Main Menu

Friday, September 15th, 2017

 

३२ वर्षपछि लोपोन्मुख घडियाल गोहीको प्रजनन सफल

भदौ ३०, ठाकुरद्वारा (बर्दिया) । ३ दशकको प्रयासपछि विश्वमै लोपोन्मुख घडियाल गोहीले बर्दियामा बच्चा कोरल्न थालेको छ । विगतमा पटक–पटक बच्चा हुर्काउने प्रयास असफल भए पनि ३२ वर्षपछि भने गत वर्षबाट प्रजनन सफल भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए । गएको वर्ष गोहीले २४ वटा बच्चा कोरलेको थियो । यो वर्ष भने १४ वटा बच्चा कोरलेको थापा बताउछन् । उनका अनुसार बर्दियामा अहिले ३८ बच्चासहित वयस्क र अर्ध वयस्क १२ वटा गरी ५० गोही छन् । शुरुमा गोहीको जनचेतना जगाउन भन्दै शुरु भएको गोही पालन अहिले बर्दियामा प्रजनन केन्द्रकै रुपमा विकास भएकामा खुशी छन् संरक्षणकर्मीहरु ।पूरा पढ्नुहोस्


सेटेलाइटले खिच्यो अर्मा आँधीले क्यारिबियन क्षेत्रमा गरेको विनाश

भदौ ३०, काठमाडौँ । अर्मा आँधी क्यारिबियन क्षेत्र छोडेर अमेरिकी भूभागमा पस्न थालेको केही दिनमा ल्याण्डस्याट ८ नामक भूउपग्रह (सेटेलाइट) ले आँधीले क्यारिबियन क्षेत्रमा गरेको विनाशको फोटाहरु खिच्यो । नासाले उक्त सेटेलाइटले आँधीपूर्व र आँधीपछि खिचेका तस्बिरहरु हालै सार्वजनिक गरेको छ । आँधीपूर्व २५ अगस्टमा र आँधीपछि १० सेप्टेम्बरमा खिचिएका सो तस्बिरहरुले क्यारिबियन क्षेत्रमा आँधीले कति विनाश गरेको छ भन्ने कुरा स्पष्ट पार्छन् । प्राकृतिक रङ्गहरुमा खिचिएका ती तस्बिरहरु अपरेशनल ल्याण्ड इमेजर नामक अत्याधुनिक उपकरण प्रयोग गरी खिचिएको नासाले जनाएको छ । आकाशमा केही मात्रामा मात्र बदल रहेको अवस्थामा खिचिएका यी तस्बिरहरुमा आँधीअघि र पछिको जमिनको रङ्गमा भएको भिन्नता देख्नपूरा पढ्नुहोस्


बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

भदौ ३०, चितवन । साउन अन्तिम साता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ । सन् २०१५ मा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिएको थियो । ४ वर्षको फरकमा गैँडा गणना गरिँदै आएको छ । बाढीको ठूलो प्रभावका कारण अवस्था पहिचान गर्न ३ वर्षमा नै गणनाको प्रस्ताव गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार वास्तविक अवस्था थाहा हुन नसके पनि गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । १ वर्षमा ५० हाराहारीपूरा पढ्नुहोस्


आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो : नेता केसी

भदौ ३०, विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आचारसंहितालाई पालना गर्नु दललगायत सबैको कर्तव्य भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले राज्यका सम्पूर्ण संयन्त्रले निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने र निर्वाचन आयोगलाई पनि पारदर्शिताका साथ कार्य गर्नुपर्ने धारणा प्रकट गरे । संविधानलाई कार्यान्वयन गर्नुपर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य केसीले हिमाल, पहाड र तराईलाई संयोजन गरी सबैलाई राष्ट्रको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याए । संविधान गतिशील दस्तावेज रहेकाले समयानुकूल संविधानको संशोधन भइरहने स्पष्ट पार्दै उनले नेपाली काँग्रेस मधेशको आधुनिकीकरण र विकासका लागि निरन्तररुपमा संघर्ष गर्दै आइरहेको जानकारी गराए । सरकारको सयपूरा पढ्नुहोस्


निर्वाचनमा सूचना प्रबाह प्रभावकारी बनाउन निर्देशन

khairhani-vote-counting-19-hrs-later

भदौ ३०, सप्तरी । मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आज यहाँ आयोजित छलफलमा सहभागी निर्वाचन अधिकृतहरुलाई उनले यो निर्वाचनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यम तथा अन्य निकायले विशेष चासो दिएकाले सूचना प्रबाह छिटोछरितो र प्रभावकारी बनाउन निर्देशन दिए । निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र मतदान अधिकृतसमेत खटिइसकेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले निर्वाचनका लागि पूर्णरूपमा सुरक्षा व्यवस्था मिलाइएको कुरा बताए । निर्वाचन आयोगबाट अनुगमनमा खटिएका सहचिवद्वय सञ्जीवराज रेग्मी र छबिन्द्र पराजुलीले निर्वाचन आचारसहिता पालना गर्न गराउनपूरा पढ्नुहोस्


आतंकवाद नियन्त्रण र अल्पविकसित मुलुकका मुद्दा राख्न सुझाव

भदौ ३०, काठमाडौँ । नेपालले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा जलवायु परिवर्तनका असर, आतंकवाद नियन्त्रण र अल्पविकसित तथा भू–परिवेष्ठित मुलुकका मुद्दालाई उठाउनुपर्ने कूटनीतिज्ञ तथा परराष्ट्रविद्हरूले सुझाव दिएका  छन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले उठाउनु पर्ने विषयका बारेमा राससले राखेको जिज्ञासामा उनिहरूले दिगो विकासका लक्ष्य हासिल गर्न विश्वको प्रयास, गरिबी उन्मूलन, आणविक हतियारमुक्त विश्व र अल्पविकसित मुलुकसँग सम्बन्धित साझा एजेण्डालाई बुद्धिमत्तापूर्ण तरिकाले प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए। राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज ३ गते त्यसतर्फ जाने कार्यक्रम रहेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रसंघको महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई स्वीकृत गरिसकेको छपूरा पढ्नुहोस्


कर्मचारी समायोजन विधेयक मंगलबार संसदमा पेश हुने

  भदौ ३०, काठमाडौँ । सरकारले आउँदो असोज ३ गते व्यवस्थापिका–संसद्मा कर्मचारी समायोजन विधेयक पेश गर्ने भएकोछ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले कर्मचारी समायोजन विधेयक आगामी असोज ३ गते पेश गर्ने निर्णय गरेको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी गराए । उनले समायोजन ऐन नबन्दा कर्मचारी खटनपटनमा समस्या भएकाले विधेयक चाँडै ल्याउन लागिएको बताए । बैठकमा समिति सदस्य रामेश्वर फुयाँलले कर्मचारी समायोजनपछि मात्र प्रदेश र स्थानीय तहको सरकार बन्ने भएकाले सबै काम सकेर पेश गरिने बताए । बैठकमा समिति सदस्य रेखा शर्माले समायोजन ऐन ल्याएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी ल्याउनका लागि विधेयक बनाउन मद्दत मिल्ने बताइन्पूरा पढ्नुहोस्


जापानको आकाशमाथिबाट उत्तर कोरियाको अर्को मिसाइल

भदौ ३०, सोल (दक्षिण कोरिया) । उत्तर कोरियाले जापानी आकाशमाथिबाट अर्को मिसाइल परिक्षण गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उक्त मिसाइल करिब ७ सय ७० किलोमिटर माथि भएर ३ हजार ७ सय किलोमिटरको दूरी पार गरी जापानको उत्तरी होक्काइडो टापुनजिकको सागरमा डुबेको थियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले भने आफ्नो मुलुकले त्यस्ता ‘खतरनाक तथा उत्तेजक कार्य’लाई कहिलेपनि ‘नसहने’ बताएका छन् । ‘यदि उत्तर कोरियाले यही मार्ग अपनाउने हो भने उसको भविष्य त्यति उज्जवल छैन,’ प्रधानमन्त्री आबेले एक विज्ञप्तिमा बताए । संयुक्त राष्ट्र संघको प्रतिबन्धको उल्लंघन गर्ने यस्तो कार्यको अमेरिकी राज्य सचिव रेक्स टिलर्सनले पनि भत्सर्ना गरेका छन् । टिलर्सनलेपूरा पढ्नुहोस्


५० अर्बको अमेरिकी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

मधुकर अधिकारी भदौ ३०, वासिङ्गटन (डिसी) । अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सहयोगसम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ । सम्झौतामा अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपाल सरकारको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरे ।  हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका उपविदेशमन्त्री जोन जे सुलिभानले नेपालको आर्थिक विकासको माध्यमबाट न्यून आय भएका जनताको जीवनस्तर उकास्न अमेरिकी सरकारले सहयोग पुर्याउन पाएकोमा खुशी व्यक्त गरे । “अमेरिका र नेपालबीच द्विपक्षीय सम्बन्धमा यसले मजबुत सहकार्यको सन्देश दिन सफल भएको छ,” उनले भने, “साथै, यसले नेपालकोपूरा पढ्नुहोस्


संशोधन प्रस्ताव फेरि आउँछ – अध्यक्ष प्रचण्ड

  भदौ २९, महेन्द्रनगर (धनुषा) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधन संशोधन प्रस्ताव अब बन्ने केन्द्रीय व्यवस्थापिका सदनमा ल्याइने बताएका छन् । धनुषाको सहिद नगरपालिका यदुकुहामा आज आयोजित चुनावी सभालाई संबोधन गर्दै उनले एमाले र राप्रपाका कारण संविधान संशोधन असफल भएकाले संशोधन प्रस्ताव पुन ल्याउने बताए । अध्यक्ष प्रचण्डले मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनपछि परिवर्तनकारी शक्तिको बहुमत भएका बेला फेरि संविधान संशोधन प्रस्ताव ल्याएर मधेशी जनताको अधिकार ग्यारेन्टी गर्ने दाबी गरे । संविधान संशोधन प्रस्ताव पारित नभए पनि सबै दललाई निर्वाचनसम्म ल्याइपुर्याउन सफल भएको बताउँदै उनले भने, “सामाजिक न्याय, समावेशीता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता विषयलाई यो संविधानले संस्थागतपूरा पढ्नुहोस्