Main Menu

Monday, September 11th, 2017

 

नैकाप गोल्डकपको दोस्रो संस्करणको उद्घाटन

भदौ २६, काठमाडौँ । नैकाप गोल्डकपको दोस्रो संस्करणको उद्घाटन आज सोमबार  चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरिको प्रमुख आतित्थ्यमा नैकाप फुटबल मैदानमा भएको छ । उद्घाटन खेलमा च. न. पा १५ ढुंगेअड्डा युनेश्कोले प्रयासरत नेपाल नैकाप माथि  ५-१ को फराकिलो जीत दर्ता गर्न सफल भएको छ ।  खेलमा ढुंगेअड्डा युनेश्कोको तर्फबाट  समीर कार्की र रुजित पुडासैनी ले २-२ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच ढुंगेअड्डा युनेश्कोका सुजित बुडाथोकी भए जसले १ गोल थप्दै आफ्नो टिमलाइ ५-१ को फराकिलो जित दिलाउन सफल भए ।  प्रयासरत नेपालका तर्फ बाट एक मात्र सान्त्वना गोल सिद्दार्थ कार्की ले गरे । नैकाप गोल्डकपकोपूरा पढ्नुहोस्


हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण छैन– चीन

भदौ २६, बेइजिङ । गत हप्ता उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै पनि विकीरणहरु नदेखिएको चीनले जनाएको छ । उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो । उक्त परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालको कुनै विकीरण भए नभएको बारेमा चीनले अध्ययन गरेको थियो । चीनको वातावरण संरक्षणसम्बन्धी मन्त्रालयले गरेको सो अध्ययनपछि यो तथ्य बाहिर आएको हो । उक्त मन्त्रालयले गरेको अध्ययनमा वातावरणलाई अथवा मानवीय स्वास्थ्यलाई असर पर्ने खालका कुनै पनि विकीरणहरु नपाइएको जनाइएको हो । चीनको सो मन्त्रालयको वेभसाइटमा दिइएको छ– यसरी गरिएको अध्ययनमा उत्तर कोरियाले हालै गरेको सो परीक्षणका कारण वातावरणीयपूरा पढ्नुहोस्


सुर्खेतमा चार सय उद्योग थपिए

भदौ २६, सुर्खेत । आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ४३० उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार सबैभन्दा बढी सेवामूलक उद्योग १३४ वटा दर्ता भएका छन् । उत्पादनमूलक ७२, कृषि तथा वनजन्य १७०, पर्यटन उद्योग ८२ तथा ७२ वटा निर्माण उद्योग दर्ता भएका छन् । त्यसैगरी फर्निचर उद्योग, पोल्ट्रि फर्म, वर्कसप, दूध डेरी, ब्युटीपार्लर, मौरीपालन तथा जडीबुटीलगायत उद्योग दर्ता भएका छन् । कार्यालयका वरिष्ठ लेखा अधिकृत इन्द्रबहादुर थापाका अनुसार अघिल्ला आवको तुलनामा यस वर्ष उद्योग दर्ताको संख्या बढेको छ । उद्योगका लागि आवश्यक मेसिन र औजारमा अनुदान सहयोग र विभिन्न तालीमको व्यवस्था गरेपछि उद्योगको संख्यापूरा पढ्नुहोस्


स्याङ्जामा जनता आवास अन्तर्गत ९६ घर निर्माण हुँदै

भदौ २६, वालिङ (स्याङ्जा) । जनता आवास कार्यान्वयन एकाइ अन्तर्गत स्याङ्जाका विभिन्न ४ स्थानमा ९६ वटा घर निर्माण भइरहेका छन् । कास्कीस्थित शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको जनता आवास कार्यान्वयन एकाइमार्फत अति विपन्न, माझी तथा पिछडा वर्गका लागि ती भवन निर्माण गरिएको हो । उक्त कार्यालयका शाखाअधिकृत प्रेमप्रसाद पाण्डेकाअनुसार स्याङ्जामा १ सयवटा घर निर्माणका लागि प्रक्रिया अघि बढाइए पनि चारवटा घरको सम्झौता नभएका कारण निर्माण हुन सकेको छैन । स्याङ्जाको वालिङ नगरपालिकामा ३२, पुतलीबजारमा १९, भीरकोटमा २२ र चापाकोट नगरपालिकामा २३ गरी जिल्लाभरी ९६ वटा अति विपन्न, माझी तथा पिछडा वर्गका समुदाय छनोट गरी घर निर्माण गरिएकोपूरा पढ्नुहोस्


प्रम देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन

भदौ २६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय महिला व्यवसायी सम्मेलनको आज उद्घाटन गरे । दक्षिण एशिया महिला विकास मञ्चद्वारा आयोजित उक्त सम्मेलनमा सार्क सदस्य राष्ट्रहरुलगायत १८ देशका ८० महिला उद्यमी तथा नीति निर्माताको सहभागिता रहेको छ । सार्कअन्तर्गतको सो मञ्च दक्षिण एशियाली महिलामा उद्यमशीलता विकास गर्न क्रियाशील छ । २ दिने सो सम्मेलनमा पर्यटन, कृषि तथा सूचना प्रविधिका क्षेत्रमा संलग्न महिला उद्यमीले हासिल गरेका सफलता, भोग्दैआएका समस्या एवं लगानीका बारेमा छलफल हुनेछ । विश्व व्यापार संगठनकाअनुसार यस क्षेत्रको कूल व्यापारको १० प्रतिशत हिस्सा मात्र महिलाको छ । तीमध्ये पनि साना तथा मझौला व्यापार/उद्यममा महिला संलग्न छन् । राष्ट्रिय अर्थतन्त्रमापूरा पढ्नुहोस्


सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड

भदौ २६, काठमाडौँ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ । नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ लिमिटेड र नेशनल ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका ती पसलमा बाहिर तोकिएभन्दा सस्तो र गुणस्तरीय सामान पाइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए । विशेषगरी ती पसलमा दिउँसोदेखि उपभोग्य सामग्री किन्न उपभोक्ताको भीड लाग्ने गरेको छ । रामशाहपथमा सञ्चालित सुपथ मूल्य पसलमा दैनिक १ सय बोरा चामल बिक्री हुने गरेको संस्थानका पुनितारानी साहले बताए । बासमती चामल किन्नका लागि उपभोक्ता बढी आउनेपूरा पढ्नुहोस्


प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर–नेता निधि

home-minister-resignation-withdrawal

भदौ २६, जनकपुरधाम । नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताएका छन् । नेपाली काँग्रेसको मिडिया सेन्टरद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताए । पूर्व महामन्त्री निधिले नेकपा (एमाले) मधेश विरोधी शक्ति भएको प्रसंग उल्लेख गर्दै मधेशीलाई विदेशी भन्नेलाई मधेशी जनताले मतबाट सबक दिने समय आएको धारणा राखे । प्रदेश नं २ मा काँग्रेसको लहरलाई देखेर विपक्षी एमालेलगायतका दलहरुमा छटपटी बढेको बताउँदै एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप पनि लगाए । काँगेसकापूरा पढ्नुहोस्


नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित

भदौ २६, काठमाडौँ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको छ । मलेसियाको क्वलालाम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो । टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनायो । नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ९१ रन बनाए । सतक बनाउनबाट ९ रनले चुकेका साहले ७४ बलको सामना गर्दै ५ छक्का र ६ चौका प्रहार गरे । प्रनित थापा मगरले ६१ बलमा १ छक्का र ३ चौकासहित ५० रन बनाए । सन्दिप सुनारले ३२, रोहितकुमार पौडेललेपूरा पढ्नुहोस्


प्राविधिक शिक्षालयबाट चार हजार जनशक्ति उत्पादन

भदौ २६, जुम्ला । मुलुककै जेठो प्राविधिक विद्यालयको नाम दर्ज गर्न सक्षम कर्णाली प्राविधिक शिक्षालय जुम्ला प्राविधिक जनशक्ति उत्पादनको उत्तम थलो मानिँदै आएको छ । विसं २०३७ मा स्थापित यो प्राविधिक शिक्षालयले राज्यले निकै दुर्गम मानेको हिमाली जिल्ला जुम्लाबाट मुलुकलाई दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराउँदै आएको छ । स्थापनाकालदेखि हालसम्म यसले राज्यलाई झण्डै ४ हजार प्राविधिक जनशक्ति प्रदान गरेको शिक्षालय प्रमुख राजकुमार चौधरीले जानकारी दिए । उत्पादित प्राविधिक जनशक्तिमा २ हजार ६०० पुरुष र १ हजार ३०० महिला रहेको उनले बताए। सिटिइभिटीको अभिलेखलाई उद्धृत गर्दै शिक्षालय प्रमुख चौधरीले कर्णाली प्राविधिक शिक्षालयले उत्पादन गरेको ८० प्रतिशत जनशक्ति मुलुकका विभिन्न निकायमा रोजगारपूरा पढ्नुहोस्


बाढीले निकुञ्जको पर्या–प्रणालीमा प्रभाव पर्दा वन्यजन्तु खतरामा

भदौ २६, चितवन । साउनको अन्तिम साता आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्या–पर्यावरणम खल्बलिएपछि वन्यजन्तु प्रभावित बनेका छन् । बाढीले घाँसे मैदान हिलाम्मे छ भने १ ठाउँका वन्यजन्तु बाढीले अन्यत्र पुर्याएको छ । कतिपय आहार प्रजातिका जनावर मरेपछि मांसाहारी जनावरलाई पनि आहारको अभाव भएको छ । आहार नपाएपछि वन्यजन्तुहरु मानव बस्तीमा पस्न थालेका छन् । निकुञ्जको कूल क्षेत्रफलको करिब १२ प्रतिशत जमिन घाँसे मैदान छ । पानीका स्रोतसँगै घाँसे मैदान व्यवस्थापन गर्ने गरिन्छ । त्यसैले नदी, खोला खोल्सा नजिक घाँसे मैदान रहेका छन् । निकुञ्ज हुँदै बग्ने ठूलो राप्ती नदीमा बाढी आएपछि चुरे पहाडबाट निकुञ्ज हुँदै राप्तीमा मिसिने खहरे खोलापूरा पढ्नुहोस्