँदै वेस्टर्न युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो ।  ढुंगेअड्डा युनेश्कोका लागि म्यान अफ द म्याच रुजित पुडासैनी, समिर कार्की र सुजित बुडाठोकिले २-२ गोल गरे भने १ गोल सबिन विडारिको नाममा रह्यो । पराजित वेस्टर्न युनाइँटेडका लागि सुवाष घलान र सजिब महर्जनले १-१ गोल गरे । त्यस्तै, निकै नै प्रतिस्पर्धात्मक दोश्रो खेलमा वेष्ट काठमाडौँ नैकापले दिपशिखा युवा समूह, पुरानो नैकाप माथि २-१ को जित निकाल्दै सेमिफाइनल पुग्ने दोश्रो टोली बन्न सफल भयोपूरा पढ्नुहोस्


रिनाकुमारी बनिन मधेशको पहिलो निर्वाचित महिला प्रमुख

असोज ५, रौतहट प्रदेश नं २ कै पहिलो महिला प्रमुखका रुपमा रौतहटको मौलापुर नगरपालिकामा रिनाकुमारी साह निर्वाचित भएकी छिन् । नेकपा (माओवादी केन्द्र)को टिकटबाट रिनाकुमारी निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै दोब्बर मत ल्याएर प्रमुख पदमा निर्वाचित भएकी हुन् । उनिसँगै माओवादी केन्द्रका उम्मेदवार गौरी शंकर जयसवाल मौलापुर नगरपालिकाको उप प्रमुखमा निर्वाचित भएका छन् । प्रमुख साहले कूल ३ हजार, ९१२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपाका प्रमुखका उम्मेदवार धीरज भन्ने रवीन्द्र पटेलले २ हजार २०८ मत प्राप्त गरेका थिए । यसअघि परोहा नगरपालिकाबाट नेपाली काँग्रेसका शेख वकिल प्रमुख र सुगन्धी देवी गिरी उपप्रमुखमा निर्वाचित भएका छन् । प्रमुखलेपूरा पढ्नुहोस्


सिंहदरबारको अधिकार जनताको घरदैलोसम्म पुग्छ – सञ्चारमन्त्री

असोज ५, काठमाडौँ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेकाले अब सिंहदरबारको अधिकार जनताको घरदैलोसम्म पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाल सांस्कृतिक कलाकर्मी संघद्वारा दशैँ दीपावलीलगायत पर्वका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले ७ दशक लामो जनताको संघर्षपछि प्राप्त भएको संविधानसभामार्फत जारी गरिएको संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताउँदै केन्द्रीय अधिकारलाई स्थानीय तहमा विकेन्द्रित गर्ने व्यवस्था कार्यान्वयन भएपछि उनीहरुको प्रशासनिक सुगमतामा पहुँच बढ्ने बताए । स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीयवासीको अनिवार्य सहभागिताको व्यवस्थाले जनताप्रति पारदर्शीता र जिम्मेवारीको भावना विकास भई देशले आर्थिक समृद्धि कायम गर्ने उनको भनाइ थियो । संघका अध्यक्ष डिवी गुरुङ,पूरा पढ्नुहोस्


पर्वतीय संग्रहालयमा अब डिजिटल गाइड

हरि बाँस्तोला असोज ६, पोखरा हिमाल र हिमालीको गतिविधिलाई एउटै छानामुनिबाट अध्ययन अवलोकन गर्न सकिने पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयको जानकारी अब मानिसले नभई अत्याधुनिक प्रविधि डिजिटल गाइडले दिने भएको छ । संग्रहालय अवलोकन गर्न आउने प्रत्येक अवलोकनकर्ताले डिजिटल गाइडमार्फत संग्रहालय परिसरमा प्रदर्शित प्रत्येक सामग्रीको जानकारी लिन सकिने दक्षिण कोरियाको प्रविधि जडान गर्न लागिएको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, नेपाल इनोभेस टेक्नोलोजी एण्ड इन्टरप्रिनियरसिप सेन्टर (एनआइटिइसी) कोरियाका निर्देशक डा. योनजिङ किम र गण्डकी कलेज अफ इन्जिनियरीङ्ग एण्ड साइन्स लामाचौरका प्राचार्य रविप्रसाद बरालवीच त्रिपक्षीय सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरियो । दक्षिण कोरियाको आर्थिक एवम् गण्डकी कलेजको प्राविधिक सहयोगमा आगामी १पूरा पढ्नुहोस्


विश्व गैँडा दिवस भोलि : बाढीपछि अलपत्र परेका एकसिङ्गे गैँडाको अनुगमन गरिने

नारायण ढुंगाना असोज ५, रत्ननगर, चितवन प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बासस्थान खल्बलिएको र कतिपय गैँडाको मृत्युसमेत भएकाले तिनीहरुको अवस्था पत्ता लगाउन चितवन निकुञ्जमा गैँडाको अनुगमन गरिने भएको छ । प्रकोपका कारण गैँडामा परेको असर पत्ता लगाई संरक्षणको नयाँ रणनीति निर्माणका लागि अनुगमन गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । बाढीले गैँडाको बासस्थान खलबलिएको, गैँडा बगाएको र गैँडाको मृत्युसमेत भएकाले तथ्याँक अध्यावधि गर्न अनुगमन गर्न केही दिनअघि चितवन निकुञ्जले प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव सकारात्मक रहेको भन्दै विभागले गैँडाको अनुगमन गर्ने सोच बनाएको महानिर्देशक खड्का बताउछन् । उnका अनुसार भ्याएसम्मपूरा पढ्नुहोस्


संविधानकाे रक्षा र कार्यान्वयनमा प्रेसकाे भूमिका महत्त्वपूर्ण – पम्फा भुसाल

असोज ५, ललितपुर नेकपा माअाेवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले हरेक चिजकाे प्रयाेग र दुरुपयोग हुने भन्दै संविधानकाे रक्षा र कार्यान्वयनमा प्रेसकाे भूमिका महत्त्वपूर्ण हुनुपर्ने बताएकी छन् । प्रेस सेन्टर नेपाल ललितपुरले बिहीबार दशैं, दीपावली, भिन्तुना तथा छठ पर्वकाे अवसरमा अायाेजना गरेकाे शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा प्रवक्ता भुषालले साे कुरा बताएकी हुन् । प्रेस सेन्टरले संविधानकाे रक्षा, कार्यान्वयन र पार्टीको पक्षमा सकारात्मक भूमिका खेल्नुपर्ने भन्दै प्रवक्ता भुषालले भनिन्, “सबै चिजकाे युज एण्ड मिस युज हुने रहेछ । अहिलेको मिडिया अन्तर्राष्ट्रियकरण भएको छ, जसलाई पार्टीको पक्षमा, अान्तरिक एकता सुदृढ गर्ने पक्षमा, पार्टीलाई एकढिक्का बनाउन सकारात्मक भूमिका खेल्न अाग्रह गर्दछु ।” उनलेपूरा पढ्नुहोस्


स्थानीय तहमा कर्मचारी छिट्टै

  असोज ५, काठमाडौँ स्थानीय तहका रिक्त स्थानमा छिट्टै कर्मचारी खटाइने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताएका छन् । रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल खोटाङले आज यहाँ आयोजना गरेको आवधिक नगर विकास योजना तयारी परामर्श सुझाव एवम् अन्तरक्रिया गोष्ठीमा सचिव थपलियाले मन्त्रालयले पहिलो चरणमा स्थानीय तहमा कर्मचारी खटाउने काम गरेपछि मात्र अन्य विकास निर्माणको कामको थालनी गरिने बताए । स्थानीय तहका जनप्रतिनिधिले विकासका लागि योजना निर्माण गर्दा महिला र बालबालिकामैत्री विकासमा जोड दिन तथा वृद्धभत्ता वितरण गर्दा बैङ्कमार्फत गर्न उनले आग्रह गरे । रुपाकोट झरुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले जनताको इच्छालाई सम्बोधन गर्दैपूरा पढ्नुहोस्


अस्थाई शिक्षकलाई स्थाई बनाइए संघर्ष गर्ने चेतावनी

nepal-university-teachers-association-convention-unsure

  असोज ५, काठमाडौँ संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा हालै संशोधन गरिएको शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गरेका छन् । संगठनले आज पत्रकार सम्मेलन गरी नवौँ संशोधनले अहिलेका अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने र यस्तो गरिए शिक्षाको गुणस्तर खस्कने भएकाले तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले नवौँ संशोधन ऐनले शैक्षिक गुणस्तर घटाउने भएकाले तत्काल फिर्ता लिन माग गर्दै नलिएमा संघर्षमा उत्रने चेतावनी दिए । अनेरास्ववियुका अध्यक्ष नवीना लामाले ऐन संशोधनबाट योग्य उम्मेदवारलाई पाखा लगाउँदै अयोग्य शिक्षकलाई सीधै स्थायी बनाउने प्रयास गरिँदै छ भन्दै यसबाट लाखौँ बालबालिकाको शैक्षिक भविष्यपूरा पढ्नुहोस्


लोकमार्गले उठिबास लगायो

प्रकाश धौलाकोटी असोज ५, तेह्रथुम गाउँलाई सोह्र फन्को मारेर मध्यपहाडी लोकमार्गको निर्माण हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ५८ वर्षे गजलाल दुलाल निकै हर्षित थिए । घरछेउ हुँदै गएको लोकमार्गको निर्माणलाई हेर्दा उनलाई त्यतिबेला गाउँको विकासको गति शुरु भएछ भन्ने लागेको थियो । तर सडकले विकास होइन उनि जस्ता धेरै किसानको ठूलै विनाश गरिदिएको छ । नेपाल–भारत सीमा क्षेत्र पाँचथरको चियोभञ्ज्याङदेखि महाकाली नदी बैतडीको झुलाघाटसम्म जोड्ने यो सडक निर्माण गर्दा जिल्लाका सयौँ किसानको खेतबारी पहिरोमा परिणत भएको छ । कतिपय ठाउँमा घरमाथि निर्माण भएका सडकबाट बग्ने पानीले पहिरोको रुप लिएको छ । खेतबारी बीचबाटै निर्माण भएको लोकमार्गले खेतबारी नै बगाउन थालेपछिपूरा पढ्नुहोस्


विदेशमा कमाएको पैसाले स्वदेशमा समाजसेवा

प्रकाश धौलाकोटी असोज ५, तेह्रथुम तेह्रथुमको सोल्मामा जन्मिएर हाल अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले जन्मभूमिको सेवाका लागि रु. १.५ करोडभन्दा बढी खर्च गरेकि छिन । सानै उमेरदेखि गीत–संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च गरिरहेकि छिन् । सामाजिक क्षेत्रमा सहयोगकै लागि करिब एक दशकको अवधिमा रु. १.५ करोडभन्दा बढी खर्च भइसकेको पोखरेलले बताईन् । आर्थिक अवस्था कमजोर भएकालाई उपचार, विपन्न र अनाथ बालबालिकाको पढाइ, छात्रवृत्ति पुरस्कारका लागि अक्षय कोषदेखि खेलकुद, मेला महोत्सवलाई समेत पोखरेलले आर्थिक सहयोग गरेकी छन् । जिल्ला अस्पतालमा मृत्यु भएका, मृत्यु भएर पोष्टमार्टमका लागि ल्याइएका अतिविपन्न, अनाथहरुलाई दाहसंस्कार र परीक्षणका लागि खर्च रु.पूरा पढ्नुहोस्