Main Menu

सेटेलाइटले खिच्यो अर्मा आँधीले क्यारिबियन क्षेत्रमा गरेको विनाश

satellite-takes-irma-pictures-destruction

भर्जिन आइल्याण्ड्सको भर्जिन गोर्डा टापूको सेटेलाइटले खिचेका तस्बिरहरू

भदौ ३०, काठमाडौँ । अर्मा आँधी क्यारिबियन क्षेत्र छोडेर अमेरिकी भूभागमा पस्न थालेको केही दिनमा ल्याण्डस्याट ८ नामक भूउपग्रह (सेटेलाइट) ले आँधीले क्यारिबियन क्षेत्रमा गरेको विनाशको फोटाहरु खिच्यो ।

नासाले उक्त सेटेलाइटले आँधीपूर्व र आँधीपछि खिचेका तस्बिरहरु हालै सार्वजनिक गरेको छ । आँधीपूर्व २५ अगस्टमा र आँधीपछि १० सेप्टेम्बरमा खिचिएका सो तस्बिरहरुले क्यारिबियन क्षेत्रमा आँधीले कति विनाश गरेको छ भन्ने कुरा स्पष्ट पार्छन् । प्राकृतिक रङ्गहरुमा खिचिएका ती तस्बिरहरु अपरेशनल ल्याण्ड इमेजर नामक अत्याधुनिक उपकरण प्रयोग गरी खिचिएको नासाले जनाएको छ ।

आकाशमा केही मात्रामा मात्र बदल रहेको अवस्थामा खिचिएका यी तस्बिरहरुमा आँधीअघि र पछिको जमिनको रङ्गमा भएको भिन्नता देख्न सकिन्छ । आँधीअघि अगस्टमा खिचिएका तस्बिरहरुमा जमिन जीवन्त हरियो देखिन्छ भने आँधीपछि सेप्टेम्बरमा खिचिएका तस्बिरहरु उजाड खैरो देखिन्छ । २९८ किलोमिटर प्रतिघण्टाको वेगको अर्मा आँधीले ती टापुहरुमा भएका अधिकांश वनस्पति विनाश गरेको कारण आँधीपछिका तस्बिरहरुमा जमिन उजाड देखिएको विज्ञहरु बताउँछन् ।

समुद्री पानीको रङ्ग पनि हल्का फरक देखिनुको कारण भने समुद्रको सतहमा भएको भिन्नता हो । सामान्य अवस्थामा समुद्री सतहमा स–साना छालहरु अनगिन्ती हुन्छन् जसको कारणले पानीले सूर्यबाट आएको प्रकाश त्यति धेरैै परावर्तन गर्दैन । त्यसैले सामान्य अवस्थामा समुद्रको रङ्ग अलि गाढा हुन्छ । आँधीको समयमा भने छालहरु ठूल्ठूला भए पनि संख्यामा कम हुन्छ, जसको कारण सामान्य अवस्थामा भन्दा समुद्री सतह बढी समतल (smooth) हुन्छ, जसका कारण पानीले प्रकाश धेरै परावर्तन गर्छ र समुद्रको रङ्ग फिका देखिन्छ ।

satellite-takes-irma-pictures-destructionतस्बिरहरु (माथि) हेर्दा कुनै टापुहरुमा बढी क्षति पुगेको देखिन्छ भने कुनैमा कम । बर्बुडा टापु सबैभन्दा बढी क्षति बेहोरेको टापु हो । एन्टिगुवा एण्ड बर्बुडाका प्रधानमन्त्री गास्टन ब्राउनले हेलिकप्टरबाट बर्बुडाको निरीक्षण गरेपछि त्यहाँका ९५ प्रतिशत घरहरु आँधीले ध्वस्त पारेको बताएका थिए । तर एन्टिगुवामा भने खासै असर परेको देखिँदैन । आँधीपछिको तस्बिरमा एन्टिगुवा हरियै देखिन्छ ।

satellite-takes-irma-pictures-destructionभर्जिन टापुहरुमा पनि ठूलै असर गरेको तस्बिरहरुमा देखिन्छ ।

(Visited 137 times, 1 visits today)

टिप्पणी

comments