Main Menu

Monday, September 25th, 2017

 

शिक्षा ऐन नवौं संशोधन रोक्न नेता ओलीलाई ज्ञापन

  असोज ९, भक्तपुर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल ठटाएकै आधारमा ऐन पारित गर्ने गलत अभ्यास हुन थालेको बताएका छन् । आज भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेका संयुक्त विद्यार्थी संगठनबाट ज्ञापनपत्र बुझेपछि उनले यस्तो बताका हुन् । संसद्बाट पारित शिक्षा ऐन (नवौं संशोधन)को प्रमाणीकरण रोक्न माग गर्दै संगठनले पूर्व प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो । संसद्मा कतिपय विषयमा कमीकमजोरी हुने गरेको स्वीकार्दै अध्यक्ष ओलीले ३ गते त्यतिका विषय राखेर हतारहतार विधेयक पारित गर्नुपर्ने आवश्यकता नभएको बताए । “स्वास्थ्यसम्बन्धी कुरामा डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने कुरा पहिला थिएन, तर कतिखेर त्यहाँ घुस्यो पत्तै भएन ।पूरा पढ्नुहोस्


बूढीगण्डकी आयोजनामा समझदारी खारेज गर्न निर्देशन

असोज ९, काठमाडौँ व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिले बूढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीसँग भएको समझदारी तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । ती समितिको आज संयुक्तरुपमा बसेको बैठकले चिनियाँ कम्पनी गुजुवासँग गरिएको समझदारी तत्काल खारेज गरेर विश्वव्यापी बोलपत्रमार्फत आयोजना अगाडि बढाउन निर्देशन दिएको हो । आयोजनाका सम्बन्धमा मन्त्रिपरिषद् र ऊर्जा मन्त्रालयबाट भएका निर्णय नेपालको प्रचलित नियम कानून सम्मत नदेखिएको समेत समितिले ठहर गरेको छ । सो आयोजना चिनियाँ कम्पनीलाई सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेर हचुवाको भरमा जिम्मा दिइएको भन्दै समितिले समझदारी खारेज गर्नुको विकल्प नभएको उल्लेख गरेको छ । खुला प्रतिस्पर्धा नगराएको र नेपालमा जलविद्युत् क्षेत्रमापूरा पढ्नुहोस्


चार वर्षदेखि अवरुद्ध कैलाशखोला जलविद्युत् पुनः सञ्चालन

congress-leader-aryal-construct-20-houses

असोज ९, अछाम वर्षाका कारण पहिरोले नहर भत्किएको ४ वर्षपछि अछामको कैलाशखोला जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएको छ । भत्किएको नहर र मुख्य उपकरण मर्मत पछि विद्युत् सञ्चालन गरिएको हो । विसं २०७० भदौ ६ मा वर्षाका कारण पहिरो जाँदा जलविद्युत् केन्द्रको करिब ६० मिटर नहर भत्किएको थियो । समयमै मर्मतका लागि पहल नहुँदा ४ वर्षसम्म अवरुद्ध भएको विद्युत् सेवा पटक पटकको ताकेता र खबरदारीपश्चात् पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए । करिव रु १२ करोड नोक्सानी ६ सय किलोवाट क्षमताको जलविद्युत् केन्द्रले अहिले ४०० किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ । उत्पादित विद्युत् सदरमुकाम मंगलसेन क्षेत्रमापूरा पढ्नुहोस्


प्रत्येक वडामा १ वर्षभित्र इन्टरनेट पुर्याउन समितिको निर्देशन

असोज ९, काठमाडौँ व्यवस्थापिका–संसद्, विकास समितिले १ वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पुर्याउन निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आाज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएको भन्दै आगामी कात्तिक १५ गतेसम्म नेपालको प्रत्येक गाउँमा सञ्चार सेवा पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । २ वर्षभित्रमा गाउँ गाउँमा तीव्र गतिको इन्टरनेट सेवा पुर्याउने सरकारको उद्देश्य रहे पनि काममा ढिलाइ भएको भन्दै समितिले जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको थियो । अब एक वर्षभित्रमा गाउँ गाउँमा इन्टरनेट पुर्याउने उद्देश्यले अप्टिकल फाइबर विस्तारलाई तीव्रता दिइएको नेपाल दूर सञ्चार प्राधिकरणले जनाएकोपूरा पढ्नुहोस्


जर्मन चान्सलर मार्केल चौथो कार्यकालका लागि निर्वाचित

असोज ९, बर्लिन जर्मन चान्सलर एन्जिला मार्केल जर्मनको चान्सलरका लागि चौथो पटक पनि निर्वाचित भएकी छिन् । तर उनको राजनीतिक कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्यहोर्नुपरेको बताइएको छ । उनले चान्सलरका लागि निर्वाचन जितेको भए पनि सरकार गठनका लागि भने अर्काे राजनीतिक दलको सहयोग चाहिने छ । प्राप्त समाचारहरुका अनुसार उनको दल नेतृत्वको गठबन्धनले जम्मा ३३ प्रतिशत मत ल्याएको छ । त्यसपछि दोस्रो ठूलो दलकारुपमा मत ल्याउने अर्काे दल एसपिडीले भने २० प्रतिशत मत ल्याएको छ । विश्लेषकहरुले उनको दलले गएको करिब ७० बर्षको इतिहासमा नै सबैभन्दा थोरै मत यो निर्वाचनमा ल्याएको बताएको छ।पूरा पढ्नुहोस्


विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको लागि नयाँ विधेयक पारित

  असोज ९, काठमाडौँ व्यवस्थापिका–संसद्को आजको बैठकले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४ ’लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष राखेका थिए । यसअधि सो विधेयकको दफावार छलफलमा भाग दिँदै नेकपा (एमाले)का डा. गंगालाल तुलाधरले विधेयकलाई कार्यान्वयन पक्ष बलियो बनाउन विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र होइन, प्राधिकरण बनाउन सुझाव दिँदै व्यवस्थापन प्राधिकरणमा निजामती कर्मचारी होइन, विषय विज्ञ राख्नुपर्ने सुझाव दिए । नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे र सीता नेपालीले संघीयताको मर्मअनुरुप विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र बनाउनुपर्ने बताए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विपद्को परिभाषाको दायरालाई फराकिलोपूरा पढ्नुहोस्


स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारको आग्रह

असोज ९, काठमाडौँ सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । आजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए । सूचना तथा सञ्चार मन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिकबाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा आजको मन्त्रिपरिषद्मा गम्भीर छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनुभएकाले आगामीपूरा पढ्नुहोस्


राम्रो छैन मानव अधिकारको अवस्था – प्रतिवेदन

  असोज ९, काठमाडौँ व्यवस्थापिका–संसद्को आजको बैठकमा सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन, २०७२/०७३ को समीक्षा प्रतिवेदन पेश गरे । उनले प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन सो प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्न आवश्यक रहेकामा जोड दिए । सभापति श्रेष्ठले लामो समयपछि आयोगको प्रतिवेदन सदनसमक्ष आएको चर्चा गर्दै दण्डहीनताको अवस्था अन्त्य र विधिको शासन स्थापित गर्न आवश्यक रहेको बताए । “न्यायका लागि अनशन बस्नुपर्ने अवस्था छ । अनशन बस्दाबस्दै मृत्यु भएका नन्दप्रसाद अधिकारीको शव दहन अहिलेसम्म किन भएन ? मानव अधिकारको अवस्था राम्रो छैन, कसले सुधार गर्ने ?” उनले प्रश्न गरे ।  त्यसैगरी बैठकमापूरा पढ्नुहोस्


उधारोमा दशैँ मनाउँदै चेपाङ

असोज  ९, रत्ननगर(चितवन) अति सीमान्तकृत समुदाय चेपाङ उधारो तथा ऋण गरेर दशैँ मनाउने तयारीमा जुटेको छ । दशैँको मुख्य दिन आउन लागेकाले शक्तिखोर बजारमा सिद्धि, काउले र शक्तिखोरका पहाडी भेगका चेपाङको भीड लागेको छ । दलबहादुर चेपाङले पसलका साहुलाई पछि पैसा तिर्ने सर्तमा चामल, नून, तेल, मसला खरिद गरे । पैसा नभएपछि उनले उधारोमा सामान लिएका हुन् । कतिपय चेपाङ बोका, ठेकी, डोका, डाला बेचेर दशैँको जोहोमा जुटेका छन् भने केहीले गहत र मास फलेपछि त्यसबाट आएको पैसा दिने प्रतिबद्धता जनाएर उधारोमा चामल, तेल, नून, मसला खरिद गरेर लगेका स्थानीय लक्ष्मण चेपाङले बताए । केहीले दशैँ सकिएपछि ज्याला मजदुरी गरीपूरा पढ्नुहोस्


२ महिनामा ८ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए

असोज ९, वीरगञ्ज नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट ८ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्रिएका छन् । यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले बताए । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको साउन, भदौ महिनामा भारतबाट रु. २ करोड ७ लाख ३ हजार मूल्य बराबरको ३० वटा बस, रु १२ करोड ७७ लाख ८६ हजार मूल्य बराबरको ६३ थान मिनी बस, रु २१ लाख मूल्य बराबरको १ थान माइक्रो बस, रु. ३ अर्बपूरा पढ्नुहोस्